राष्ट्रिय समाचार

गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा परिपालना गर्न अध्यक्ष प्रचण्डको आग्रह

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मध्यपुर थिमि नगरपालिकामा गठबन्धनको मेयर तथा उपमेयर उम्मेद्वारहरुलाई स्थानीय तह निर्वाचनका सन्दर्भमा आवश्यक निर्देशन दिनुभएको छ। पाँच दलीय गठबन्धनका सूत्रधार रहनुभएका अध्यक्ष प्रचण्डले चुनावी तयारीबारे बुझ्दै आवश्यक निर्देशन दिनुभएको हो।अध्यक्ष प्रचण्डले बोलाएपछि बिहीबार बिहान गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र उपमेयरका उम्मेदवार विजयकृष्ण श्रेष्ठ प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो। उम्मेदवारहरुलाई पार्टीका केन्द्रीय सदस्यद्वय दिलिप प्रजापति ‘भिष्म’ र डिपी ढकाल प्रचण्ड निवास लिनुभएको थियो। अध्यक्ष प्रचण्डले बोलाएर निर्देशन दिएपछि मध्यपुरमा गठबन्धनका मेयर… पुरा पढौ

ओलीले भने : चुनाव आयो कि मिटू !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटू आरोपमा काठमाडौँ महानगरपालिकाका मेयर केशव स्थापितको बचाउ गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा ओली र एमालेका मेयरका उम्मेदवार स्थापित सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनावका बेला मात्र मिटूको मुद्दा उठाइएको बताए । उनले भने, ‘मिटू १ मिटूको के जवाफ हुन्छ ? चुनाव आयो कि मिटू । हामी यस्ता कुराहरूमा होइन, महान् उद्देश्यमा अघि बढेका छौँ । ओलीले महिला अधिकार, अस्मिता र सुरक्षाको सम्मानमा एमाले जति सजग अरू… पुरा पढौ

रोल्पाको सुनछहरी गाउँपालिकाको उपाध्यक्ष कोमबहादुर बुढासहित ४ सदस्यको उम्मेदवारी विवादमा

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाको उपाध्यक्ष कोमबहादुर बुढासहित ४ सदस्यको उम्मेदवारी विवादमा परेको छ । निर्वाचन आचारसंहिता र कानुनी व्यवस्था विपरित उम्मेदवारी दिएपछि बुढा खुला तर्फका सदस्यहरु पूर्ण बुढा, खिमानसिंह रोका मगर, महिला सदस्यहरु जुनकुमारी विक र नीशा विकको उम्मेदवारीमाथि प्रश्न उठाउँदै उजुरी परेको थियो ।  रोल्पामा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपाको त्रिपक्षीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बुढाले संचालन गर्दै आएको उच्च हिमालय निर्माण सेवा कालो सुचिमा परेको सम्पुर्ण प्रमाणहरु उजुरी कर्ताहरुले निर्वाचन कार्यालयमा पेश गरिसकेको छ ।  उच्च… पुरा पढौ

जनताले विश्वास गरेको मान्छे हुँ, पाँच हजार मतान्तरले चुनाव जित्छु (अन्तर्वार्ता)

बागलुङ ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट चन्द्रलाल अर्याल चुनावी मैदानमा छन् । २०३० सालमा ढोरपाटन–२ कै कुत्थाप्लमा जन्मेका अर्यालले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । १२ दाजु–बहिनीमध्येका कान्छा अर्याल आफू राजनीतिक पृष्ठभूमिको परिवारमा हुर्किएको बताउँछन् । १२ वर्षकै उमेरदेखि जनमोर्चाबाट राजनीति सुरु गरेका उनी २०५७ सालदेखि माओवादीमा जोडिएका हुन् । ‘मेरो राजनीतिक परिवार हो । जेठो दाजु पञ्चायतमै प्रमुख वडाध्यक्ष हुनुहुन्थ्यो । माइलो दाजु तुलसीलालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान छ,’ उनी भन्छन्, ‘उहाँबाटै प्रभावित भएर म राजनीतिमा लागेको हुँ… पुरा पढौ

