जापान विशेष

जापानमा ‘तालिममूलक रोजगारी’ (育成就労) को कोटा निर्धारण: २ वर्षमा ४ लाख २६ हजार विदेशी ल्याइने

टोकियो, जापान । जापान सरकारले दशकौँ पुरानो 'प्राविधिक प्रशिक्षार्थी' (TITP) प्रणालीलाई खारेज गरी ल्याउन लागेको नयाँ "育成就労" (इकुसेई स्युरौ - तालिममूलक रोजगारी) प्रणालीको खाका र संख्यात्मक सीमा (कोटा) तय गरेको छ। बुधबार (जनवरी ७, २०२६) बसेको सरकारी विज्ञ समूहको १३ औँ बैठकले सन् २०२७ देखि सुरु हुने यस नयाँ प्रणालीको सञ्चालन नीति र विदेशी कामदारको कोटा सम्बन्धी प्रस्तावमा सहमति जनाएको हो। नयाँ प्रणालीका मुख्य विशेषता र संख्यात्मक लक्ष्य: १. कोटा निर्धारण: सन् २०२७ बाट सुरु हुने यस प्रणालीको पहिलो दुई वर्षमा ४ लाख २६ हजार विदेशी… पुरा पढौ

चीनको जापानमाथि ‘नाकाबन्दी’ मा कडाइ: रेअर अर्थ र ताइवान मुद्दाले बढायो कूटनीतिक दूरी

चीनले मङ्गलबारदेखि जापानतर्फ हुने निर्यातमा कडा नियन्त्रण (Export Controls) सुरु गरेको छ। विशेषगरी सैन्य र नागरिक दुवै प्रयोजनमा आउन सक्ने 'दोहोरो प्रयोग' (Dual-use) हुने वस्तुहरूको निर्यातमा चीनले गरेको कडाइले दुई देशबीचको कूटनीतिक सम्बन्धमा गम्भीर दरार उत्पन्न गराएको छ। बेइजिङको यो घोषणा लगत्तै जापान सरकारले यसलाई "अन्तर्राष्ट्रिय अभ्यास विपरीतको कदम" भन्दै कडा शब्दमा आपत्ति जनाएको छ। के हो 'रेअर अर्थ मेटल्स' को त्रास? चीनले कडाइ गरेको सूचीमा 'रेअर अर्थ मेटल्स' (दुर्लभ धातुहरू) पर्न सक्ने सम्भावनाले जापानको उच्च प्रविधि उद्योगमा त्रास फैलिएको… पुरा पढौ

टोकियोमा कीर्तिमानी मूल्यमा बिक्यो ‘ब्लूफिन टूना’: एउटै माछाको मूल्य ४६ करोड ३२ लाख !

टोकियो, जापान । जापानको राजधानी टोकियोस्थित विश्वप्रसिद्ध तोयुसु माछा बजारमा आज बिहान भएको नयाँ वर्षको पहिलो लिलामीमा एउटा 'ब्लूफिन टूना' माछा अहिलेसम्मकै सर्वाधिक मूल्यमा बिक्री भएको छ। कीर्तिमानी मूल्य र तौल बजारमा ल्याइएको २ सय ४३ किलोग्राम (Kg) तौल भएको उक्त विशाल ब्लूफिन टूना ३२ लाख अमेरिकी डलर(नेपाली विनिमय दर अनुसार करिब ४६ करोड ३२ लाख रुपैयाँ) मा बिक्री भएको हो। यो मूल्य माछाको इतिहासमै हालसम्मको सर्वाधिक मानिएको छ। को हुन् खरिदकर्ता? जापानी परिकार 'सुशी' का पारखीहरूमाझ लोकप्रिय चेन रेस्टुराँ 'सुशी जान्माई' सञ्चालन गर्ने कम्पनी कियोमुरा कर्पोरेसनले… पुरा पढौ

जापानबाट सन् २०२५ मा १२८ नेपाली डिपोर्ट: किन हुँदैछ यस्तो? जोगिनका लागि जान्नैपर्ने कानुनी प्रावधानहरू

