जापान विशेष

जापानी प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको अभियोग

जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यान मार्ने उद्योग गरेको अभियोग लगाएको छ । अप्रिलमा पश्चिमी जापानको चुनावी कार्यक्रममा प्रधानमन्त्री फुमियो किशिदामाथि विस्फोटक हमला गरेको अभियोगमा अभियोजनकर्ताहरूले बुधबार आक्रमणकारी व्यक्तिलाई आपराधिक रूपमा जिम्मेवार ठहराउन मानसिक रूपमा तन्दुरुस्त रहेको निष्कर्ष निकालेपछि अभियोग लगाईएको हो । ह्योगो प्रिफेक्चरका २४ वर्षीय र्युजी किमुरा वाकायामा घटनास्थलमा पक्राउ परेपछि मौन बसेका छन् भने किशिदालाई कुनै चोटपटक लागेको थिएन भने एक प्रहरी अधिकारीसहित दुई जना सामान्य घाइते भएका छन् । किमुराको अभियोग अभियोजकहरूले… पुरा पढौ

मध्य जापानमा १४ वर्षीया बालिकाले आमालाई छुरा प्रहार गरी हत्या

बुधबार मध्य जापानको आइची प्रिफेक्चरमा रहेको आफ्नो अपार्टमेन्टमा १४ वर्षीया बालिकालाई आफ्नी आमालाई छुरा प्रहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । करिब १:१५ बजे एम्बुलेन्स फोन गरेपछि उद्धारकर्ताहरूले बालिकाकी ४० वर्षीया आमालाई फुटोन गद्दामा लडेर फेला पारेपछि उनलाई अस्पताल लगिएको थियो र पछि मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।ओहारु नगरपालिकामा बस्दै आएकी उच्च माध्यमिक विद्यालयमा दोस्रो वर्षमा अध्ययनरत छोरीलाई हत्या प्रयासको आशंकामा घटनास्थलबाटै पक्राउ गरिएको थियो ।आमाको मृत्यु भएकाले प्रहरीले घटनालाई हत्याका रूपमा अनुसन्धान गर्ने अपेक्षा बताईएको… पुरा पढौ

जापानले बाल हेरचाह बिदामा काम गर्ने कर्मचारीहरूलाई भत्ता उपलब्ध गराउने साना र मध्यम आकारका कम्पनीहरूलाई अनुदान दिने

जापानको श्रम मन्त्रालयले बाल हेरचाह बिदामा काम गर्ने कर्मचारीहरूलाई भत्ता उपलब्ध गराउने साना र मध्यम आकारका कम्पनीहरूलाई अनुदान दिने योजना बनाएको छ। आगामी आर्थिक वर्षदेखि, स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले बाल हेरचाह बिदा लिन र छोटो घण्टा काम गर्न सजिलो बनाउने उद्देश्यका साथ आमाबाबुको बिदामा प्रति कामदार १.२५ मिलियन येन (लगभग $ 8,500) सम्म अनुदान दिने योजना बनाएको हो। कार्यक्रम कोषको लागि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा ३.७६ बिलियन येन (लगभग $25 मिलियन) समावेश गरेको छ। राम्रो काम-जीवन सन्तुलन समर्थन… पुरा पढौ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको अध्यक्षमा फुर्वा शेर्पा

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको चौथो अधिवेशन तथा फोनिज जापान स्थापनाको गरिमामय ७ बर्ष पूरा गरी ८ औँ बर्ष प्रवेश गरेको अवसरमा प्रकाशित “फोनिज आवाज” स्मारिकाको विमोचन कार्यक्रम एकै साथ सम्पन्न भएको छ ।नेपाल जापान तथा अन्य देशमा रहेका बौद्धिक ब्यक्तित्वहरुको लेख, रचना, बिचार तथा शुभकामना सहित जापानमा रहेका एकल जातिय संस्थाहरुको संस्थागत प्रोफाइल, र जनजाति कलाकारहरूलाई नेपाली कला, साहित्य र गीत संगीतको क्षेत्रमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले जनजाति कलाकारहरूको प्रोफाइल स्मारिकामा समेटिएको सो स्मारिका जापानका लागि… पुरा पढौ

म्याग्दी प्रवासी नेपाली संघ (मोना) को केन्द्रीय अध्यक्षमा जापानबाट ददिवल खड्काको दाबी

म्याग्दी प्रवासी नेपाली संघ (मोना) को केन्द्रीय अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले आफ्नो दाबी पेश गरेका छन ।करिव ३ दशकदेखि जापानमा बस्दै आएका खड्काले संस्थालाई गति दिनका लागि अब आफुले मोनाको नेतृत्व लिने सहि बेला आएकोले अध्यक्ष पदमा दाबी गरेको बताएका हुन । हङकङ, युरोप, न्युजिल्याण्ड, कोरिया, अमेरिकाले नेतृत्व सम्हालिसकेको र अहिलेसम्मका अध्यक्षहरु सबै जिल्लाको दक्षिणी भेगबाट भैसकेको र जिल्लाको भेगीय हिसाबले भन्ने पनि उत्तरीभेगले पाउनुपर्ने जिकिरसहित अब मोनाको नेतृत्व जापानले पाउनुपर्ने खड्काको दाबी रहेको छ । मोनाको संस्थापक… पुरा पढौ

