राष्ट्रिय समाचार

जापानको प्रहरी हिरासत कै क्रममा उपचारारत रहेका सोलुखम्बुका ४१ वर्षीय मनकुमार मगरको निधन,

नागोया/जापान । जापानमा फेरि एक जना नेपासी युवाको असामयिक निधन भएको छ । सोलुखम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा कार्यरत ४१ वर्षीय मन कुमार मगरको यहि मे महिनाको ३ तारिक उपचारको क्रममा अस्पताल निधन भएको हो ।यस घटनामा परिवारलाई साथ सहयोग गर्दै आएका एनआरएनए आईसीसी सदस्य दिपक कार्कीका अनुसार, मन कुमार गत अप्रिल १५ तारिख बिहान १० बजेतिर साथीकोमा जाने भनि निवासबाट हिँडेका थिए । तर साँझ फर्किएर नाएपछि उनकी श्रीमतीले खोजी सुरु गरेकी… पुरा पढौ

एनआरएनए कान्साइ क्षेत्रीय समितिले प्रदान गर्यो ९ लाख बराबरको छात्रवृत्ति ४३ जनालाई

एनआरएनए जापान क्षेत्रीय समिति कान्साइले बिपन्न तथा जेहेन्दार ४३ जना छात्रछात्रालाई करिब ९ लाख बराबरको “एनआरएनए कान्साई छात्रवृति” प्रदान गरेको छ ।नेपाल भरका रहेका विद्यालयबाट आवेदन परेका मध्यबाट ४३ जना बिपन्न तथा जेहेन्दार छात्रछात्रालाई २ वर्षसम्म वार्षिक १० हजारका दरले ८ लाख ६० हजार भन्दा बढि रकम सम्बन्धित विद्यालयको समन्वयमा प्रदान गरिने गरि शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गरि घोषणा गरिएको हो ।सरस्वती पूजाको दिन पारी एनआरएनए कान्साईले शिक्षाको महत्वलाई उजागर गर्दै “एनआरएनए कान्साई छात्रवृति”को लागि आवेदन फारम सार्वजनिक गरेसंगै… पुरा पढौ

नेपाल र जापानको सम्बन्ध प्रगाढ बनाउन जापानमा ‘नेपाल फेस्टिवल’आयोजना

गैर आवासिय नेपाली संघ जापानको आयोजनामा आगामी जुलाई ३० र ३१ तारिखमा नेपाल फेस्टिवल आयोजना हुने भएको छ । राजधानी टोकियोको नाकानोमा रहेको नाकानो सिकि नो मोरी पार्कमा फेस्टिवल आयोजना गरिने तय भएको हो । नेपाल फेस्टिवल जापानमा नेपाल चिनारीको प्रमुख कार्यक्रम तथा नेपालीहरुबिच भेटघाट र आपसी भाइचारा अभिबृद्धिको मुख्य थलो बन्दै आएको छ । यस पटकको नेपाल फेस्टिवल नेपाल र जापानी समुदायको सहभागीतामा आयोजना तयारी भइरहेको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिए । फेस्टिवल आयोजना र स्थानिय सरकारसँग… पुरा पढौ

जापानले आगामी जुनदेखि विदेशी पर्यटक भित्र्याउन सुरु गर्ने

कोरोनाको महामारीका कारण लामो समयदेखि विदेशी पर्यटकहरूका लागि प्रवेश प्रतिबन्ध लगाएको जापानले आगामी जुन महिनादेखि केही विदेशी पर्यटकहरूलाई स्वीकार गर्ने गरि कार्य गरिरहेको बताईएको छ ।जापानले कोरोनाभाइरस महामारीको रोकथाम र नियन्त्रणको लागि लागू गरिएको कडा सीमा नियन्त्रणलाई सहज बनाउन थालेसंगै सरकारले मे महिनाको अन्त्यसम्ममा सिमित संख्यामा सामूहिक रूपमा भ्रमण गर्नेलाई परीक्षणको आधारमा स्वीकार गर्न सक्ने स्रोतले एक सरकारी स्रोतले शुक्रबार बताएको जापानी संचार माध्यमहरूले जनाएका छन।प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार लन्डनको भ्रमणको क्रममा जापानले जनस्वास्थ्य विज्ञहरूसँग परामर्श गरेर "विभिन्न चरणहरूमा" आफ्नो… पुरा पढौ

भरतपुरमा गठबन्धनका उम्मेदवारलाई जिताउने र गठबन्धनलाई दीर्घकालीन बनाउने बाचा

चितवन, २२ बैशाख । पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरबाट रेणु दाहाल नेतृत्वको टीमलाई जिताउने वाचा गरेको छ। चितवनको भरतपुर हाकिमचोकस्थित साझा बसपार्कमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्ने गठबन्धन दलका शीर्ष नेताहरुले भरतपुरमा गठबन्धनका उमेदवारलाई जिताउने बाचा गरेका हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र र संविधान बचाउन गठबन्धन गरिएकोले गठबन्धनका उमेदवारलाई जिताउनु अहिलेको मुख्य कार्यभार भएको बताउनु भयो । उहाँले रेणुलाई महानगरको मेयर र चित्रसेनलाई उपमेयरमा जिताउन भरतपुरबासीलाई अपिल गर्नुभयो ।गठबन्धन टुटाउने षड्यन्त्र… पुरा पढौ

