रुस र युक्रेनबीच बेलारुसमा शान्तिवार्ताको तयारी

-


     जनहित न्युज    
     फागुन १६ गते २०७८


युक्रेन र बेलारुसको सीमामा रुससँग शान्तिवार्ता गर्न युक्रेनी टोली पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्।उनीहरूका अनुसार वार्ताको मुख्य विषय युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेनाको फिर्ती हुनेछ।यसअघि बन्दोबस्ती तथा सुरक्षा कारण उक्त वार्ता स्थगित भएको बताइएको थियो।युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले वार्ताबाट कुनै उपलब्धि हासिल होला भन्ने आशा नराखेको आइतवार बताएका थिए।

तर उनले वार्ताका लागि प्रयास गरिनुपर्ने र युक्रेनले युद्ध रोक्ने प्रयास नगरेको आरोप कसैले पनि लगाउनु नहुने बताएका थिए।

चार लाख मानिसले युक्रेन छोडे

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी मामिला हेर्ने निकायले ४,२२,००० मानिसहरू युक्रेनबाट भागेर छिमेकी देशहरूमा पुगेको जनाएको छ।यूएनएचसीआरका अनुसार रेल चढेर देश छोड्न खोज्ने मानिसहरूलाई अवरोध गरिएको विवरण उसले प्राप्त गरेको छ र त्यसबारे अनुसन्धान भइरहेको छ।

यूएनएचसीआरले देश छोडेर भाग्ने मानिसलाई शरणार्थी मान्छ,ू उक्त निकायकी एक प्रवक्ताले भनिन्।अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरू देशभित्रै विस्थापित भएको यूएनएचसीआरले जनाएको छ।

युक्रेन रुसबीच शान्तिवार्ताको तयारी

युक्रेनी र रुसी प्रतिनिधिहरूबीच बेलारुस९युक्रेन सीमामा पूर्वनिर्धारित समयभन्दा ढिलो गरी आज शान्तिवार्ता सुरु हुने जनाइएको छ।वार्तामा को९को सहभागी हुन्छन् भन्नेबारे विस्तृत रूपमा खुलाइएको छैन।बेलारुसी सरकारी सञ्चारमाध्यमले एउटा पूर्वनिर्धारित वार्तास्थलको तस्बिर छापेको छ।

दुई पक्षबीच आइतवार नै वार्ता हुने तय भएको थियो। तर बन्दोबस्ती र सुरक्षाको कारणले ढिलो भएको किएभले जनाएको छ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट सकारात्मक परिणाम आउनेमा विश्वास नभएको बताएका छन्।

यूकेले युक्रेनी शरणार्थीलाई आश्रय देला

‍बीबीसी ब्रेकफास्टले यूकेका रक्षामन्त्रीलाई युद्धबाट भागेका युक्रेनी नागरिकलाई सघाउन यूकेले के गर्छ भनेर सोधेको छ।उत्तर दिँदै बेन वालेसले द्वन्द्व र यस किसिमको दमन भएका स्थानबाट आएका मानिसप्रति यूके उदार भएको बताए।

यूकेले पनि युक्रेनी शरणार्थीलाई आश्रय दिने ईयूको निर्णयजस्तै केही गर्छ कि भन्ने जिज्ञासामा उनले उक्त निर्णय हिजो मात्रै लिइएको प्रतिक्रिया दिए।

सदस्य राष्ट्रहरूले तीन वर्षसम्म युक्रेनी शरणार्थीहरूलाई बिनाभिसा बस्न दिने एकमतले निर्णय हिजो ईयूले गरेको थियो।युक्रेनका मानिसलाई कसरी सघाउन सकिन्छ भन्ने सबै किसिमका सुझावका लागि हामी खुल्ला छौँ,वालेसले भने।

धेरै सहरमा हवाई आक्रमण हुनसक्ने चेतावनी

रुसले आक्रमण गरेको पाँचौ दिन बिहान युक्रेनभरि धेरै सहरमा हवाई आक्रमणको चेतावनी दिन साइरन बजिरहेको छ।किएभस्थित बीबीसी संवाददाता जेम्स वोटरहाउसले यसबारे ट्वीट गरेका छन्।

उनका अनुसार रुसले आफ्ना सैनिकहरू हताहत भएको स्वीकार गरेको भए पनि सङ्ख्या भने नखुलाएको उनले जनाएका छन्।स्थानीय पत्रिका द किएभ इन्डिपेन्डन्टले पनि त्यसबारे जानकारी दिँदै स्थानीयवासीलाई नजिकै रहेको शेल्टरमा जान सुझाव दिएको छ।

ब्रजिलका राष्ट्रपतिले भने हामी तटस्थ बस्छौं

ब्रजिलका दक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारुले युक्रेनी राष्ट्रपतिको खिसीटिउरी गर्दै युक्रेनका जनताले एउटा हास्यकलाकारको हातमा विश्वास सुम्पेको टिप्पणी गरेका छन्।आइतवार एउटा पत्रकार सम्मेलनमा बोलेका बोल्सोनारुले रुसी अतिक्रमणको निन्दा गर्न अस्वीकार गरे।

