जापान विशेष

सागावा, यामातो र जापान पोस्टद्वारा सूचना: नयाँ वर्षको समयमा डेलिभरीमा ढिलाइ हुनसक्ने, समयमै सावधानी अपनाउन आग्रह

टोकियो, जापान, डिसेम्बरको अन्त्यसँगै जापानमा 'ईयर इन्ड' र नयाँ वर्ष (Year-end and New Year) को चहलपहल बढेको छ। यसै सन्दर्भमा जापानका प्रमुख तीन डेलिभरी कम्पनीहरू– सागावा क्युबिन, यामातो ट्रान्सपोर्ट र जापान पोस्टले सामान डेलिभरीमा ढिलाइ हुनसक्ने भन्दै सेवाग्राहीहरूलाई सचेत गराएका छन्। अत्यधिक चाप र ट्राफिक जामका कारण सामान तोकिएको समयमा नपुग्न सक्ने भन्दै यी कम्पनीहरूले पूर्व सावधानी अपनाउन आग्रह गरेका हुन्। १. सागावा क्युबिन (Sagawa Express) सागावा क्युबिनले डिसेम्बर १७ मै सूचना जारी गर्दै सामानको मात्रा ह्वात्तै बढेकाले देशभर डेलिभरीमा… पुरा पढौ

जापानमा जन्मदरको सङ्कट गहिरियो: २०२५ मा कीर्तिमानी न्यून संख्यामा शिशु जन्म, अनुमानभन्दा १६ वर्ष अघि नै घट्यो जनसंख्या

टोकियो,जापानमा जन्मदर घट्ने क्रम रोकिने संकेत देखिएको छैन। 'असाही सिम्बुन' ले गरेको पछिल्लो विश्लेषण अनुसार, सन् २०२५ मा जापानमा जन्मिने जापानी शिशुहरूको संख्या करिब ६ लाख ६८ हजारमा सीमित हुने देखिएको छ। यो तथ्याङ्क सन् १८९९ मा अभिलेख राख्न सुरु गरेयताकै सबैभन्दा कम हो। लगातार १० वर्षदेखि कीर्तिमानी गिरावट स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कलाई आधार मानेर गरिएको प्रक्षेपण अनुसार, २०२५ मा जन्म संख्या ६ लाख ६७ हजार ५४२ को हाराहारीमा रहनेछ। यो संख्या सन् २०२४ को (६ लाख ८६… पुरा पढौ

जापानमा पहिलो पटक ‘तोकुतेई गिनो’ मार्फत विदेशी बस चालकको उदय: फिलिपिन्सका नागरिकले सम्हाले स्टेयरिङ

टोकियो, जापानमा तीव्र रूपमा बढ्दै गएको चालक अभावलाई सम्बोधन गर्न सरकारले ल्याएको 'तोकुतेई गिनो' (Specified Skilled Worker) प्रणाली अन्तर्गत पहिलो पटक विदेशी नागरिकले आधिकारिक रूपमा सार्वजनिक बस चलाउन सुरु गरेका छन्। डिसेम्बर २३ तारिखदेखि टोकियो र ओकिनावामा 'टोकियो बस' कम्पनीमार्फत विदेशी चालकहरूले सेवा सुरु गरेका हुन्। ऐतिहासिक सुरुवात जापानमा यातायात क्षेत्रमा विदेशी चालकहरूले व्यावसायिक रूपमा बस चलाएको यो पहिलो घटना हो। सन् २०२४ मा सरकारले 'मोटर यातायात' क्षेत्रलाई पनि तोकुतेई गिनो प्रणालीमा समावेश गरेपछि यो सम्भव भएको हो। टोकियोमा फिलिपिन्सका… पुरा पढौ

