राष्ट्रिय समाचार

मतगणना स्थलमा तारजाली सहित सिसि क्यामेरा जड़ान

सुरक्षित तरिकाले मतगणना गर्नका लागि बाग्लुङका मतगणना स्थलमा तयारी गरिएको छ । बाग्लुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् । बाग्लुङका १० वटै मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । वैशाख ३० गते हुने पालिका चुनावको मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार जिल्लाका १० वटै मतगणना स्थल मत गणनाका लागि… पुरा पढौ

यी कागज देखाए मतदाता परिचयपत्र नभएपनि मतदान गर्न पाइने 

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका सबैलाई मतदानमा सहभागी हुन दिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगले एक सूचना जारी गर्दै मतदाता परिचयपत्रको विकल्पमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था गर्न निर्देशन दिएको हो । आयोगले मतदाता परिचयपत्र नभए फोटो टाँसिएको सरकारी पहिचान खुल्ने कागजातको प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ । 'आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र… पुरा पढौ

मतदान केन्द्रभित्र मोवाइल क्यामेरा, सलाई, लाइटर, एसिड, हात हतियार, नमूना मतपत्र नलैजानू- आयोग

वैशाख ३० गते मतदानका लागि मतदान केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ । मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको… पुरा पढौ

शिक्षालय पनि हप्तामा दुई दिन बिदा हुने, हिउँदे, वर्खे, स्थानीय विदा कटौती

शिक्षा मन्त्रालयले आगामी १ जेठदेखि शनिबार र आइतबार दुई दिन शिक्षण संस्थालाई विदा दिने भएको छ । तर यसका लागि भने विभिन्न सर्तहरू राखेको छ । शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पठनपाठन हुने भएको छ । यसका साथै हिउँदे, वर्खे, स्थानीय विदा भने कटौती गरी वर्षमा अधिकतम ३० दिन मात्रै विदा दिन सकिने गरी सहमति दिएको छ । यसबारेको निर्णय भने विद्यालयको हकमा सम्वन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीइभीटीले र विश्वविद्यालयका हकमा विश्वविद्यालय… पुरा पढौ

बुटवलमा बम विस्फोटः घटनास्थल नजिकै नेकपा बहुमत पार्टीको पर्चा भेटियो 

बुटवल – बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ। मिलनचोकको आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो। घटनास्थलमा चुनाव बहिस्कार गर्ने निर्णय गरेको नेकपा बहुमत पार्टीको पर्चा भेटिएको छ। सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको छैन। बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान भइरहेको उनले बताए। उक्त क्षेत्रमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। पुरा पढौ

पूर्वी जापान रेलवे कम्पनीको यामानोते लाइनले आगामी अक्टोबरदेखि यात्रुहरूसहित स्वचालित ट्रेनहरूको परीक्षण गर्ने

पूर्वी जापान रेलवे कम्पनीले टोकियोमा संचालित यामानोते लुप(पास)लाइनमा आगामी अक्टोबरदेखि दुई महिनासम्म यात्रुहरूसहित स्वचालित ट्रेनहरूको परीक्षण गरिने भएको छ ।जेआर इष्टले टोकियोको सबैभन्दा भीडभाड भएको क्षेत्रमा सन २०१८ देखि यामनोते लाइनमा स्वचालित प्रणालीको रेल सेवा परीक्षण गरिरहेको र सन २०२८ सम्म पूर्णरूपमा यस प्रविधिलाई गर्ने योजना अनुरूप सो परीक्षण गर्न लागिएको बताईएको छ।यस प्रविधिको विकासले जापानमा संकुचित हुदै गईरहेको जनसंख्याको वृद्धिदरबाट चालकहरूको सम्भावित अभावलाई रोक्नको लागि उक्त कदम चालिएको अधिकारीहरूको भनाइ छ ।स्वचालित सञ्चालन प्रणाली प्रयोग गर्दा, ड्राइभरहरूले रेल प्रस्थानको… पुरा पढौ

घुम्टे युवा परिवार जापानद्वारा जुलाई ६ मा प्रथम सिल्भर रनिङ कप भलिबल प्रतियोगिता गरिने

घुम्टे युवा परिवार जापान(क्लब) ले आगामी जुलाई ६ तारिक बुधबारका दिन जापानमा खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, समवर्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष दिनेश थापाले बताए ।घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको… पुरा पढौ

बालबालिकाहरूमा संचार समस्या देखिएको भन्दै माक्सको प्रयोग हटाउन सुझाव

टोकियो मेडिकल एसोसिएसनले कोरोनाभाइरस बिरूद्धको उपायको रूपमा रहेको मास्क लगाउन मानिसहरूले बिस्तारै बिस्तारै बन्द गराउन र विशेष गरी प्राथमिक विद्यालयको तल्लो कक्षाका बच्चाहरू र साना बालबालिकाबाट त्यसको सुरुवात गराउन आग्रह गरेको छ ।एसोसिएसनका अनुसार महामारीको समयमा त्यसको रोकथामका लागि व्यक्तिगत जीवनशैलीको वेवास्ता गर्दै बालबालिकालाई समेत मास्कको प्रयोग गराइएको कारण मास्कले अनुहारको हावभाव लुकाउने भएकाले सञ्चार समस्याका कारण झगडा समेत परेको घटनाहरूलाई मध्यनजर गरि क्रमिक रूपमा हटाऊदै ज़ानुपर्ने अध्ययनले देखाएको छ।गम्भीर रोगको उच्च जोखिममा मानिने ६५ वर्ष वा सोभन्दा माथिका ८०%… पुरा पढौ

जापानले आगामी जुनदेखि आगन्तुक संख्यालाई दोब्बर पार्दै दैनिक २० हजार पुर्याउने

जापानको सरकारले आगामी जुन महिनादेखि विदेशबाट आउने आगन्तुकको संख्या हालको बाट बढाएर दोब्बर गरी प्रति दिन २० हजार पुर्याउने भएको छ ।गत आइतवार समाप्त भएको जापानको गोल्डेन विक बिदापछि एयरपोर्ट क्वारेन्टाइन पूर्वाधार र घरेलु संक्रमणको अवस्थाको परीक्षणपछि यो कदम चाल्न लागेको सरकारी स्रोतहरूलाई उदृत गर्दै जापानी संचारमाध्यम क्योदो न्यूजले जनाएको छ ।सरकारले विदेशी पर्यटक यात्रुहरूलाई चरणबद्ध रूपमा स्वागत गर्ने लक्ष्यका साथ यस महिनादेखि नै साना प्याकेजका टुरलाई परीक्षण गरि पर्यटकहरू समेत अनुमति दिने सोच रहेको बताईएको छ।जी सेभेंन (G-7) शक्ति… पुरा पढौ

स्थानीय तह निर्वाचन २०७९: के छ यसपालीको निर्वाचनमा सुरक्षा जोखिम?

काठमाडौँ- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारले मतदान हुुनुभन्दा केही दिनदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नुका साथै चुनावको दिन विभिन्न घेरामा खटाएको सुरक्षा संयन्त्रबीच मतदान सम्पन्न गर्ने तयारी गरेको छ। निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछन्। सरकारले यो निर्वाचनमा विगतका निर्वाचनहरुको अनुभव, विभिन्न घटना तथा मतदाताको चाप लगायतलाई हेरेर सुरक्षा व्यवस्था कडा पार्ने योजना बनाएको हो। निर्वाचनमा १ करोड ७७ लाख… पुरा पढौ