कालिका भगवती मन्दिरमा अब क्युआर कोडबाट भेटी

-


     जनहित न्युज    
     फागुन १५ गते २०७८


नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा आधुनिक बैकिङ्ग प्रणाली क्युआर कोड सुरु गरिएको छ ।

मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको आवश्यकतालाई ध्यान दिँदै डिजिटल बैंकिङ प्रविधि क्युआर कोडको सुरु गरिएको हो ।

ब मन्दिरमा आउने भक्तजनहरुले दान दक्षिणा एवं भेटी क्युआर कोडको प्रयोग गरि चढाउन पाउने भएका छन् प्रभु बैंक बागलुङ शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरि मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष लिला देवी खड्कालाई क्युआर कोड हस्तान्तरण गरेको हो ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले सरकारी तथा गैरसरकारी संघ संस्था र कालीका भगवती मन्दिरमा पुजा गर्न आउने भक्तजनले अहिलेसम्म नगद भेटी चढाउदै आएकोमा अबदेखि भने आधुनिक बैंकिङ्ग प्रणाली क्युआर कोर्ड मार्फत मन्दिरमा भेटी चढाउन पाउने भएका छन् ।

कार्यक्रममा बोल्दै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले प्रभु बैंक लिमिटेड बागलुङले कालीका भगवती गुठी व्यवस्थापन समितिसँग सहकार्य गरेर मन्दिरमा पुजा अर्चना गर्न आउने भक्तजनको सेवा सुविधालाई ध्यानमा राखि मन्दिरलाई आधुनिक डिजिटल प्रविधि संग जोड्ने हिसाबले क्युआर कोर्ड सेवा शुरूवात गरेको यसले मन्दिरको आर्थिक हिसाब किताबलाई थप पारदर्शी बनाउन मद्दत पुर्‍याउने बताए ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले अहिले सबै संघसंस्था र व्यक्ति उठ्ने गरेको पारदर्शी र जवाफदेहीको प्रश्नले वित्तीय कारोबारलाई डिजिटल रुपमा अवलम्बन गर्दा पारदर्शी बनाउन मद्दत पुग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय पोखराका निर्देशक डा रामशरण खरेलले मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुले भेटि स्वरूप चढाउने पैसा सिधै खातामा जाने प्रविधि भएको हुँदा यसले अनावश्यक जनशक्ति घटाइ आर्थिक कारोबारलाई सहज हुने र यसको प्रभावकारी सञ्चालनका लागि इन्टरनेटको उचित व्यवस्था हुनुपर्ने बताए ।

हिन्दु धर्म प्रति आस्था राख्ने धर्मावलम्बीको अलवा कालिका भगवती मन्दिरमा धार्मिक पर्यटकहरू आउने क्रम बढेसँग मन्दिरको आम्दानी समेत बढेर गएको छ ।

कोरोना भाइरस कोभिड १९ को जोखिम बढेर गइरहेको समयमा मन्दिरमा नगद दान दक्षिना चढाउदा कोरोनाको जोखिम बढ्नुका साथै मन्दिरमा उठेको भेटी संकलन गर्ने बैंक लैजान झझंट भइरहेको समयमा अहिले राखिएको क्युआर कोड मार्फत भेटी चढाउदा समयको बचत हुनुका साथै मन्दिरको आर्थिक पारदर्शितामा समेत यसले मद्दत पुर्‍याउने देखिन्छ ।

कालीका भगवती मन्दिरमा दैनिक एक लाखभन्दा बढी भेटी चन्दा संकलन हुने गरेको बेला अहिले प्रभु बैकले जडान गरेको क्युआर कोर्डबाट दिनहुँ जसो पैसा गन्ने झंझट हट्नुका साथै आर्थिक पारदर्शिता समेत हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?