टोकियोको ऐतिहासिक योयोगी नेशनल स्टेडियममा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो, जापान, नेपाली युवा पुस्तामाझ अत्यधिक लोकप्रिय गायक तथा संगीतकार सज्जनराज वैद्य पहिलो पटक जापानमा आफ्नो सांगीतिक प्रस्तुति दिन आउने भएका छन्। आगामी २०२६ मार्च १० तारिखका दिन टोकियोको प्रसिद्ध योयोगी नेशनल स्टेडियममा 'सज्जनराज वैद्य लाइभ कन्सर्ट' आयोजना हुने निश्चित भएको छ। ऐतिहासिक हलमा पहिलो नेपाली कार्यक्रम टोकियोको हाराजुकु स्टेशनबाट मात्र ३ मिनेटको दुरीमा रहेको योयोगी नेशनल स्टेडियममा पहिलो पटक नेपाली कलाकारको सांगीतिक कार्यक्रम हुन लागेको हो। करिब ४ हजार सिट क्षमता भएको यस स्टेडियमलाई कन्सर्टका लागि उपलब्ध गराउन आयोजकले विगत एक वर्षदेखि निरन्तर प्रयास… पुरा पढौ

जापान सरकारको नयाँ योजना: नयाँ प्रशिक्षण प्रणाली अन्तर्गत विदेशी कामदारको संख्या ४ लाख २६ हजारमा सीमित गरिने

टोकियो, जापान सरकारले सन् २०२७ को आर्थिक वर्षबाट सुरु हुने नयाँ 'प्रशिक्षण तथा रोजगार प्रणाली' (Training and Employment System) अन्तर्गत पहिलो दुई वर्षमा स्वीकार गरिने विदेशी कामदारको संख्या करिब ४ लाख २६ हजारमा सीमित गर्ने तयारी गरेको छ। प्रधानमन्त्री सानाए ताकाइचीको निर्देशनमा सरकारले विदेशी नागरिकसम्बन्धी नीतिहरूको पुनरावलोकन गरिरहेको छ। बढ्दो विदेशी आप्रवासनप्रति जापानी जनताको चासोलाई सम्बोधन गर्न र भिसा अवधि नाघेका (ओभरस्टे) व्यक्तिहरूलाई नियन्त्रण गर्न सरकारले यो कदम चाल्न लागेको हो। पुरानो प्रणाली विस्थापित गरिँदै वृद्ध जनसंख्याका कारण कामदारको चरम अभाव… पुरा पढौ

गलकोट समाज जापानद्वारा नयाँ वर्षमा ‘सांगीतिक श्रृंखला–२०२६’ आयोजना: शिव परियारदेखि समिक्षा अधिकारीसम्मको प्रस्तुति रहने

टोकियो, जापान जापानमा सक्रिय सामाजिक संस्था गलकोट समाज जापानले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर चार प्रमुख शहरहरूमा भव्य 'सांगीतिक श्रृंखला–२०२६' आयोजना गर्ने भएको छ। "समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकुदमा लगानी" भन्ने मूल नाराका साथ समाजले यस वर्षको कार्यक्रमलाई विशेष अभियानका रूपमा अघि बढाएको हो। लोकप्रिय कलाकारहरूको जमघट यसपटकको सांगीतिक श्रृंखलामा नेपालका बहुचर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। आयोजकका अनुसार कार्यक्रममा सुगम संगीतका लोकप्रिय गायक शिव परियार, छोटो समयमै सांगीतिक क्षेत्रमा चर्चा कमाउन सफल गायिका समिक्षा अधिकारी, चर्चित लोक सर्जक तथा… पुरा पढौ

युनिक्लो (Uniqlo) ले नयाँ कर्मचारीको सुरुवाती तलब बढायो: अब मासिक ३ लाख ७० हजार येन पुग्ने

टोकियो, जापान – युनिक्लो (Uniqlo) र जियु (GU) जस्ता विश्वप्रसिद्ध कपडा ब्रान्डहरू सञ्चालन गर्ने जापानी कम्पनी 'फास्ट रिटेलिङ' (Fast Retailing Co.) ले आफ्ना नयाँ कर्मचारीहरूको सुरुवाती तलब (Starting Salary) मा पुन: वृद्धि गर्ने घोषणा गरेको छ। विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न र उत्कृष्ट जनशक्तिलाई आकर्षित गर्न कम्पनीले लगातार दोस्रो वर्ष तलब बढाउने निर्णय गरेको हो। सोमबार कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, यो नयाँ तलब संरचना आगामी सन् २०२६ को वसन्त ऋतु (Spring 2026) देखि भर्ना हुने नयाँ स्नातक (New Graduates) कर्मचारीहरूका लागि लागू हुनेछ।… पुरा पढौ

