जापान विशेष

जापानमा टीभी स्क्रिन ‘चाटेर’ खानेकुराको स्वाद लिन मिल्ने अनौठो प्रविधि  

जापानी प्रोफेसरले चाट्न मिल्ने ‘लिकेबल’ टिभी स्क्रिनको प्रोटोटाइप सार्वजानिक गरेका छन् । यसलाई ‘टेस्ट द टीभी’ भन्ने नाम दिइएको छ जसका दशवटा ‘क्यानिस्टर’ ले स्वादहरु स्क्रिनमा स्प्रे गरिदिन्छ र दर्शकलाई चाट्नका लागि भनेर ‘हाइजिनिक’ अर्थात सफा फिल्म रोल गरिदिनेछ । यसको परीक्षण गर्न पुगेकी एक विद्यार्थीले स्क्रिनमा गएर आफूले गुलियो चकलेट खान चाहेको बताएकी थिइन् । त्यस लगत्तै उनको अर्डर स्क्रिनमा स्प्रे गरियो र चाटेर स्वाद लिइसकेपछि उनले दूधको चकलेट जस्तो स्वाद महसुस भएको बताएकी हुन् । निर्माता प्रोफेसर होमेइ मियाशिताले यसलाई… पुरा पढौ

जापानका १७ प्रान्तहरूमा अर्ध-आपतकालिन विस्तार गरिने ५ वटामा नलम्बिने

जापानको केन्द्रीय सरकारले ओकिनावा, यामागुची, शिमाने, ओइटा र यामागाटा प्रान्तहरूमा फेब्रुअरी २० मा कोभिड-१९ अर्ध-आपतकालीन उपायहरू हटाउने तर कोरोना संक्रमणको दर स्थिर रहेका १७ प्रान्तहरूमा अर्ध आपतकाललाई निरन्तरता दिइने स्रोतहरूले बताएका छन ।जापानले कोरोनाभाइरस संक्रमणलाई रोक्न ओसाका, क्योटो र फुकुओका लगायत १७ अन्य प्रान्तहरूमा मार्च ६ सम्म कोभिड-१९ अर्ध-आपतकालीन उपायहरू विस्तार गर्ने प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन।जापानको सरकारले १७ प्रान्तहरूमा कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका उपायलाई प्रभावकारी बनाउन अर्ध-आपतकालिन अवस्थालाई अर्को महिनाको सुरुसम्म विस्तार गर्ने योजना बनाएको छ ।कोरोनाभाइरस नियन्त्रण तथा… पुरा पढौ

जापानमा नेपाली उत्पादन विस्तार गर्दै ‘आन्भी मार्केटप्लेस’ 

इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारीकरण खोजिरहेका छन्।अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान जस्ता देशहरुमा अहिले प्रशस्तै नेपाली उत्पादनहरु विस्तार गर्ने उद्यमीहरु भेट्न सकिन्छ।  यसै क्रममा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका आईटी तथा साइबर सेक्युरिटी क्षेत्रमा क्रियाशील युवा पवन थापा र सामाजिक अभियानमा सक्रिय रहेका कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको एउटा प्रयासले सयौ नेपाली कृषि उद्यमीहरुलाई जोड्नेछ। नेपाली समुदायको लागि केही नयाँ गर्ने हुटहुटीले जन्माएको इ–कमर्स प्लाटफर्म हो,आन्भी मार्केटप्लेस। आन्भी मार्केटप्लेस यहि १७ फेब्रअरीमा सार्वजनिक भएको छ । जापानमा… पुरा पढौ

जापानले क्वारेन्टाइनलाई ३ दिनमा झार्यो, विदेशी विद्यार्थी र व्यवसायिक यात्रुहरूका लागि फेरि जापान खुल्यो