३५,२२१ पदको लागि १,५२,६७६ उम्मेदवार स्थानीय निर्वाचनको मैदानमा

राष्ट्रिय मान्यता प्राप्त ६ दलको मेयर र अध्यक्षमा महिलालाई उपेक्षा, उपमेयर र उपाध्यक्षमा पुरुषभन्दा महिला बढी उम्मेदवार देशभरका सात सय ५३ स्थानीय तहका ३५ हजार दुई सय २१ पदका लागि एक लाख ५२ हजार ६ सय ७६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता सकिएको दुई दिनपछि बुधबार निर्वाचन आयोगले सम्पूर्ण पदमा परेको उम्मेदवारीको विवरण सार्वजनिक गरेको हो ।   आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अब छिटफुटबाहेक तथ्यांक अपडेट गर्न बाँकी नरहेको बताए । उनका अनुसार कर्णाली प्रदेशबाट तथ्यांक अपडेटमा केही समस्या परेको छ ।… पुरा पढौ

नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने भएको छ । टेलिकमले निकट भविष्यमा नै ई–सिम उपलब्ध गराउने सम्बन्धमा मोन्टी युके ग्लोबलबीच सम्झौता सम्पन्न गरिसकेको छ । टेलिकमका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र मोन्टीका स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच आइतबार सम्झौता भएको हो । सम्झौताअनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउनेछ । प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकमले नयाँ–नयाँ प्रविधि भित्र्याउने… पुरा पढौ

किसानलाई उन्नत जातको बिउ दिएर धानको उत्पादन तीन गुणा वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, १४ बैशाख । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ-असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित संचालन र गुणस्तर प्रमाणिकरणका बिषयमा छलफल भएको थियो ।सो छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै बर्षदेखि घटाउनु पर्ने दबाब रहेको… पुरा पढौ

निर्वाचनको सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार, निर्वाचन सुनिश्चित

स्थानीय तहको निर्वाचनमा महिलाको संख्या कम हुने भन्दै प्रश्न उठाएर मानवअधिकार आयोगकी पूर्व आयुक्त तथा अधिवक्ता महोना अन्सारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । राजनीतिक दलहरुले गठबन्धनका आधारमा स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एउटा मात्रै पदमा उम्मेदवार दिँदा महिला अनिवार्य नगराउँदा पनि हुने गरी निर्वाचन आयोगले भनेको थियो ।  आयोगको यस निर्णय संविधान विपरित भएको भन्दै अन्सारीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनले ४ वैशाखमा रिट दायर गरेकी थिइन् । सर्वोच्चका न्यायाधीश तिलप्रसाद… पुरा पढौ

आङ सान सू चीलाई थप ५ वर्ष जेल सजाय

म्यानमारको जुन्ता अदालतले बुधवार आङ सान सू चीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने संकेत देखाएको छ ।  पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुचीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको  थियो । दुई दिनपछि सेनाद्वारा निर्मित राजधानी नेपिदको विशेष अदालतले बुधवार बिहान ९:३० बजे फैसला र सजाय सुनाएको हो । सू चीका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो । सैन्य शासनको… पुरा पढौ

विप्लव नेकपामा निर्वाचनका विषयमा विवाद, धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई कारवाही

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई पदमुक्त गरेका छन् । अराजक गतिविधि र आर्थिक अनियमिततालगायत आरोप लगाउँदै उनीहरूलाई महासचिव विप्लवले पदमुक्त गरेका हुन् । पछिल्लो समय विप्लव चुनावको पक्षमा थिए भने बास्तोला र वली विपक्षमा थिए । यो कारबाही बाध्यता भएको पनि विप्लवले उल्लेख गरेका छन् । विप्लवले भनेका छन्, ‘हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो… पुरा पढौ