नेपालीहरूको आकर्षक वैदेशिक गन्तव्यका रूपमा रहेको जापानबाट गत वर्ष (सन् २०२५) उल्लेख्य संख्यामा नेपालीहरू डिपोर्ट (देश निकाला) भएका छन्। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ मा मात्रै जापानबाट १२८ जना नेपाली डिपोर्ट भई नेपाल फर्किएका हुन्। सम्बन्धित मुलुकको नियम उल्लंघन गर्ने र गैरकानुनी रूपमा बस्नेहरूलाई जापान सरकारले पक्राउ गरी स्वदेश फिर्ता पठाएको विभागको विवरणले देखाउँछ। किन भए डिपोर्ट? यी हुन् मुख्य कारणहरू: अध्यागमन विभागका निर्देशक ढकालका अनुसार नेपालीहरू डिपोर्ट हुनुका पछाडि मुख्यतया चारवटा कारणहरू देखिएका छन्: ओभरस्टे (अनुमतिभन्दा बढी बसाइ): भिसाको अवधि… पुरा पढौ

टोकियोमा ‘राष्ट्रिय बहस’: प्रखर विश्लेषक सौरभसँग संवाद गर्दै कास्की पोखरा समाज

टोकियो, जापान । जापानमा क्रियाशील सामाजिक संस्था कास्की पोखरा समाज जापानले प्रवासी नेपालीहरूको भूमिका र समसामयिक राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहेर एक बृहत् बौद्धिक कार्यक्रम आयोजना गर्ने भएको छ। ‘प्रवासी भूमिमा: राष्ट्रिय बहस’ नाम दिइएको उक्त कार्यक्रममा नेपालका प्रखर चिन्तक एवं विश्लेषक सौरभ मुख्य वक्ताका रूपमा प्रस्तुत हुनेछन्। कार्यक्रमको विवरण र उद्देश्य आगामी जनवरी २५, २०२६ (आइतबार) दिउँसो २ बजे टोकियोको व्यस्त व्यापारिक केन्द्र शिन्जुकु क्षेत्रस्थित एक सभा हलमा यो बहस कार्यक्रम हुने आयोजकले जनाएको छ। नेपाली सार्वजनिक वृत्तमा तथ्यपरक र तार्किक विश्लेषणका लागि परिचित नाम हो— सौरभ।… पुरा पढौ

जापानमा गुञ्जियो ‘बेहोसपछि होसमा आउँदा’: गलकोट समाजको सांगीतिक श्रृंखलाले छायो नयाँ वर्षको रौनक

टोकियो, जापान । "बेहोसपछि होसमा आउँदा क्या दामी भो..." जब सुगम संगीतका नक्षत्र शिव परियारले टोकियोको हलमा यो गीतको आलाप लिए, तब दर्शकदीर्घामा रहेका सयौँ नेपालीहरूले एकै स्वरमा साथ दिए। नयाँ वर्ष २०२६ को स्वागतार्थ जापानका मुख्य शहरहरू ओसाका, नागोया र टोकियोमा आयोजना गरिएको ‘सांगीतिक श्रृंखला-२०२६’ केबल एउटा सांगीतिक कार्यक्रम मात्र रहेन, यो त प्रवासमा नेपालीपन, परोपकार र एकताको एउटा उत्सव बन्यो। सांगीतिक माहोल र कलाकारको जादु डिसेम्बर ३१ देखि जनवरी २ सम्म जापानका प्रमुख शहरहरूमा नेपाली संगीतका चर्चित हस्तीहरूले… पुरा पढौ

जापानको संसदमा महिला शौचालयको अभाव: प्रधानमन्त्री ताकाइचीसहित ५० भन्दा बढी सांसद आन्दोलित

