राष्ट्रिय समाचार

सत्तारुढ गठबन्धनका उम्मेदवार नागरिकका गुनासा, सुझाव सल्लाह सहित घरदैलोमा

बागलुङ वैशाख २०सत्तारुढ गठबन्धनले गलकोट नगरपालिका वडा नं ७ मल्ममा चुनावी कार्यक्रमको सरगर्मी बढाएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता, शुभचिन्तक सहित सयौंको टोलीले चुनावी प्रचार प्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ । मंगलबार मल्मको बाह्रमुरी, बिसारेडाँडा, बतासेडाँडा, साहानीडाँडा र भल्साङमा अभियान सम्पन्न गरेको गठबन्धनले बुधबार सिरबारे, मल्मडाँडा, आरानटोल, म्याले, सानोखोला, खोलापारी र सुन्तलारुखमा चुनावी कार्यक्रम तथा घरदैलो सम्पन्न गरेको नेपाली काँग्रेसका वडा समिती सभापति वसन्त केसीले जानकारी दिए । सोमबारदेखि… पुरा पढौ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित, विप्लवको ठाउमा कन्चन संजोजक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी अन्ततः बिभाजन भएको छ । नेकपाको बहुमत पक्षले विप्लवलाई महासचिव पदबाट हटाएको छ ।बुधबारदेखि चितवनमा सुरु भएको हेमन्तप्रकाश ओली 'सुदर्शन' र धर्मेन्द्र बास्तोला 'कञ्चन ' पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो ।भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले बताए । पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई जिम्मेवारी दिइएको लोहनीले बताए । 'पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवजीहरुले… पुरा पढौ

चर्चित संगीतकार थानेश्वर गौतमको “बेचेर सपना “-मात्रै गजल कि चेतना ? (समीक्षात्मक टिप्पणी)

“बेचेर सपना मैले रात किनेको छुहोस लिलाममा राखी मात किनेको छु । नसोध प्रेमको परिभाषा हारेको मान्छे ममाया दिएर पो बर्बाद किनेको छु । रोकें कैयौं सुनामी आँशुका भेलहरूओढेर अभावका घुम बर्षात किनेको छु । भुलेर भुल्न नसकिने कस्ता ती यादहरूछाती दुखेको निहुमा आघात किनेको छु ।”गजल गायनमा थानेश्वर गौतम एक पूर्ण नाम हो भन्दा पनि फरक नपर्ने साधक हुन् ।उनको यस पटकको गजल र त्यसको भ्यूजले पनि त्यो कुरा पुष्टी गर्दछ ।श्रीभक्त पौडेल “आफन्त” को शब्द रचना ,अथक साधक… पुरा पढौ

जसको नीति उसको नेतृत्व निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन हुन्छ- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस सेन्टर नेपाल न्युज बैंकसँगको कुराकानीका क्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताउनु भयो । स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनमा लागेर माओवादीले नेतृत्व छाडेको टिप्पणी आइरहेका बेला प्रचण्डले सो कुरा बताउनु भएको… पुरा पढौ

अहिलेको समस्या क्षणिक हो, भोलिदेखि नै विद्युत आपूर्ति सहज हुन्छ: ऊर्जा मन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा आज भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबढी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग छलफल गरेकी हुन।सो अवसरमा मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै भोलिदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाइन । उनले भनिन-“विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो । नेपालको सन्दर्भमा यसलाई सल्टाउन… पुरा पढौ

स्कुले नानीहरूलाई खुट्टामा जुत्ता !

समाजमा हुने खाने महिला दिदीबहिनीले समाजमा हुँदा खाने वर्गका बालबालिकालाई केन्द्रित गरी ल्याएको खुट्टामा जुत्ता कार्यक्रम यतिबेला प्रभावकारी बन्दै गइरहेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ का बन्द भएको विद्यालय लकडाउन खुकुलो भएसंगै विद्यालय संचालनमा आएपछि नयाँ शैक्षिकसत्रमा बालमन्दिर आधारभूत बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खुट्टामा जुत्ता कार्यक्रम गरेको बागलुङ समाज कल्याण केन्द्र महिला समुह काठमाडौका अध्यक्ष विजया राजभण्डारीले बताइन । समाज कल्याण केन्द्रले गुठी संचालन गरेको रकमबाट स्कुले नानीहरूलाई खुट्टामा जुत्ता कार्यक्रम प्रत्येक वर्ष गर्ने गरेकोमायस वर्ष… पुरा पढौ

‘३५३ भाग्यमानी’ जो मतदान नहुदै भए निर्वाचित

काठमाडौँ । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएको आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्विरोध भएकालाई मतगणना सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र… पुरा पढौ

काठमाडौं महनगरपालिकाको चुनावी कमाण्डर इश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको चुनावी अभियानको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने भएका छन् । एमालेले वरिष्ठ उपाध्यक्ष पोखरेललाई संयोजक बनाउँदै ‘काठमाडौं महानगर निर्वाचन परिचालन निर्देशक समिति’ गठन गरेको छ । ‘चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन नेकपा (एमाले) अब चुनावी मैदानमा उत्रिएको छ,’ काठमाडौं महानगर निर्वाचन परिचालन सचिवालयमा सम्बोधन गर्दै संयोजक पोखरेलले भने । पोखरेलका अनुसार चुनावी अभियान ३२ वटै वडामा अघि बढिरहेको छ । अब थप व्यवस्थित ढंगले यो काम… पुरा पढौ

जापानमा गोल्डेन विक (GOLDEN WEEK) छोटो जानाकारी

जापानमा अप्रिल २९ देखि मई ५ सम्मको अबधिलाई सुनौलो हप्ताका रूपमा मनाईन्छ । शनिबार र आईतबार नपरेमा मई १ र २ मा भने सरकारी कामकाज हुन्छन् । मई १ मा अन्तराष्ट्रिय श्रमिक दिवश परे पनि कार्यलयहरू बन्द हुँदैनन् ।अप्रिल २९ ,र मई ३,४,५ मा सार्वजनिक बिदा दिईन्छ । छोटो परिचय : अप्रिल २९ (राष्ट्रिय बिदा)शोवा दिवस (शोवा नो ही )पूर्व सम्राट शोवाको जन्मदिन अप्रिल २९ मा हो ।२००७ भन्दा पहिले, अप्रिल २९ लाई नै हरियाली दिवसका रूपमा पनि मनाईन्थ्यो भने… पुरा पढौ

महिलालाई अपहेलित गरि बोलेकोमा निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ ।  आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग सोमबार स्पष्टीकरण मागेको छ । चौबीसघण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौँ,’ निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव  यज्ञ भट्टराईले भने ।  वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतले सोधेको प्रश्नमा स्थापितले 'यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसबारे  २४… पुरा पढौ