
नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति बागलुङले सबै पालिकामा भेला,प्रशिक्षण र संगठन विस्तार गर्ने निर्णय गरेको छ । मंगलबार गलकोटको हटियामा भएको मोर्चाको विस्तारित बैठकले उक्त निर्णय गरेको नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति बागलुङकी अध्यक्ष टिका कुमारी विश्वकर्माले नयाँ विश्वलाई बताइन् ।
विस्तारित बैठकले संगठन निर्माण,दलितमाथि भएको उत्पिडन अन्त्यको लागि जनचेतनामुलक कार्याक्रम र मोर्चाको सदस्यहरुलाई राजनैतिक प्रशिक्षण संचालन गर्ने निर्णय गरेको हो ।
विस्तारित बैठकमा नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेश संयोजक भिम विश्वकर्मा,केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश प्रदेश सहइन्चार्ज टेकबहादुर विश्वकर्मा,केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसंयोजक दिलबहादुर परियार, केन्द्रीय सदस्य लालबहादुर परियार, केन्द्रीय सदस्य तथा बागलुङको ईन्चार्ज कुविर विश्वकर्मा, नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाको कोषाध्यक्ष कौशिला घर्र्ती मगर, नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति बागलुङकी अध्यक्ष टिका कुमारी विश्वकमा,नेकपा माओवादी केन्द्र बागलुङ जिल्ला समन्वयको अध्यक्ष ज्ञामनाथ गैरे अनिलले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति बागलुङकी अध्यक्ष टिका कुमारी विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेश समिति सदस्य तथा गलकोट नगरपालिकाको ईन्चार्ज भिम विश्वकर्माले गरेका थिए ।