कोरोना भाईरसको नया भेरियन्ट ओमिक्रोन जापानमा देखिएपछि गत नोभेम्बर अन्त्यदेखि फेब्रुअरीको अन्त्यसम्मका लागि विदेशीहरूलाई जापान प्रवेशमा कडाइ गरिएपछि यो नियम वैज्ञानिक नभएको भन्दै विभिन्न निकाय र क्षेत्रबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री फुमीयो किशिदाले मार्च पहिलो हप्ताबाट पूर्ववत अवस्थामा विदेशीलाई जापानमा प्रवेशमा सहजता बनाई क्वारेन्टाइन अवधिपनि घटाउन लागेको बिहिबार बताएका छन ।जापानले मार्चबाट कोभिड-१९ कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका उपायलाई प्रभावकारी बनाउन गर्दै आएको सीमा नियन्त्रणको उपायलाई सहज बनाउदै दैनिक ५००० नव प्रवेशी विदेशीहरूलाई प्रवेश गराउने र क्वारेन्टाइन अवधि जापानी र विदेशी… पुरा पढौ

जापानका यी युवकले सँगै बसिदिएको, गफ सुनिदिएकोबापत पैसा लिन्छन् 

जापानका ३८ वर्षीय एक युवक सोजी मोरीमोतो गजबको जागिर गर्छन् । उनको जागिरको नाम नै ‘केही गर्न नपर्ने मान्छेलाई भाडामा लिनु’ रहेको छ । मोरीमोतोलाई जागिर दिनेहरूले उनलाई खाने, मज्जाले किनमेल गर्ने र डुलिरहने जस्ता गतिविधि मात्र गराउन सक्छन् । उनले भनेका छन्, "म कुनै मिहिनेत गरी काम गर्दिनँ । म यसो गफगाफको जवाफसम्म दिनेगर्छु । अनि बसिबसि खान्छु ।" यस्तो जागिर उनलाई मन पर्छ । तर, यस्तो सजिलो जागिरमा पनि उनी अझै त्यसै बसेर आनन्द लिन खोज्छन् । उनको यस्तै बानीले गर्दा उनी यस्तो… पुरा पढौ

जापानले विदेशीमाथि लगाएको यात्रा प्रतिबन्ध सहज बनाउने, नया आगन्तुकलाई क्वारेन्टाइन अवधि हटाइनसक्ने

जापानले कारोना भाइरसका कारण विदेशी नागरिकहरूमाथि लगाएको यात्रा प्रतिबन्ध पर्यटकबाहेकका लागि मार्चदेखि आंशिक रूपमा खुलाउने भएको छ । विदेशबाट नयाँ प्रवेश गर्नेहरूको संख्यामा आफ्नो सीमालाई सहज बनाउदै आगामी महिनादेखि दैनिक ५००० सम्म पुर्याउने योजना बनाइरहेको छ ।गत वर्षको अन्त्यसम्ममा जापानमा अध्ययन गर्न आउनका लागि भिसा भएका करिब १,५०,००० विदेशी विद्यार्थीहरू कोभिड-१९ को नियन्त्रणका लागि जापानले कडा सिमा सुरक्षा अपनाइएका कारण प्रवेश गर्न असमर्थ रहेको र व्यावसायिक प्रयोजनका काममा असर परेको लगायतका कारणले स्वास्थ्य मापदण्डको उपाय अपनाऊदै सीमा नियन्त्रणलाई सहज बनाउन… पुरा पढौ

एनआरएनए जापान विवाद: एनसीसी जापान भंग नभएको र शिवप्रसाद पौडेल नेतृत्वको कार्यसमिति नै आधिकारिक रहेको आइसीसी अध्यक्ष पन्तद्वारा स्पष्ट(पत्रसहित)

एनआरएनए जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनलाई बदर गर्दै तत्काल अर्कों निर्वाचन गराउन संरक्षक परिषदका सदस्य देवमान हिराचनले मंगलबार जारी विज्ञप्तिमार्फत गरेको निर्देशनलाई कथित वक्तव्यको संज्ञा दिदै शिवप्रसाद पौडेल नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्तले स्पष्ट पारेका छन ।मंगलबार राती अबेर संरक्षक हिराचनको नाममा ध्यानाकर्षण पत्र लेखदै एनसीसी जापानको सम्बन्धमा उचित निकास निकाल्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टलाई ज़िम्मेवारी तोकिएको र निजले आफ़नो कार्य गरिरहेको सन्दर्भमा उच्चस्तरीय समितिलाई एनसीसी जापानको विवाद समाधान गर्ने कार्यक्षेत्र नतोकिएकोले… पुरा पढौ

