जापान विशेष

जापानमा प्रसूति खर्च निःशुल्क बनाउने सरकारी प्रस्तावमा चिकित्सकहरूको आपत्ति: ‘चिकित्सा प्रणाली नै संकटमा पर्ने’ चेतावनी

टोकियो । जापान सरकारले प्रसूति (सुत्केरी) खर्चलाई निःशुल्क गर्ने उद्देश्यले ल्याउन लागेको नयाँ मानकीकरण नीतिको विषयमा विवाद चर्किएको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विशेषज्ञ समितिले देशभर प्रसूति शुल्कमा एकरूपता ल्याउने प्रस्ताव अघि सारेपछि चिकित्सक तथा सरोकारवालाहरूले यसले चिकित्सा क्षेत्रमा गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। विशेष गरी, देशभर एउटै शुल्क निर्धारण गर्दा शहरी क्षेत्रका अस्पतालहरू आर्थिक रूपमा धराशायी हुने र शल्यक्रिया (सिजरियन सेक्सन) को दर अनावश्यक रूपमा बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। के हो सरकारी प्रस्ताव? हाल जापानमा सामान्य… पुरा पढौ

जापानमा उत्तराधिकारी नभएको अर्बौं सम्पत्ति सरकारी ढुकुटीमा, एक वर्षमै जम्मा भयो १ खर्ब २९ अर्ब येन

टोकियो (एजेन्सी) । जापानमा हकवाला वा उत्तराधिकारी नभएको अर्बौंको सम्पत्ति सरकारी कोषमा जाने क्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जापानको तीव्र गतिमा बुढ्यौलीतर्फ गइरहेको जनसङ्ख्या, बढ्दो मृत्युदर र नजिकका आफन्त नभई जीवनको अन्त्य गर्ने मानिसहरूको सङ्ख्या बढेसँगै बेवारिसे सम्पत्तिको मात्रा ह्वात्तै बढेको हो। जापानको सर्वोच्च अदालतको तथ्याङ्कअनुसार, सन् २०२४ मा मात्रै करिब १ खर्ब २९ अर्ब येन (८३ करोड ३० लाख अमेरिकी डलर) बराबरको दाबी नगरिएको सम्पत्ति सरकारी ढुकुटीमा फिर्ता भएको छ। यो रकम तथ्याङ्क राख्न सुरु गरिएको सन् २०१३ को… पुरा पढौ

जापानमा मदिरा सेवन गरी सवारी चलाउनेहरूको संख्या बढ्यो, ८९६ जनाको ड्राइभर लाइसेन्स निलम्बन

जापानभरि यो वर्ष जनवरीदेखि सेप्टेम्बरसम्म मदिरा सेवन गरेर सवारी चलाएको आरोपमा ८९६ जनाको ड्राइभर लाइसेन्स निलम्बन गरिएको छ।गत वर्ष यही अवधिमा यो संख्या मात्र २ रहेको थियो। जापान राष्ट्रिय प्रहरी एजेन्सी (NPA) का अनुसार यो आकडा नयाँ कानुनी प्रावधानले मदिरा सेवन गरी सवारी चलाउनेहरूलाई कडाइका साथ कारबाही गर्न थालेपछि एकदमै बढेको हो। संशोधित ट्राफिक ऐनपछि कारबाही तीव्र गत वर्ष नोभेम्बरमा संशोधित सडक यातायात ऐन लागू भएदेखि स्वासप्रस्वासमा 0.15 mg/l वा सोभन्दा बढी मदिरा फेला परे सवारी चलाउनु दण्डनीय बनाइएको छ।… पुरा पढौ

जापानमा खतरनाक ड्राइभिङका मापदण्ड कडाइ– गति र मदिरा सेवनमा नयाँ व्यवस्था

जापान सरकारले खतरनाक ड्राइभिङसम्बन्धी कानुनलाई कडा बनाउने तयारी गरेको छ। तीव्र गतिमा गाडी चलाउने तथा मदिरा सेवन गरेर सवारी चलाउने घटनामा कडा कारबाही गर्न विधि परिषदले नयाँ मापदण्ड प्रस्ताव गरेको हो। न्याय मन्त्रीलाई सल्लाह दिने विधि परिषद (Legislative Council) ले मंगलबार बसेको बैठकमा यस सम्बन्धी संशोधन योजना प्रस्तुत गरिएको हो । परिषदको संशोधन प्रस्तावअनुसार, गति सीमा 60 किमी प्रतिघन्टासम्म भएका सडकमा 50 किमी वा त्यसभन्दा बढीले वेग बढाइएमा, गति सीमा 60 किमीभन्दा माथि भएका सडकमा 60 किमी वा सोभन्दा बढीले… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लब टोकियोको छैटौँ अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश कुमार खत्री र महासचिवमा नारायण थापा निर्वाचित

जापानमा रहेका नेपाली समुदायबीच खेलकुद तथा सामाजिक गतिविधिलाई सुदृढ बनाउँदै आएको गल्कोट स्पोर्ट्स क्लब टोकियोले आफ्नो छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनले क्लबको आगामी कार्यकालका लागि रमेश कुमार खत्रीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ। छैटौँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गणेश खत्री उपाध्यक्षहरू दिनेश थापा, सुरज के.सी., अशिम बस्नेत, खिम निउरे महासचिव नारायण थापा सचिव पवन शर्मा, किरण गौतम कोषाध्यक्ष कुशल भण्डारी सह–कोषाध्यक्ष दिपक क्षेत्री (खिम), पवन क्षेत्री निर्वाचित भएका छन । त्यसैगरी खेल संयोजक विजय बस्नेत, लेखा संयोजक… पुरा पढौ