आपसी सत्भावको विकास गर्न एनआरएनए कान्तोले मे ८ मा बिबिक्यु गर्दै

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान कान्तो क्षेत्रीय समितिले मे महिनाको ८ तारिख आईतबार बिबिक्यु कार्यक्रम सहित पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ ।कोरोना कहरका बिच लामो समयदेखि भैतिक रूपमा सामूहिक भेंटघाट हुन नसकेको अवस्थालाई मध्य नज़र गर्दै कान्तो क्षेत्रीय समितिले नेपाली समुदायमा आपसी सत्भाव, भातृत्व र आत्मीयताको विकास गराउनका लागि मे महिनाको ८ तारिख आईतबार बिबिक्यु सहितको कार्यक्रम गर्न लागेको संयोजक दिपेश केसीले बताए । कार्यक्रम बिहान १० बजे देखि दिऊँसो ४ बजेसम्म नोबोरितो स्टेशन बाट ५ मिनेटको… पुरा पढौ

रुसले प्रधानमन्त्री किशिदासहित ६३ जना जापानी नागरिकलाई प्रवेशमा प्रतिबन्ध

रुसले प्रधानमन्त्रीसहित ६३ जापानी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । रुसले प्रधानमन्त्री फुमियो किशिदा सहित ६३ जापानी नागरिकलाई प्रवेशमा “अनिश्चितकालका लागि” प्रतिबन्ध लगाएको जापानी सरकारी समाचार संस्था एनएचकेले बुधबार जनाएको छ। किशिदाको मन्त्रिपरिषद्का सदस्यहरू, परराष्ट्र मन्त्री योशिमासा हायाशी, रक्षा मन्त्री नोबुओ किशी, र अर्थमन्त्री शुनिची सुजुकीलाई पनि रुस प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ, साथै संसदका सदस्यहरू,सेनाका अधिकारीहरू, विश्वविद्यालयका प्राध्यापकहरू र पत्रकारहरूलाई रोक लगाइएको एनएचकेको समाचार प्रकाशित छ।यो युक्रेनमा आक्रमण गरेकोमा मस्को विरुद्ध जापानले लगाएको प्रतिबन्धको बदलास्वरुप आएको बताइएको छ ।… पुरा पढौ

दाहालको सुवेदीलाई प्रश्न- तपाईको निर्वाचन क्षेत्रमा विकास खोई ?

चितवन । पाँच दलीय गठबन्धनबाट भरतपुर महानगरपालिकाका प्रमुख (मेयर) पदका एक उम्मेद्वारले आफ्ना प्रतिस्पर्धी अर्का उम्मेद्वारलाई प्रश्न गरिन्- ‘तपाईको निर्वाचन क्षेत्रमा कति विकास भयो, तपाईलाई थाहा छ ?’ सामान्यतया, यो प्रश्न एक उम्मेदवारले अर्को उम्मेद्वारलाई सोध्नेभन्दा मतदाताले सोध्ने प्रश्न जस्तो लाग्छ तर, भरतपुर-२२ को चुनावी सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका उम्मेद्वार रेनु दाहालले राप्रपा-एमाले गठबन्धनका उम्मेद्वार विजय सुवेदीलाई इङ्गित गर्दै त्यस्तो प्रश्न सोधेकी हुन् । भरतपुर महानगरपालिका प्रमुख पदमा उम्मेद्वार दिएकी दाहाल भरतपुर महानगरको प्रमुख पदबाट राजीनामा दिएर दोस्रो… पुरा पढौ

सत्तारुढ गठबन्धनका उम्मेदवार नागरिकका गुनासा, सुझाव सल्लाह सहित घरदैलोमा

बागलुङ वैशाख २०सत्तारुढ गठबन्धनले गलकोट नगरपालिका वडा नं ७ मल्ममा चुनावी कार्यक्रमको सरगर्मी बढाएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता, शुभचिन्तक सहित सयौंको टोलीले चुनावी प्रचार प्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ । मंगलबार मल्मको बाह्रमुरी, बिसारेडाँडा, बतासेडाँडा, साहानीडाँडा र भल्साङमा अभियान सम्पन्न गरेको गठबन्धनले बुधबार सिरबारे, मल्मडाँडा, आरानटोल, म्याले, सानोखोला, खोलापारी र सुन्तलारुखमा चुनावी कार्यक्रम तथा घरदैलो सम्पन्न गरेको नेपाली काँग्रेसका वडा समिती सभापति वसन्त केसीले जानकारी दिए । सोमबारदेखि… पुरा पढौ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित, विप्लवको ठाउमा कन्चन संजोजक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी अन्ततः बिभाजन भएको छ । नेकपाको बहुमत पक्षले विप्लवलाई महासचिव पदबाट हटाएको छ ।बुधबारदेखि चितवनमा सुरु भएको हेमन्तप्रकाश ओली 'सुदर्शन' र धर्मेन्द्र बास्तोला 'कञ्चन ' पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो ।भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले बताए । पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई जिम्मेवारी दिइएको लोहनीले बताए । 'पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवजीहरुले… पुरा पढौ