एनआरएनए जापान विवाद: जुलाईमा सम्पन्न निर्वाचन बदर गर्दै तत्काल निर्वाचन गराउन राजन प्रधानाङ्गको समयोजकत्वमा तदर्थ समिति गठन (विज्ञप्तिसहित)

गैर आवासीय नेपाली संघ जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनलाई बदर गर्दै तत्काल आगामी कार्यकालको निर्वाचन गर्नका लागि संघका संस्थापक अध्यक्ष राजन प्रधानाङगको समयोजकत्वमा पाँच सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।एनआरएनए जापानको विवाद समाधान गर्नका लागि शेष घलेको समयोजकत्वमा रहेको एनआरएनए उच्च स्तरीय समितिका सदस्य देवमान हिराचन र भवन भट्टले जापानको विवाद मिलाउन दुवै पक्षलाई लिखित र मौखिक सम्पर्क गरि सहमतिमा आउन गरेको अनुरोधलाई अस्विकार गरि मिलेर जान नसकिने बताएकोले गत जुलाई ३० मा सम्पन्न निर्वाचनलाई बदर गरि… पुरा पढौ

कोरोना महामारीका कारण टोकियोबाट बाहिर सर्नेको संख्या हवात्तै बढ़्यो

कोभिड-१९ कोरोना भाईरसको महामारीका कारण सन २०२१ मा जापानको राजधानी टोकियोबाट बाहिर सर्नेको संख्या २६ वर्ष यताकै उच्च हुन पुगेको छ ।राजधानी टोकियोको मुख्य केन्द्र टोकियो महानगरपालिकाको २३ वटा वार्डहरूबाट अन्यत्र बसाई सर्नेको संख्या गत वर्ष १४ हजार ८२८ रहेको र बसाई सर्नुको मुख्य कारण कोरोनाभाइरस महामारीले गर्दा भएको हुनसक्ने आन्तरिक मामिला मन्त्रालयले जनवरी २८ मा सार्वजनिक गरेको प्रतिवेदनमा जनाएको छ।सन १९९६ मा पहिलो पटक यसरी नै बसाईसराइका कारण टोकियोको जनसंख्या घटेको थियो। सन २०१४ देखि विदेशी बासिन्दाहरूलाई समेत समेटेर… पुरा पढौ

जापानको १२४ वर्षे कानून संशोधन हुदै, सम्बन्ध विच्छेदको १०० दिनपछि मात्र महिलाले पुनर्विवाह गर्न पाउने प्रतिबन्धित प्रावधान खारेज

जापान सरकारको एक प्यानलले सोमबार कानुनी पितृत्व निर्धारण गर्ने पुरानो मुलुकी संहिताको प्रावधानलाई खारेज गर्दै सम्बन्ध विच्छेदपछि महिलाको लागि हालको १०० दिनसम्म पुनर्विवाह गर्न नपाउने प्रतिबन्ध हटाउन सिफारिस गरेको छ।विद्यमान कानून अन्तर्गत केवल महिलाहरूले सम्बन्ध विच्छेद पछि पुन: विवाह गर्न १०० दिनको समय पर्खिनु पर्ने कानुनी बाध्यात्मक अवस्थालाई हटाई उनीहरूलाई पुनर्विवाह र कानुनी पितृत्व सम्बन्धी भेदभावपूर्ण नियमहरूको समीक्षा गर्ने गरि प्रतिबन्ध हटाउन सरकारी एक प्यानलले सरकारीलाई सिफारिस गरेको हो। न्याय मन्त्री योशिहिसा फुरुकावालाई न्याय मन्त्रालयको विधायिका परिषद्को सिफारिस पछि सरकारले… पुरा पढौ