जारी द्वन्द्वको विषयमा ब्रजिल “तटस्थ” रहेको भन्दै उनले ब्रजिल र रुस “व्यवहारतः दाजुभाइ” भएको बताए।“हामी पक्ष लिन्नौँ, हामीले तटस्थतालाई जारी राख्नेछौँ र के सम्भव हुन्छ त्यो सहयोग गर्छौँ,” बोल्सोनारुले भने। “युक्रेनी जनसङ्ख्याको ठूलो हिस्सा रुसी भाषा बोल्छ।”

बेलारुसले रुसलाई सघाउन आफ्नो सेना पठाउने

रुसी सेनालाई आधारक्षेत्र प्रदान गरेको बेलारुसले युक्रेनमा गरिएको आक्रमणमा सघाउन अब आफ्नो सेना नै पठाउने तयारी गरिरहेको रिपोर्टहरूमा जनाइएको छ।

पुष्टिका लागि बीबीसीले ह्वाइट हाउस र पेन्टागनलाई इमेल पठाएको छ।द किएभ इन्डिपेन्डन्टले थुप्रै स्रोतलाई उद्धृत गर्दै बेलारुसले युक्रेनमा आफ्नो फौज परिचालन गर्न सक्ने जनाएको छ।

लामो समयदेखि रुसको साझेदारका रूपमा रहेको बेलारुसको उत्तरी सीमा युक्रेनसँग जोडिएको छ।यसअघि आइतवार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना बेलारुसी समकक्षी एलेक्सेन्डर लुकाशेन्कोले आफ्नो फौज नपठाउने प्रतिबद्धता टेलिफोनमार्फत् जनाएको बताएका थिए।

रुसद्वारा विदेशी शेअर विक्रीमा प्रतिबन्ध

रुसको केन्द्रीय ब्याङ्कले सबै विदेशी कानुनी संस्था र व्यक्तिले शेअर तता रुसमा गरिएको अन्य लगानी विक्रीका लागि चालेको कदम रोक्न आदेश दिएको छ।

पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको रुसमाथि बिस्तारै त्यसको असर देखिन थालेको छ।अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा व्यापक गिरावट आएको छ।रुसी केन्द्रीय ब्याङ्कले विनिमय तथा मुद्रा बजारबाहेक मस्को शेअर बजार खोल्ने वा नखोल्नेबारे अझै निर्णय गरिसकेको छैन।

बहुराष्ट्रिय कम्पनी बीपीले रुसबाट आफ्नो शेअर लैजाने

ब्रिटेनमा अवस्थित बहुराष्ट्रिय कम्पनी बीपीले ठूलो रुसी तेल कम्पनी रोज्नेफ्टमा रहेको आफ्नो करिब २० प्रतिशत शेअर अन्यत्र लैजान लागेको जनाएको छ।

बीपीका प्रमुख कार्यकारी बेर्नार्ड लुनीले रोज्नेफ्टको बोर्ड निर्देशकहरूको समूहबाट तत्काल लागु हुनेगरी राजीनामा दिएका छन्।युक्रेनमाथि रुसले गरेको अतिक्रमणपछि रोज्नेफ्टसँग बीपीले आफ्नो सम्बन्धबारे आधारभूत रूपमा सोच्ने अवस्था निम्त्याएको लुनीले बताएका थिए।सन् २०२१ को अन्त्यसम्म रोज्नेफ्टमा बीपीको शेअर मूल्य १४ अर्ब डलर बराबर थियो।

मस्कोले ग्यास आपूर्ति बन्द गर्न सक्ने ईयूको डर

ऊर्जाका लागि रुसमाथि युरोपेली सङ्घ ईयूको ठूलो निर्भरता छ।त्यसबाट मस्कोले पनि टन्न आम्दानी गर्छ र यी कुरालाई अहिलेको सङ्कटबाट अलग राख्न सकिन्न।युक्रेनमाथि रुसी अतिक्रमणपछि ब्रसल्सले क्रेम्लिनलक्षित एकपछि अर्को प्रतिबन्ध लगाएको छ।

सप्ताहान्ततिर ईयूका नेताहरूले रुसी केन्द्रीय ब्याङ्क र आफ्नो हवाई क्षेत्रमा रुसी विमानको उडानमाथि प्रतिबन्ध लगाउनुका साथै अस्त्र किन्ने र युक्रेनलाई पठाउने निर्णय गरेका छन्।रुसस्थित एउटा तेलखानीको
ईयूले अहिलेसम्म ऊर्जा आपूर्ति चाहिँ रोकेको छैन।

युरोपमा ऊर्जाको मूल्यमा व्यापक वृद्धि भएको छ भने आपूर्ति कम हुनासाथ महँगीले आकाश छुन सक्ने कुरा भ्लादिमिर पुटिनलाई पनि थाहा छ।ब्रसल्सलाई अहिले के छ भने मस्कोले ऊर्जा आपूर्ति घटाएर वा रोकेर जबाफी कदम चाल्न सक्छ।

बीबीसीनेपालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?