स्वास्थ्य

कोभिड – १९ को उत्पत्ति र विज्ञानमा आधारित खोज

जटिल काम तत्काललाई छोडेर अघि बढ्नु सबै पेशाकर्मीको स्वाभाविक कर्म हो । तथापि, संरा अमेरिकाका केही राजनीतिक नेता र सञ्चारमाध्यमले कोभिड–१९ को उत्पत्तिबारे अनुसन्धानमा गाडीको सबभन्दा पछाडि बसेको चालकको जस्तो व्यवहार देखाइरहेका छन् । कोभिड–१९ को उत्पत्ति गम्भीर र जटिल विज्ञानसँग सम्बन्धित विषय हो । संरा अमेरिकी नेता र सञ्चारमाध्यमहरूको यस्तो व्यवहारले राजनीतिक पूर्वाग्रह पालेर यो अनुसन्धानमा भाँजो हाल्न खोजिरहेका छन् । साथै राजनीतिक जालसाजीको लागि झुटा कुराले तथ्यलाई बङ्ग्याउन खोजिरहेका छन् ।संरा अमेरिका एउटा वैज्ञानिक शक्ति हो । तर, ऊ… पुरा पढौ

कोरोनाबाट नागरिकको जीवनरक्षा गर्न माग राखी उच्च अदालतमा रिट

बागलुङ/ बागलुङमा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहे पनि नियन्त्रणमा खटिनुपर्ने निकायहरूले बेवास्ता गरेको भन्दै सरोकारवालाहरू न्यायालय पुगेका छन् । महामारीबाट नागरिकको जीवनरक्षाको माग राखी उनीहरूले बिहीबार उच्च अदालत पोखराको बागलुङ इजलासमा संयुक्त रिट दायर गरेका हुन् । रिट दिनेमा नेपाल बार एसोसियसन उच्च बार एकाइ बागलुङका पूर्वअध्यक्ष तथा अधिवक्ता राम शर्मा, नयाँ विश्व डटकमका सम्पादकमुकेशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेल तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ( संकल्प ) गण्डकी प्रदेशकी अध्यक्ष सावित्री… पुरा पढौ

कोभ्याक्स कार्यक्रमका लागि जापानले ८ सय मिलियन सहयाेग गर्ने

जापान – जापान सरकारले कोभ्याक्स कार्यक्रमका लागि थप ८ सय मिलियन डलर सहयोग दिने भएको छ । कोरोना भाइरस विरुद्धको खोप गरिब राष्ट्रहरुमा पनि उपलब्ध गराउने कार्यक्रमलाई जापानले थप आर्थिक सहयोग गर्ने भएको हो ।जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभ्याक्स कार्यक्रमका लागि आफ्नो राष्ट्रले थप ८ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेका जापानी पत्रिका माइनिचीलाई उधृत गर्दै अलजजिराले लेखेको छ । जापानले यसअघि नै कोभ्याक्स कार्यक्रमका लागि २ सय मिलियन डलर सहयोग घोषणा गरेकामा अब ८ सय मिलियन डलर थप… पुरा पढौ

कोरोना नियन्त्रण तथा व्यवस्थापनमा गलकोट नगरपालिकाको भूमिका

लकडाउनको सुरुवातको समयमा प्रहरी प्रशासन, उद्योगी, व्यावसायी तथा सामाजिक संघ सस्थाहरुको समन्वयमा सचेतनाका कार्यक्रम संचालन गरेको नगरपालिकाले गलकोट नगर संकट ब्यबस्थापन समितिको गठन गरि प्रभाबकारी रुपमा काम संचालन गरेको नगरपालिको स्थानीयको सहयोगमा गलकोट नगरपालिकाको दुदिलाभाटी क्वारेन्टाई निर्माण, समुदाय स्तरमा कोरोना संक्रमण फैलिन बाट रोक्न, वडा तहमा क्वारेन्टाईन निर्माण, स्वास्थ्य स्वयम सेबिकाको परिचालन गरि भारत लगायत तेस्रो मुलुकबाट भित्रिने नागरिकहरुको पहिचान जस्ता क्रियाकलाप संचालन गरेको थियो । हरिचौरमा स्थानपना गरिएको ११ शैयाको अस्थायी कोभिड अस्पताल गलकोट क्षेत्रबाहिरबाट आउने नागरिकको चाप अनुसार… पुरा पढौ

कोरोनाको नयाँ भेरियन्ट नेपालमा भेटियो नाम ‘डेल्टा’

विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ । भारतमै फेला परेका(B.1.617.2) र (B.1.617.1) भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ । त्यसैले  नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक… पुरा पढौ

