राष्ट्रिय समाचार

कांग्रेस गलकोटले चलायो डण्डा, ६ जना बागी उम्मेदवारको पार्टी सदस्यता खारेज

थम्मन थापा बागलुङ वैशाख २७नेपाली काँग्रेस गलकोट नगर समितीले आसन्न स्थानिय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विपरित वागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको छ ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सम्वद्व ५ दलिय गठबन्धनले अगाडी सारेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै गलकोट नगर प्रमुख पदका उम्मेदवार १ जना, वडा अध्यक्ष पदका उम्मेदवार २ जना र वडा सदस्य पदका उम्मेदवार ३ जना गरि ६ जनाको पार्टी सदस्यता खारेज गरेको… पुरा पढौ

समृद्व गलकोट निर्माणका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको हो: नेता पुन

बागलुङ वैशाख २७स्थानिय तह निर्वाचनको मिति नजिकिदै गर्दा राजनैतिक दल र उम्मेदवारहरु मतदाता सँग भोट माग्ने रस्साकसीमा दौडधुप गरिरहेका छन । गाउँ देखि शहर बजार जताततै चुनावी माहोल तातेको छ । वाम लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरु आफनो पक्षमा चुनावी माहोल सिर्जना गर्न यतिबेला तल्लिन छन ।उम्मेदवारहरु मतदाताको घरआँगन, खेतबारी, बाटोघाटो र खरबारीमा भोट माग्न लावा लस्कर सहित पुगिरहेका छन । जनताले आफना गुनासा सुझाव सल्लाह र बितेको ५ वर्षको समिक्षा पनि उम्मेदवार सँग गरिरहेका छन । चुनावी… पुरा पढौ

कपिलवस्तुमा उपमेयरकी उम्मेदवारको मृत्यु

बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदकी उमेदवारको निधन भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस कपिलबस्तुको तर्फबाट उपप्रमुख पदको उमेदवार बनेकी शुभावती कुर्मीको हृदयघातका कारण निधन भएको हो । हृयघातका कारण सोमबार राति १ बजे जिल्ला अस्पताल तौलिहवामा उपचारक्रममा निधन भएको हो । उनको दाहसंस्कार मंगलबार बाणगंगा नदीको बरगदी घाटमा हुने परिवारिकले जनाएको छ । पुरा पढौ

कांग्रेसको मतदातासँग अपिल-‘काँग्रेस जे भन्छ, त्यो पूरा गर्छ रुख़मा मतदान गर्नुहोस ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् ।  मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरेका हुन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भीकता साथ सहभागी भई मतदान गर्न आह्‍वान गर्दछु’, देउवाले भनेका छन् ।  अपिलमा उनले स्थानीय तह निर्वाचनलाई लोकतन्त्रको बलियो आधार भएको बताएका छन् । स्थानीय तह सङ्घीय… पुरा पढौ

स्थानीय निर्वाचनमा विदेश बसेका नेपालीले बन्न पाउछन त उम्मेदवार ?

स्थानीय निर्वाचनको परिणामले आफ्नो गाउँ ठाँउको विकासमा प्रत्यक्ष सरोकार राख्ने हुँदा यति बेला जापान मात्र होईन, विश्वभर बसेका नेपालीहरुको चासो स्थानीय निर्वाचनमा छ। कोही नेपाल गएर निर्वाचनमा उम्मेदवार रहेको अवस्थामा विदेश बसेका नेपालीहरुले चुनावमा उम्मेदवार बन्न पाउँछन त भन्ने प्रश्न समेत उठेको छ। सो विषयमा जापानमा रहेका अन्तराष्ट्रिय अधिवक्ता एवं जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष डा बलराम श्रेष्ठसंग प्रतिक्रिया लिदाँ नेपालको संविधान को धारा २९१ मा यसबारेमा व्याख्या गरेको बताउँछन । नेपालको संविधान २०७२ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए… पुरा पढौ

मौन अवधि आज राति १२ बजेबाट सुरु हुने, यस्ता छन् पालना गर्नुपर्ने आचरणहरू 

स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि लागू हुँदै छ। यो अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएकोे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। मौन अवधिमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ’, प्रवक्ता पौडेलले भने, ‘मौन अवधिअघि नै मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार सामग्री हटाइन्छ।’ कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न नपाइने आचारसंहितामा उल्लेख छ। सामाजिक सञ्जाल, अनलाइन, छापालगायत माध्यमबाट दल र उम्मेदवारको पक्ष तथा… पुरा पढौ

सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु 

श्रीलङ्कामा भएको हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् । सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका र घाइतेमध्ये एक जनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ । सांसद्ले “त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,” एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन् । कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा… पुरा पढौ

वैशाख ३० गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् । पुरा पढौ

आफ्नै नाम जस्तै सुन्दर बनाउन चाहन्छन चितवनको रत्ननगर -१२ लाई सुवेदी

यतिबेला स्थानिय निर्वाचनको मिति नजिकिदैं जादाँ कस्ता उमेदवार छन् र कस्को जित्ने सम्भवना वढि छ , त्यस्को लेखा जोखा पनि शुरु हुन थालेको छ। त्यसै मध्येका बलिया दाबेदार रत्ननगर नगरपालिका वर्डा नम्बर १२ का वर्डा अध्यक्षका उमेदवार सुन्दरमणि सुवेदी हुन्। उनको समाजमा सामाजिक कार्यमा कृयाशिलताका कारण धेरै संग परिचित छन्। उनी नेकपा (माओवादी केन्द्र )बाट उम्मेदवार बनेका हुन्। सानैदेखि सामाजिक कार्यमा रुचि रहेको बताउने सुन्दरमणि सुबेदी सामाजिक कार्यमा लाग्दा तलब भत्ताको आश गर्न नहुने बताउँछन् । त्यसैले आफुलाई वार्ड अध्यक्षमा… पुरा पढौ

हामीलाई यथास्थितिमै रुमल्लीन रहर र छुट दुबै छैन: प्रचण्ड

काठमाडौं, २६ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्नुपर्ने बताउनुभएको छ । स्थानिय निर्वाचनको पुर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले आम मतदातालाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । प्रचण्डले संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलव्धी विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका बताउँदै त्यसलार्य परास्त गरि परिवर्तनका एजेण्डा स्थापित गराउन हँसिया हतौडा चिन्हमा… पुरा पढौ