
मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई नेपाल प्रहरीको प्रमुखमा बढुवा गरेको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।
यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सिंह यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा कार्यरत थिए। सरकारले केही समयअघि रवीन्द्रबहादुर धानुक र सिंहलाई एआइजी बढुवा गरेको थियो। त्यस्तै, विश्वराज पोखरेल र सहकुलबहादुर थापा केपी शर्मा ओलीको पालामा नै एआइजीमा बढुवा भइसकेका थिए। तत्कालीन सरकारले पोखरेललाई माथिल्लो रोलक्रममा राखेको थियो।
यी चारैजना प्रहरी महानिरीक्षकको दौडमा थिए। पोखरेल, धानुक र थापालाई पछि पार्दै सिंह आइजिपीमा नियुक्त भएका हुन्। वरीयताका आधारमा उनी तेस्रो स्थानमा रहे पनि सरकारले थापा र पोखरेललाई छाडेर उनलाई अघि सारेको हो।
हलका आइजिपी शैलेश थापा क्षेत्रीले आजदेखि अवकाश पाउँदै छन्। सिंहले आजैबाट प्रहरीको वागडोर सम्हाल्नेछन्।
त्यस्तै, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । गतहप्ता मात्र सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट अतिरित्त महानिरीक्षकमा नियुक्त हुनुभएका अर्याल महानिरीक्षक बन्ने निश्चित थियो ।