नेपाली अमित केसीलाई जापानको ‘विदेशमन्त्री पुरस्कार’

जापान, टोकियो — जापानमा आयोजित ६४ औँ जापानी भाषा अन्तर्राष्ट्रिय वक्तृत्व प्रतियोगितामा नेपाली युवा अमित केसीले प्रथम स्थान हासिल गर्दै ऐतिहासिक उपलब्धि सुरक्षित गरेका छन्। प्रतियोगिताको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनै नेपालीले जापानको विदेश मन्त्रालयले प्रदान गर्ने ‘外務大臣賞’ (Foreign Minister’s Award) हात पार्नु, जापानस्थित नेपाली समुदायका लागि गर्वको क्षण बनेको छ। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएर सर्बोत्कृष्ट घोषित भएका केसीलाई प्रदान गरिएको सम्मान अझ विशेष रह्यो। पुरस्कार तथा सम्मानपत्र जापानकी राजकुमारी प्रिन्सेस हिसाको टाकामाडोबाट प्रदान गरिएको थियो, जसले कार्यक्रमको गरिमा र… पुरा पढौ

रास्वपा जापानको अधिवेशन सकियो: नयाँ नेतृत्व चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जापानको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पार्टीको आगामी कार्य योजना तय गर्दै नागरिक मैत्री पार्टी बनाउने लक्ष्य राखेको छ । अधिवेशनलाई सम्वोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रिय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभागका उपप्रमुख अर्जुन अधिकारीले अधिवेशनप्रति शुभकामना व्यक्त गर्दै अधिवेशन केवल कार्यक्रम मात्र होइन, यो पार्टीको भविष्य निर्धारण गर्ने मोड भएको बताउनु भएको छ । अधिकारीले भन्नुभयो तपाईहरू परिवर्तनका नायक हो । साथै प्रवासमा रहेर पनि  घण्टी प्रतिको माया र साथ सहयोग सँगै… पुरा पढौ

जापानकी प्रधानमन्त्री ताकाइचीको ताइवान सम्बन्धी कडा अभिव्यक्तिले नयाँ विवाद थप्यो

जापानकी प्रधानमन्त्री साने ताकाइचीले हालै संसदमा दिएको ताइवान संकटसम्बन्धी अभिव्यक्तिपछि जापान–चीन सम्बन्ध थप तनावपूर्ण बनेका छन्। कूटनीतिक विवादका बीच प्रधानमन्त्री सानाे ताकाइचीले हालै ताइवान सम्बन्धी प्रश्नमा दिएको स्पष्ट अभिव्यक्तिले जापान–चीन सम्बन्ध थप बिग्रिएको भनाइ राजनीतिक विश्लेषकहरूको छ। आफ्नो स्पष्ट बोल्ने शैलीका कारण चिनिएका ताकाइचीको टिप्पणीले संसद तथा कूटनीतिक वृत्तमा हलचल ल्याएको छ। डिसेम्बर ९ देखि थप बजेट (सप्लिमेन्टरी बजेट) सम्बन्धी छलफल सुरु हुनुअघि उनको अभिव्यक्ति सरकारका लागि चुनौती बन्न सक्ने देखिएको छ। “आबेले पनि नछोएको विषय ताकाइचीले उठाइन्” नोभेम्बर ७… पुरा पढौ

जापानमा कर्पोरेट दिवालियापन (टाट पल्टिने) को संख्या १० हजार नाघ्ने सम्भावना

जनवरीदेखि नोभेम्बरसम्म जापानमा कर्पोरेट दिवालियापन (टाट पल्टिने)को संख्या ९,३७२ पुगेको छ। क्रेडिट अनुसन्धान कम्पनी टोकियो शोको रिसर्चका अनुसार यो दर हेर्दा २०२५ मा पनि लगातार दोस्रो वर्ष दिवालियापन १०,००० नाघ्ने सम्भावना देखिएको छ। नोभेम्बर महिनामा १ करोड येन (झन्डै ६४,५०० डलर) वा सोभन्दा बढी दायित्व भएका दिवालियापन ७.५ प्रतिशतले घटेर ७७८ पुगेका छन्। तथ्यांक अनुसार साना व्यवसायहरू बढ्दो महँगाइ र श्रमिक अभावका कारण विशेष रूपमा प्रभावित भएका छन्। नोभेम्बरमा कुल दायित्व ४८.६ प्रतिशतले घटेर ८२.४ अर्ब येनमा झरेको छ, किनकि… पुरा पढौ

जापानमा गएको शक्तिशाली भूकम्प परि ३० जना घाइते

उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा अहिलेसम्म कम्तीमा ३० जना घाइते भएका छन् । सोमबार राति आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा, ५० किलोमिटर (३१ माइल) गहिराइमा गएको भूकम्पका कारण हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् । भूकम्पपछि देशमा सुनामी चेतावनी जारी गरिएको थियो, तर अहिले हटाइएको छ । यद्यपि तटमा ७० सेन्टिमिटरसम्मका अग्ला छाल उठेका थिए । केही रेल सेवा रोकिएका थिए र हजारौँ घरमा बिजुली विच्छेद भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँका अधिकारीहरूले आगामी… पुरा पढौ