जापान विशेष

एनआरएनए चिबाद्वारा निबन्ध लेखन प्रतियोगिता घोषणा: प्रथम पुरस्कार ७० हजार येन

टोकियो, जापान । गैरआवासीय नेपाली संघ (NRNA) जापान, चिबा क्षेत्रीय समितिले जापानमा रहेका नेपाली समुदायको सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले 'दोस्रो निबन्ध लेखन प्रतियोगिता २०२६' को घोषणा गरेको छ। नेपाली भाषा, साहित्यको प्रवर्द्धन र जापानको समसामयिक वस्तुस्थितिबारे वैचारिक मन्थन गर्ने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको शीर्षक र उद्देश्य यस वर्षको प्रतियोगिताका लागि “जापानको मोहः संघर्षको पहाड कि, सुनौलो भविष्य ?” शीर्षक तय गरिएको छ। कार्यक्रम संयोजक तथा एनआरएनए चिबाका उपसंयोजक मोहन कार्कीका अनुसार, यस विषयले जापानमा रहेका नेपालीहरूको भोगाइ, चुनौती… पुरा पढौ

दार्चुलाबाट फुकुओकासम्म:‘हाइ’ मात्रै बोल्ने दिनदेखि N1 सम्म, समुदायले बनायो भाषा सिकाइको सेतु

फुकुओका (जापान) – जापानको फुकुओका सहरको हिगाशी वार्डस्थित वाजिरो समुदाय केन्द्रमा हाल २३ वर्षीय नेपाली युवा थगुन्ना सिंह प्रकाश स्थानीय वृद्ध समुदायसँग घुलमिल हुँदै जापानी भाषा सिक्दै मात्र छैनन्, समुदायलाई नै नयाँ ऊर्जा दिन सफल भएका छन्। गत अक्टोबरको अन्त्यतिर आयोजित एक सामुदायिक जापानी भाषा कक्षामा प्रकाशले ‘म समुदाय केन्द्रमा जापानी भाषा खेल खेल्छु’ र ‘सबैसँग कुरा गर्न रमाइलो लाग्छ’ जस्ता काञ्जी प्रयोग भएका वाक्यहरू सहज रूपमा लेख्दै आत्मविश्वासका साथ प्रस्तुति दिएका थिए। जापान आएको जम्मा डेढ वर्षमै उनको जापानी… पुरा पढौ

लेखानी समाज जापानको चौथो अधिवेशन सम्पन्न, दीपक कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

जनहित न्यूज डेस्क टोकियो, जापान । जापानमा रहेका नेपालीहरूको अग्रणी सामाजिक–सांस्कृतिक संस्था लेखानी समाज जापानको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । टोकियोमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि दीपक कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संस्थाको एकता, नेपाली पहिचान र संस्थागत सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राख्दै अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । सर्वसम्मत रूपमा चयन भएको यस नयाँ कार्यसमितिले जापानमा रहेका लेखानीबासी नेपालीहरूको साझा भावनालाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरिएको छ । नयाँ कार्यसमिति विवरण अधिवेशनले पदाधिकारी तथा सदस्यहरूमा… पुरा पढौ

टोकियोमा जेब्रा क्रसिङमै कारको ठक्करबाट नेपाली विद्यार्थी प्रिती सुनारको निधन

टोकियो, जापान जापानको राजधानी टोकियोमा एक दुःखद सडक दुर्घटनामा परी अध्ययनका लागि जापान आएकी एक नेपाली चेलीको ज्यान गएको छ। कास्कीको पोखरा घर भई हाल टोकियोमा अध्ययनरत विद्यार्थी प्रिती सुनारको जापानी नागरिकले चलाएको कारको ठक्करबाट मृत्यु भएको हो। घटनाको विवरण दुर्घटना टोकियोको काचुशिका सिटी (Katsushika City) स्थित कामेअरी (Kameari) क्षेत्रमा भएको हो। डिसेम्बर २८ तारिख राति १०:२५ बजेको समयमा सडकको जेब्रा क्रसिङ (Zebra Crossing) बाट बाटो काटिरहेको अवस्थामा तीव्र गतिमा आएको कारले उनलाई ठक्कर दिएको थियो। कास्की पोखरा समाज जापानका अध्यक्ष कमल… पुरा पढौ

एनआरएनए नेतृत्वको दौड: अध्यक्षका प्रत्यासी डा. हेमराज शर्मा जापानमा, ४ तारिख विशेष अन्तरक्रिया

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरूको दौडधुप र चुनावी सरगर्मी बढेको छ। यसै क्रममा संघका वर्तमान उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका आकांक्षी डा. हेमराज शर्मा एक महिने एसियाली भ्रमणको सिलसिलामा बिहीबार बिहान जापान आइपुगेका छन्। संघभित्र एकताको सन्देश फैलाउने र जापानवासी नेपालीहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने उद्देश्यले उनी जापान आएका हुन्। जनवरी ४ मा 'मिट एण्ड ग्रिट' कार्यक्रम डा. शर्माको सम्मान तथा विचार विमर्शका लागि एनआरएनए राष्ट्रिय समन्वय परिषद (NCC) जापानले विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।… पुरा पढौ

जापानको शिगा प्रिफेक्चरमा १६ घण्टाभित्रै ११ पसलमा चोरी: मास्क लगाएका दुई व्यक्ति सीसीटीभीमा कैद