टोकियो, जापान । जापानको इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री बनेकी सानाए ताकाइची र ५० भन्दा बढी महिला सांसदहरूले संसद भवनमा महिला शौचालयको संख्या बढाउन माग गर्दै अभियान सुरु गरेका छन्। संसदमा महिला प्रतिनिधित्व बढेसँगै शौचालय प्रयोगका लागि लामो समय कुर्नुपर्ने अवस्था आएपछि उनीहरूले यस्तो कदम चालेका हुन्। ७३ सांसदका लागि मात्र २ शौचालय गत डिसेम्बर १२ मा बुझाइएको निवेदन अनुसार, टोकियोस्थित शक्तिशाली तल्लो सदन (House of Representatives) मा रहेका ७३ जना महिला सांसदहरूका लागि हाल मुख्य सभा हल नजिकै मात्र दुईवटा शौचालयका… पुरा पढौ

निलुवा समाज चमुवा जापानको छैटौँ अधिवेशन सम्पन्न: अध्यक्षमा विष्णु सुवेदी निर्वाचित

टोकियो, जापान । बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ४ चमुवाबाट जापान आई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपालीहरूको साझा संस्था ‘निलुवा समाज चमुवा जापान’ को छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। डिसेम्बर ३१ का दिन टोकियोमा आयोजित अधिवेशनले आगामी कार्यकालका लागि विष्णु सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमिति र पदाधिकारीहरू निर्वाचन समिति संयोजक भोजेन्द्र सुवेदीका अनुसार अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। समितिको पदाधिकारीहरू यस प्रकार रहेका छन्: अध्यक्ष: विष्णु सुवेदी वरिष्ठ उपाध्यक्ष: जीआर सुवेदी उपाध्यक्षहरू: भूमिराज… पुरा पढौ

अर्घाखाँची समाज जापानको अध्यक्षमा टोपबहादुर घर्ती मगर र महासचिवमा जिसी निर्वाचित

इन्दिरा खनाल टोकियो, जापान । अर्घाखाँची समाज जापानको छैठौं अधिवेशन टोकियोमा भव्यताका साथ सम्पन्न भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर (जनवरी १) आयोजित अधिवेशनले टोपबहादुर घर्ती मगरको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नयाँ कार्यसमिति चयन निर्वाचन संयोजक बाबुराम पौडेलले घोषणा गरे अनुसार समाजको महासचिवमा अविनाश जी.सी. (G.C.) निर्वाचित हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिको विवरण यस प्रकार रहेको छ: अध्यक्ष: टोपबहादुर घर्ती मगर उपाध्यक्षहरू: संगीता थापा, अर्जुन आचार्य, इन्दिरा खनाल, गोविन्द बिष्ट र सरोज भुसाल महासचिव: अविनाश जी.सी. सचिवहरू: असीम खनाल, चन्द्र प्रकाश… पुरा पढौ

जापानमा नेपाली कलाकारको ऐतिहासिक सफलता: राम प्रसाद आचार्यको जोडीलाई ‘ओ–वान ग्राण्ड प्रिक्स’ को उपाधि र १० लाख येन पुरस्कार

ओकिनवा, जापान । जापानको ओकिनवामा स्थापित नेपाली हास्य कलाकार राम प्रसाद आचार्यले प्रतिष्ठित जापानी हास्य प्रतियोगिता ‘ओ–वान ग्राण्ड प्रिक्स २०२६’ (O-1 Grand Prix 2026) को उपाधि जितेका छन्। जापानको ओकिनवा टेलिभिजन (OTV) बाट नयाँ वर्षको अवसरमा प्रत्यक्ष प्रसारण भएको यस प्रतियोगितामा आचार्यको जोडी ‘मे–बा–कारी’ (めーばーカリ) ले प्रथम स्थान हासिल गरेको हो। दोस्रो पटक उपाधि र १० लाख येन पुरस्कार ओकिनवा क्षेत्रकै सर्वाधिक लोकप्रिय मानिने यस रियालिटी शोमा आचार्यले उपाधि जितेको यो दोस्रो पटक हो। उपाधिसँगै उनको जोडीले १० लाख जापानी येन… पुरा पढौ