समन्वयात्मक सहकार्यका लागि एनआरएनए जापानले सेप्टम्बर १० तारिक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने

जापानमा रहेका संघ संस्था र सरोकारवाला निकायसँग समन्वयात्मक सहकार्य तथा मानवीय सहयोग अन्तरगतका कार्यमा एकरूपता कायम गर्नका लागि एनआरएनए जापानले सेप्टम्बर १० तारिक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।टोकियोको शिन ओकुबो स्थित सोलमारीको मुरा हलमा नेपाली दूतावास, एनआरएनए जापान, जापानमा रहेका सामाजिक संघ संस्था र समाजसंग नेपालीहरूलाई केन्द्रित गरि सहयोग र सेवा प्रदान गर्न एकरूपता ल्याउने उद्देश्यले साझा योजना तय गर्नका लागि वृहत अन्तरक्रियाको आयोजना गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए ।‘एनआरएनए जापानले जापानमा क्रियाशिल… पुरा पढौ

हिरोशिमा नेपाली कम्युनिटी जापानले “हिरोशिमा तीज धमाका-२०२३”गर्ने

नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ‘हिरोशिमा तीज धमाका २०२३ आयोजना हुने भएको छ । नेपाली परम्परा र रितिरिवाजलाई निरन्तरता दिन र प्रवासमा रहेका नारीलाई हरितालिका तिजको नियास्रो मेटाउने उदेश्यका साथ हिरोशिमा नेपाली कम्युनिटी जापानले हिरोशिमा तीज धमाका २०२३ कार्यक्रम गर्न लागिएको समितिका सचिव बिपिन केसीले जानकारी दिए । नेपालदेखि आउने लोक दोहोरी क्षेत्रका कलाकारसहित तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने गरि गरिन लागिएको कार्यक्रममा सुमन थापा, प्रदेशी गायक सूर्य खड्काको प्रस्तुति रहने समितिका अध्यक्ष रवि गैरेले जानकारी दिए ।… पुरा पढौ

दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टिम दर्ताका लागि आग्रह

गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइले आगामी सेप्टम्बर ११ तारिक सोमबारका दिन आयोजित दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम सहभागिताका लागि आग्रह गरेको छ ।गत वर्षदेखि राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन र प्रवासमा रहेका खेलाडीको क्रियाशिलताका लागि प्रतियोगिता संचालन गर्दै आएको क्षेत्रीय समिति कान्साइले यस वर्ष आयोजना गरिएको दोस्रो गलकोट कप प्रतियोगिताका लागि जापानमा रहेका भलिबल खेलसंग सम्बन्ध राख्ने खेलाड़ी, क्लब, समूह, समाज र संस्थालाई सेप्टम्बर ९ तारिकसम्म टिम दर्ताका लागि अनुरोध गरेको हो ।‘क्षेत्रीय समिति कान्साइले आयोजना गर्न… पुरा पढौ

जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

काठमाडौं। भाषा परीक्षा उत्तीर्ण (पास) को नक्कली कागजात (डकुमेन्ट) बनाएर जापानमा प्रशिक्षार्थी कामदार पठाएको शंकामा वैदेशिक रोजगार विभागले २५ म्यानपावर कम्पनीविरुद्ध छानबिन प्रक्रिया अगाडि बढाएको छ। भाषा परीक्षामा पास भएको संख्याभन्दा श्रम स्वीकृति लिने संख्या बढी देखिएपछि विभागले छानबिन समिति बनाएर अध्ययन अगाडि बढाएको हो। विभागका सूचना अधिकारी कविराज उप्रेतीले जापानमा प्रशिक्षार्थी कामदार पठाउँदै आएका म्यानपावरमध्ये २३ देखि २५ कम्पनीमाथि छानबिन सुरु भएको जानकारी दिए। अहिले ती म्यानपावर कम्पनीसँग जापान पठाएको संख्या विवरण सात दिनभित्र बुझाउन पत्राचार गरिएको छ। कतिले… पुरा पढौ

परमाणु विकिरणबाट उत्पन्न फोहोर पानी समुन्द्रमा फालेसँगै जापानमा आन्दोलन चर्कियो, ८८.१ प्रतिशत नागरिका सरकारको निर्णयको विरुद्धमा

काठमाडौँ — जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी समुन्द्रमा फाल्न सुरु गरेसँगै आन्दोलन थप चर्किएको छ । जापानको उक्त निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरूले विरोध जनाएका हुन् । मंगलवार बसेको जापनको मन्त्रीपरिषद्को बैठकले बिहीवारदेखि परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्ने निर्णय गरेको थियो । प्रशान्त महासागरसँग जोडिने देश, स्थानीयहरुले बिरोध जनाउँदा समेत जापान सरकारले सो निर्णय गरेपछि आन्दोलन झनै चर्किएको हो ।  साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरूले… पुरा पढौ