राष्ट्रिय समाचार

गठबन्धनका उम्मेदवारलाई विजयी गराई समाजवादको आधार तयार गर्नु श्रमजीवीको मुख्य कार्यभार : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली श्रमजीवीको हक, अधिकारको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका स्थानीय तह निर्वाचनको सँघारमा रहेको बताएका छन् ।  अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, “आगामी निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको आजको मुख्य कार्यभार हो ।” प्रतिगमनविरुद्ध नयाँ सङ्कल्प लिने दिनको रूपमा लिन पनि उनले श्रमजीवी, कम्युनिस्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरलाई आग्रह… पुरा पढौ

भरतपुरलाई फेरि रेणुकै आश 

भरतपुर/ भौगोलिक रुपमा नेपाल ७५ जिल्लामा (हाल ७७ जिल्ला) वर्गीकृत हुँदा नै चितवनको भरतपुरलाई ७६ औं जिल्लाको नामले मान्छेहरु अथ्र्याउँथे । गोरखा, लमजुड, बागुलड, पर्वत  लगायत विभिन्न जिल्लाबाट सुगमता र सहजताको खोजी गदै भरतपुरमा मान्छेहरुको  बसोबास बाक्लो हुन थालेपछि यसलाई ७६ औं जिल्लाको उपमा दिन थालिएको हो ।  जनघनत्व वढ्ने  र नयाँ सहरमा परिणत हुँदा समेत बदलिंदो समयको गतिलाई भरतपुरले पक्डिन सकेको थिएन । ५ वर्ष अघिसम्मको भरतपुरको दृश्य हेर्ने हो भने विकासमा यो सहर सुस्ताएको थियो ।  नजिकका नयाँ शहरहरुले विकास र पूर्वाधारको क्षेत्रमा फड्को… पुरा पढौ

गलकोट स्पोर्ट्स क्लब जापानद्वारा खेलाडीको प्रोत्साहनका लागि जुत्ता हस्तान्तरण 

गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले शुक्रबार एक कार्यक्रमका बिच खेलाडीहरुलाई जुत्ता हस्तान्तरण गरेको छ ।  कार्यक्रममा बोल्दै गलकोट नगर खेलकुद विकास समितिका संयोजक योगेश भण्डारीले गलकोटलाई भलिबल खेलको हवको रुपमा विकास गर्ने बताए । उनले गलकोटबाट उत्पादन भएका खेलाडीहरुले भलिबल खेल मार्फत गलकोटलाई देश विदेशमा समेत चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खेलाडीहरुलाई प्रोत्साहन गर्ने विभिन्न संघ संस्थाहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए । भण्डारीले खेल क्षेत्रमा अनुशासनको विशेष महत्व हुने भन्दै सम्पुर्ण खेलाडीहरुलाई अनुशासनपूर्वक आफ्नो खेल प्रर्दशन गर्न आग्रह गरेका… पुरा पढौ

सूचना माग्दा अदालत जान आदेश, राजीनामा दिएका प्रमुखको तोक लगाउन सिफारिस

बागलुङ । नेपालको संविधानले हरेक नेपालीलाई सूचनाको हक प्राप्त हुने समेटिएको छ । सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचना माग्ने र पाउने हरेक नेपाली नागरिकको अधिकारको हो । सार्वजनिक निकायलाई जनताप्रति उत्तरदायी बनाउनका लागि संविधानमा सूचनाको हकको व्यवस्था उल्लेख गरिएको हो । तर, देशमा केही यस्ता सार्वजनिक निकाय पछि छन्, जहाँ सूचना माग्नु भनेको सुन माग्नुसरह हो । कुरा हो यही बैशाख १३ गते मंगलबारको । स्थानीय गोपाल महत, लालबहादुर घर्ती र कमल भुसालले सूचनाको हकअन्तर्गत ढोरपाटन नगरपालिकामा आर्थिक वर्ष… पुरा पढौ

भयो चार हजारको उम्मेदवारी फिर्ता, भएन जगन्नाथको उम्मेदवारी फिर्ता

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । यही वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा शुक्रबार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताए । सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् ।… पुरा पढौ

निर्वाचनकै मुखमा तीन बुँदे सहमति 

काठमाडौँ – पाँच दलीय गठबन्धनबीच तीन बुँदे सहमति भएको छ। शुक्रबार बसेको गठबन्धनको बैठकले केन्द्रमा भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिनेलगायतका सहमति गरेको हो । पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीहरू तत्काल फिर्ता गर्न पहल गर्ने निर्णयसमेत गठबन्धनको बैठकले गरेको छ । पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गठबन्धन बैठकले… पुरा पढौ

नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारीले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वत: निष्काशित

काठमाडौँ – नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई विजयी गराउनका लागि सक्रिय भूमिका निर्वाह गर्न पनि अनुरोध गरेका छन् । तोकिएको समयमा उम्मेदवारी फिर्ता नगरिए विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टी सदस्यतासमेत नरहने गरी निष्कासन… पुरा पढौ

महिलाको सहभागिता र संविधानको रक्षा गर्न नगर प्रमुखमा मेरो स्वतन्त्र उम्मेदवारी

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) मा नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला सहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ। आगामी वैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनमा गठबन्धनको नाममा महिला उम्मेदवारको सहभागिता अत्यन्तै न्यून छ ।तथ्याङ्क र अध्ययनहरूमा आम नागरिकमा राजनीतिप्रति चासो बढेको, सामाजिक न्याय र सामाजिक सुरक्षा बढेको, महिला अधिकारहरू कार्यान्वयनमा रहेको, राजनीतिक सोचको विकास भएको, महिला अधिकारको पक्षमा महिला मात्रै नभई पुरुषहरू पनि सक्रिय रहेको लगायतका… पुरा पढौ

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थमा वाइडबडी जहाज अवतरण

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार वाइडबडी ए–३३० जहाजले ‘अपरेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सम्पन्न गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । काठमाडौँ विमानस्थलबाट बेलुका ५ः१२ मा उडान भरेको निगमको वाइडबडी जहाज ५ः५५ मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । विमानमा चालकदलका सदस्यसहित २६० यात्रु सवार थिए । यसमा पर्यटनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, महानिर्देशक प्रदीप अधिकारी, प्राधिकरणका कर्मचारी, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायतको… पुरा पढौ

प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमा पुरुष उम्मेदवार पाइए मनोनयनपत्र खारेज हुने

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि कुनै दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको उम्मेदवारी खारेज गराउन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) दुवैपदमा उम्मेवारी दिने दलले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमा एक पदमा पुरुष र अर्काे पदमा महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था छ । विभिन्न स्थानीय तहमा ऐनको सो व्यवस्थाविपरीत पनि उम्मेदवारी रहेको भनी मुख्य… पुरा पढौ