जापानको शिगा प्रिफेक्चरमा एकै रातमा श्रृंखलाबद्ध चोरीका घटनाहरू भएका छन्। करिब १६ घण्टाको छोटो अवधिमा १० वटा हेयर सलुन (कपाल काट्ने ठाउँ) र एउटा रेस्टुरेन्ट गरी कुल ११ वटा पसलमा चोरी भएको छ। शिगा प्रिफेक्चर प्रहरीका अनुसार यी पसलहरूबाट करिब १७ लाख जापानी येन (करिब १५ लाख नेपाली रुपैयाँ) नगद र एउटा तिजोरी (सेफ) चोरी भएको छ। घटनाको विवरण चोरीका यी घटनाहरू डिसेम्बर २९ तारिख साँझ ६:३५ बजेदेखि डिसेम्बर ३० तारिख बिहान १०:३० बजेको बीचमा भएका हुन्। अपराधीहरूले ओत्सु सिटी (Otsu), ताकाशिमा… पुरा पढौ

७५ वर्षको उमेरमा घाँटीमा ‘मोची’ अड्किएर निधन

जापानको आनामिजु नगर परिषद्का अध्यक्ष कोइजुमी काजुअकी (७५) को डिसेम्बर २८ का दिन आफ्नै घरमा मोची (चामलको केक) खाने क्रममा घाँटीमा अड्किएर निधन भएको छ। घटनाक्रम: डिसेम्बर २८ (दिउँसो): घरमा मोची खाँदै गर्दा उनको घाँटीमा अड्किएको थियो। उनलाई तुरुन्तै आकस्मिक उद्धार गरी अस्पताल लगिएको थियो। सोही दिन (बेलुका ४ बजे): उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरे। उनको मृत्युको कारण 'एक्युट कार्डियोपल्मोनरी फेलियर' (मुटु र फोक्सोको गति अचानक बन्द हुनु) रहेको बताइएको छ। लामो राजनीतिक यात्रा कोइजुमी आनामिजु नगर परिषद्का निकै पाका र अनुभवी राजनीतिज्ञ थिए।… पुरा पढौ

टोकियोमा ‘कस्केलीहरूको मिलन’: कास्की पोखरा समाज जापानको पहिलो बोनेनकाई सम्पन्न

जापानमा रहेका कस्केलीहरूको साझा संस्था कास्की पोखरा समाज, जापानले आफ्नो स्थापनापछिको पहिलो 'बोनेनकाई' (वर्ष अन्त्य गरिने उत्सव) कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। “बोनेनकाई विशेष साँझ : कस्केलीहरूको मिलन” शीर्षकमा आयोजित उक्त कार्यक्रम डिसेम्बर २८ (आइतबार) का दिन टोकियोको सिन्जुकुस्थित काठमाडौं लाउन्ज एन्ड बारमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। जापानी र नेपाली समुदायको उल्लेख्य सहभागिता कार्यक्रममा कास्की र पोखरासँग आत्मीय सम्बन्ध राख्ने जापानबासी नेपालीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रमको विशेष आकर्षणका रूपमा जापानी समुदायका विशिष्ट व्यक्तिहरूको समेत सहभागिता थियो। विशिष्ट… पुरा पढौ

‘बेहोसपछि होसमा आउँदा’ देखि ‘शिरमा शिरबन्दी’ सम्म: जापानमा नयाँ वर्ष तताउन शिव परियार र समीक्षा अधिकारी ओसाका आइपुगे

जापानमा रहेका नेपालीहरूले नयाँ वर्ष २०२६ को स्वागतसङ्गै चर्चित गीत 'बेहोसपछि होसमा आउँदा क्या दामी भो' र 'शिरमा शिरबन्दी' को तालमा रम्न पाउने भएका छन्। कुनै समय नेपाली संगीत आकाशमा एकछत्र राज गर्न सफल ‘बेहोसपछि होसमा आउँदा क्या दामी भो’ गीतमा डिसेम्बर ३१ देखि जनवरी २ तारिखसम्म जापानका विभिन्न शहरहरूमा प्रत्यक्ष सुन्न र यसैसँग रम्न पाइने भएको हो । त्यो मात्र हैन ' पछिल्लो समयको चर्चित गीत 'शिरमा शिरबन्दी’ पिउँदिन भन्दाभन्दै पिलायो साथीले, सुर्ती माड्दै माड्दै गीतमा पनि कम्मर मर्काई… पुरा पढौ

‘अर्गानिक कृषि’ र नाजीहरूको त्यो ‘कालो सम्बन्ध’: इतिहासले सिकाएको पाठ

नाजी (Nazis) र हिटलरको नाम सुन्नेबित्तिकै हाम्रो दिमागमा यहुदीहरूको नरसंहार, युद्ध र तानाशाही तस्बिर आउँछ। अर्कोतिर, 'अर्गानिक कृषि' (Organic Farming) सुन्दा हामीलाई प्रकृतिप्रेम, स्वास्थ्य र वातावरण संरक्षणको ‘लिबरल’ (उदार) तस्बिर याद आउँछ। तर, के तपाईँलाई थाहा छ? इतिहासको एउटा कालखण्डमा यी दुई विपरित ध्रुव मानिने विषयहरू एकठाउँमा जोडिएका थिए। क्योटो विश्वविद्यालयका प्राध्यापक तथा कृषि इतिहासकार फुजिहारा तात्सुसीले आफ्नो चर्चित पुस्तक ‘नाजी जर्मनीको अर्गानिक कृषि’मार्फत यो अनौठो र डरलाग्दो सम्बन्धलाई उजागर गरेका छन्। दोस्रो विश्वयुद्ध सकिएको ८० वर्ष पुग्नै लाग्दा, इतिहासको यो पाटोले… पुरा पढौ