जापानमा केयरगिभर (Kaigo) को तलब मासिक १९ हजार येन बढ्ने: जनशक्ति अभाव कम गर्न सरकारको ठूलो निर्णय

टोकियो, जापान सरकारले केयरगिभर (Kaigo - स्याहारसुसार) र अपाङ्गता भएका व्यक्तिहरूको कल्याणकारी क्षेत्रमा कार्यरत कर्मचारीहरूको तलबमा उल्लेख्य वृद्धि गर्ने नीति तय गरेको छ। जनशक्ति अभावको समस्या समाधान गर्न र अन्य उद्योग सरहको सेवा सुविधा बनाउन सरकारले तलब बढाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूले २२ तारिखमा दिएको जानकारी अनुसार, यो नयाँ तलब वृद्धि सन् २०२६ को जुन महिनादेखि लागू हुनेछ। मुख्य विशेषताहरू: तलब वृद्धि रकम: केयरगिभर (Elderly Care) र अपाङ्गता स्याहार केन्द्र (Disability Welfare) मा काम गर्ने कर्मचारीहरूको मासिक तलबमा अधिकतम १९,००० येन (करिब १७ हजार नेपाली… पुरा पढौ

जापानको ‘राकुतेन कार्ड’लाई ४ अर्ब २० करोड येन कर जरिवाना: उपभोग कर गणनामा त्रुटि भएको निष्कर्ष

टोकियो, जापान, जापानको अग्रणी क्रेडिट कार्ड कम्पनी 'राकुतेन कार्ड' (Rakuten Card) ले व्यवसाय सञ्चालनका लागि जुटाएको पुँजीमा लाग्ने उपभोग कर (Consumption Tax) सम्बन्धमा विवाद हुँदा कर कार्यालयले भारी रकम थप कर (Back Taxes) तिर्न निर्देशन दिएको छ। टोकियो क्षेत्रीय कर ब्युरो (Tokyo Regional Taxation Bureau) ले गरेको अनुसन्धानमा कर गणनामा त्रुटि भेटिएको भन्दै कम्पनीलाई करिब ४ अर्ब २० करोड येन (नेपाली रुपैयाँ करिब ३ अर्ब ८० करोड भन्दा बढी) थप कर तिर्न लगाएको हो। विवादको मुख्य कारण के हो? यो विवाद कम्पनीले बजारबाट… पुरा पढौ

जापानमा नागरिकता र PR को नियम कडा पारिँदै: अब कम्तिमा १० वर्ष बस्नुपर्ने, स्थायी बसोबासको लागि जापानी भाषाको प्रवीणता अनिवार्य

टोकियो (जापान) जापान सरकार र सत्तारुढ दलले विदेशी नागरिकहरूका लागि जापानी नागरिकता र स्थायी बसोबास (Permanent Residency) अनुमति प्राप्त गर्ने सर्तहरूमा व्यापक कडाइ गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री सानाए ताकाइचीको निर्देशनपछि छिट्टै यो नयाँ व्यवस्था लागू गर्ने गरी गृहकार्य अघि बढाइएको छ। १. नागरिकताका लागि ५ वर्षको सट्टा १० वर्ष बस्नुपर्ने हालको 'राष्ट्रियता ऐन' अनुसार जापानमा ५ वर्ष निरन्तर बसेका विदेशीले नागरिकताका लागि आवेदन दिन सक्थे। तर, नयाँ प्रस्ताव अनुसार अब 'सिद्धान्ततः १० वर्ष' बसेको हुनुपर्नेछ। मुख्य बुँदाहरू: कानुन संशोधन बिना… पुरा पढौ