राष्ट्रिय समाचार

चुनावी अभियानमा दुई पक्षबिच झडप, दुवै पक्षद्वारा क्षतिपूर्ति भराउन माग

स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर काँग्रेसको झन्डा सहितका १ सय २० जना जतिको समूह आएर चुनाव प्रचार गरिएकामाथि कुटपिट गरेको दाबी गरेका छन् । उता नेपाली काँग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान ८ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष… पुरा पढौ

चुनाव प्रचारका क्रममा भिरबाट लडेर मृत्यु

प्युठानको नौबहिनी गाउँपालिका–२ लिघामा भीरबाट लडेर एक जनाको घटनास्थलमै  ज्यान गएको छ । स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङ निवासी ५६ वर्षीय धन बहादुर थापा मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए ।   आइतबार कांग्रेस, माओबादी केन्द्र र एकीकृत समाजबादी सहितको गठवन्धन टोलीसँग मगर गाउँमा भोट माग्न गएको प्रहरीको भनाई छ । गाउँमा घरदैलो गरि फर्किने क्रममा मगरको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनाको प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ… पुरा पढौ

‘हु ईज केपी ओली’ भन्नेलाई वैशाख ३० गते देखाइदिन्छौँ : ओली

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते देखाइदिने बताएका छन् । हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले आफूलाई कतिपयले हु ईज केपी ओली भन्ने गरेको भन्दै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको नतिजाले देखाइदिने बताए । यो मलाई भनेको होइन, समग्र एमालेलाई भनेको हो । त्यो त हामी ३० गते देखाइदिन्छौँ । त्यसपछि थाहा हुनेछ, को हो केपी ओली भनेको,’ ओलीले भने । आफ्नो नेतृत्वको सरकार कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ता बढाउने… पुरा पढौ

स्थानीय तहको निर्वाचनमा कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले तोकेको भन्दा बढी नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने जनाएको छ । यस्तै वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले बढीमा ३ लाख खर्च गर्न पाउने उल्लेख आयोगले गरेको छ । यस्तै उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् भने वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले बढीमा २… पुरा पढौ

पोखरेल, धानुक र थापालाई पछि पार्दै धीरजप्रताप सिंह आइजिपीमा नियुक्त,सशस्त्रको महानिरीक्षकमा राजु अर्याल

मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई नेपाल प्रहरीको प्रमुखमा बढुवा गरेको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।  यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंह यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा कार्यरत थिए। सरकारले केही समयअघि रवीन्द्रबहादुर धानुक र सिंहलाई एआइजी बढुवा गरेको थियो। त्यस्तै, विश्वराज पोखरेल र सहकुलबहादुर थापा केपी शर्मा… पुरा पढौ

ठूलो परिमाणको अवैध बहुमल्य जडिबुटी सहित १ महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले २५० किलो अवैध बहुमल्य जडिबुटी सहित १ महिलालाई नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका १ मालढुङ्गामा चेकजाँचका क्रममा १० बोरा सुनाखरी जस्तो देखिने अबैध जडिबुटी सहित प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका-३ की देवी के.सी.ले काठमाडौं लैजाँदै गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार बागलुङबाट काठमाडौं जाँदैगरेको बा ५ ख २७४५ नम्बरको बसमा चेकजाँचको क्रममा २५० केजी ४ सय ४७ ग्राम बहुमुल्य जडिबुटीसँगै केसीलाई नियन्त्रणमा… पुरा पढौ

नेकपा एमाले गलकोटद्वारा प्रतिवद्धता पत्र सार्वजनिक

 स्थानीय तहको निर्वाचन नजिकिए सँगै राजनैतिक दलहरुका घोषणा पत्र धमाधम सार्वजनिक हुन थालेका छन । घोषणा पत्रमा राजनैतिक दल र उम्मेदवारले आफना पार्टीका ५ वर्षे योजना समावेश गरेका छन । नेकपा एमाले गलकोट नगर समितीले गलकोटमा पत्रकार भेटघाट गरि चुवानी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमालेले गलकोट नगरपालिकामा मेयर पदमा पुर्ण काउचा र उपमेयर पदमा रुपा विश्वकर्मालाई अगाडि सारेको छ ।एमालेले समृद्ध गलकोट र सुखी गलकोटबासी भन्ने मुल नारा सहित नगरको शिक्षा स्वास्थ्य, खानेपानी तथा ढल निकास, फोहोर व्यवस्थापन, सरसफाई,… पुरा पढौ

आगामी निर्वाचनबाट एमालेले तीनै तहको सरकारमा पुनःस्थापना गर्ने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तीनै तहको सरकारमा पुनःस्थापना हुने उदघोष गरेका छन । आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थनसहित नेकपा एमालेलाई तीनै तहका सरकारमा पुनर्स्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौं,’ मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२२ को अवसरमा जारी ओलीको सन्देशमा भनिएको छ । यस क्रममा अध्यक्ष ओलीले संवैधानिक संस्थाहरूलाई असंवैधानिक रुपमा दुरुपयोग गरी एमालेलाई सरकारबाट हटाइएको उल्लेख गरेका छन । ‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ… पुरा पढौ

अन्तर्राष्ट्रिय श्रमिक दिवस: न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानको कार्यान्वयन जरूरी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गर्नुुपर्ने बताएकी छन।  अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुुभकामना सन्देश दिँदै उनले न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु सबैको दायित्व भएको उल्लेख गरेकी हुन ।  श्रम अधिकार कार्यान्वयनका लागि सामूहिक प्रयासको खाँचो- सभामुख सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । १३३औँ अन्तर्राष्ट्रिय… पुरा पढौ

एमसीसीबिच भएको सम्झौता राजपत्रमा प्रकाशित

काठमाडौँ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बिच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ ।  दुई महिना अघि प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता राजपत्रमा प्रकाशित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेसँगै उक्त सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवर्द्धन गर्ने साझा लक्ष्यप्रति दुवै पक्ष प्रतिबद्ध रहेको भनिएको यस सम्झौताले नेपालको सुशासन, आर्थिक स्वतन्त्रता तथा नागरिकमा गरिने लगानी सुदृढ हुने अपेक्षा गरिएको छ… पुरा पढौ