स्वर्गभूमिले दियो तमानखोलालाई स्वास्थ्य सामग्री

तमानखोला गाउँपालिकालाई स्वर्गभूमि फाउण्डेसन गलकोटले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ नियन्त्रण तथा उपचारमा सहयोग होस् भन्ने उद्देश्यले तमानखोला गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण स्वर्गभुमि फाउण्डेसनले जनाएको छ ।  फाउण्डेसनले तमानखोला गाउँपालिकालाई ३ लाख वरावरको स्वास्थ्य सामाग्री प्रदान गरिएको फाउण्डेसनका अध्यक्ष भुपिन्द्र खत्रीले जानकारी दिनुभयो । स्वर्गभुमि  फाऊन्डेशनले ५ थान अक्सिजन सिलिण्डर सहित बिभिन्न १५ प्रकारका स्वास्थ्य उपकरण र औषधि सहित करिब ३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सोमवार एक… पुरा पढौ

कोरोना लाग्यो ? यी खानेकुरा खानुस्, रोगसँग लड्ने शक्ति मिल्छ

काेराेना भाइरसकाे संक्रमण बेगले फैलिरहेकाे छ । अहिले अस्पतालहरू संक्रमितले भरिभराउ छन् । गत वर्षकाे तुलनामा मृत्युदर पनि बढी देखिएकाे छ । यस्ताे अवस्थामा काेराेना लागिहाल्याे भने के खाने, कति खाने, केका लागि खाने ? यसबारे जानकारी राख्दा फाइदाजनक हुन्छ । घरमै बसेर डाक्टरले भनेअनुसार खानपिनमा ध्यान दिइयाे भने सम्भावित हानिबाट बच्न सकिन्छ ।  डाक्टरहरू भन्छन्, 'कोरोना निको हुने कुरा व्यक्ति स्वयम्‌मा भर पर्छ । त्यसैले खानपान र जीवनशैलीमा परिवर्तन आवश्यक छ । जोसँग राेग प्रतिराेधात्मक क्षमता (इम्युनिटी पावर) धेरै छ, उसले रोगसँग सजिलै… पुरा पढौ

१४ दिनपछि पीसीआर गर्नै पर्दैन, नौ दिनपछि भाइरस सर्दैन

नयाँ बानेश्वरकी सोनम शाहीलाई १८ दिनअघि कोरोना संक्रमण देखिएको थियो । कोरोना भाइरस निको भए/नभएको हेर्न उनले १८औँ दिनका दिन पुन : परीक्षण गराइन्  । तर, उनलाई सिटी भ्यालु ७ सहित फेरि पोजिटिभ देखियो । ‘१८ दिन होम आइसोलेसनमा बसेपछि पुनः परीक्षण गर्दा फेरि पोजिटिभ देखियो,’ उनले भनिन्, ‘थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, पखाला लाग्ने लक्षण पनि थियो ।’  अहिले मात्र होइन । सुरुको चरणमा पनि दोहोर्‍याएर परीक्षण गर्दा संक्रमितमा पोजिटिभ देखिएको थियो । नेपालको दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीलाई १४… पुरा पढौ

भ्याक्सिन लगाएपछि रक्सी खानु हुन्छ कि हुँदैन?

एक वर्षसम्म अनिश्चयको अवधि पार गरेपछि अब धमाधम कोभिड भ्याक्सिनको समय सुरु भएको छ। मानिसहरु भ्याक्सिन लगाइसकेपछि अब केको डर भन्दै उत्सव मनाउने मुडमा पनि पुग्न सक्छन्। यस्तोमा केही मानिसले सिंगो बोतल नै रित्याएर शरीरले भर्खरै प्राप्त गरेको नयाँ प्रतिरोधी क्षमताको परीक्षण गर्न पनि खोजिदेलान्। तर, के मदिराले रोग प्रतिरोधात्मक क्षमताको प्रभावकारितामा केही असर गर्छ? यसको छोटो उत्तर हो, तपाईँ कति मात्रामा पिउनु हुन्छ? अहिलेसम्म एक वा दुइ पेगसम्म पिउँदा मदिराले मानिसको शरीरभित्र रोग प्रतिरोधी क्षमताको प्रभाव घटाएको कुनै उदाहरण… पुरा पढौ

आमाको दूधबाट कोरोना भाइरस सर्दैन : डा.मिश्र

कोरोनाले गर्भवती महिलामा धेरै असर गरेको प्रसूति गृह थापाथालीका निर्देशक डा.संगिता कौशल मिश्रले बताउनु भएको छ । कोरोनाको दोश्रो लहरमा विश्वभर गर्भवती सुत्केरी महिलामा संक्रमणको दर एकदमै उच्च देखिएकोले हाल नेपालमा पनि संक्रमणको दर अत्याधिक बढेको र त्योसँगै सुत्केरी गर्भवतीमा उच्च देखिएको उहाँले बताउनु भएको हो ।  https://www.youtube.com/embed/9E4TXLDGuxs यदि गर्भवती महिलामा कोरोनाको संक्रमण भएमा समान्य अवस्थाको जस्तै गरी उपचार गर्न सकिने निर्देशक डा.मिश्रले भन्नुभयो, “ गर्भवती महिलामा इन्फेक्सन बढ्यो निमोनिया भयो वा उहाँको अवस्था धेरै नै सिकिस्त हुने भएमा सबभन्दा… पुरा पढौ