
काठमाडौं = नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भएको छ ।
सबैभन्दा पहिला प्रचण्ड र ओलीबीच एक्लाएक्लै वार्ता भएको थियो । बिहीबार संघीय संसद भवनमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको वार्तापछि प्रचण्डले ओलीसँग भेट गरेका हुन् ।
भेटमा नेकपा माओवादी केन्द्रबाट नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत र एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी थिए ।



