कोरोना नियन्त्रण तथा व्यवस्थापनमा गलकोट नगरपालिकाको भूमिका

-


     जनहित न्युज    
     जेठ १९ गते २०७८


लकडाउनको सुरुवातको समयमा प्रहरी प्रशासन, उद्योगी, व्यावसायी तथा सामाजिक संघ सस्थाहरुको समन्वयमा सचेतनाका कार्यक्रम संचालन गरेको नगरपालिकाले गलकोट नगर संकट ब्यबस्थापन समितिको गठन गरि प्रभाबकारी रुपमा काम संचालन गरेको नगरपालिको स्थानीयको सहयोगमा गलकोट नगरपालिकाको दुदिलाभाटी क्वारेन्टाई निर्माण, समुदाय स्तरमा कोरोना संक्रमण फैलिन बाट रोक्न, वडा तहमा क्वारेन्टाईन निर्माण, स्वास्थ्य स्वयम सेबिकाको परिचालन गरि भारत लगायत तेस्रो मुलुकबाट भित्रिने नागरिकहरुको पहिचान जस्ता क्रियाकलाप संचालन गरेको थियो ।

हरिचौरमा स्थानपना गरिएको ११ शैयाको अस्थायी कोभिड अस्पताल

गलकोट क्षेत्रबाहिरबाट आउने नागरिकको चाप अनुसार क्वारेन्टाईनमा रहेका नागरिकको आरडिटि तथा पिसिआर परिक्षणको ब्यबस्था मिलाएको गलकोट नगरपालिकाले गलकोटको नरेठाँटिमा प्रि आईसोलेशन निर्माण गरि संक्रमितको उपचारमा निरन्तर काम गरेको भन्दै जनस्तरबाट प्रसंसा समेत भएको थियो ।
कोरोनाको जोखिम बढेसंगैं नागरिकको उपचारको लागि गलकोटमा बिभिन्न बित्तिय सस्था, सहकारीहरु सामाजिक संघ सस्था, बिभिन्न ब्यक्ती, कर्मचारीहरुले नगरपालिकाको बिपत कोषमा सहयोग गरि स्वास्थ्य उपचारमा आफ्नो सहभागिता जनाएको गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुलबहादुर बिकले बताउनुभयो ।
सुरुवातको समयमा सामान्य कोरोना संक्रमीतको पहिचान भएमा कन्ट्याक टेसिङ गर्ने जस्ता काममा ध्यान दिएको नगरपाकिलकाले रोजगारि गुमाएको भन्दै करिब ३० लाख बढिको खाद्यान्य सामाग्री बिपत प्रभाबितको घरघरमै राहत उपलब्ध गराएको बिकले बताउनुभयो । गलकोट नगरपालिकाले गत आर्थिक वर्षमा स्थानीय १ हजार ७ सय ८६ जनाको पिसिआर परिक्षणमा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सुरुवातको अवस्थामा धौलागिरी अस्पतालमा आईसोलेट गरेपनि ९० प्रतिशत संक्रमितलाई आईसोलेसनमा राखी उपचार गरिएको थियो ।

बस्ती बस्तीमा संकास्ष्द ब्यक्तीको कोरोना परिक्षण गदैं नगरका स्वास्थ्यकर्मी

बिस्तारै कोरोनाको प्रभाब कमी भएपछि सक्रमण मुक्त भएको गलकोट नगरपालिकामा गत बैशाखमा कोरोनाको दोस्रो भेरियन्टबाट भने नगरप्रमुख उपप्रमुखसहित कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकालाई महामरी नियन्त्रमा थप चुनौति देखा परेको स्वास्थ्य शाखा प्रमुख मिरा शर्माले जानकारी दिनुभयो । गलकोट नगरपालिकाको पहलमा गलकोटको हरिचौरमा ११ शैयाको कोरोना अस्थायी अस्पतालको निमाण गरि उपचारमा प्रतिबद्द भएको गलकोट नगरपालिकाले बैशाख महिनापछि मात्रै करिब ६ सय ५६ जनाको पिसिआर परिक्षण गरिएको छ । भने २ सय ३ जनामा एन्टिजेन परिक्षण गरिएको थियो । जसमध्ये ३ सय २० जनामा पोजेटिभ देखिएको थियो ।
अस्थायी कोरोना अस्पतालमा हाल सम्म मा ६६ जना बिरामीहरुले उपचार गरिएकोे र जटिल स्थिति रहेका ११ जना बिरामी हरुलाइ रिफर गरिएको कोरोना अस्थाई अस्पतालका प्रमुख डाक्टर निक्सन डंगोलले जानकारी दिनुभयो ।
गत आर्थिक बर्षमा क्वारेन्टाईन, प्रिआईसोलेशन, राहात, स्वास्थ्य सामाग्री सहित करिब १ करोड ५० लाख बढि खर्च भएको सार्वजनिक गरेको नगरपालिकाले चालु आर्थिक बर्षमा भुक्तानी गरेको गलकोट नगरपालिकाले जनाएको छ ।
यस बर्ष संक्रमितको चाप बढ्यो, उपचारको लागी अक्सिजन लगाएतका सामाग्रीको आवश्यकताले गलकोट नगरपालिकाले ब्यबस्थापन नगरेको आलोचनाका बिच नगरपालिकाले अक्सिजन सहितको अस्थाई कोरोना अस्पताल निमार्ण गरि उपचारमा जुटेको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको भनाई छ । नगरपालिकाले स्थापना गरेको अस्थाई अस्पतालमा बिभिन्न ब्यक्ती तथा सामाजिक संघ सस्थाले स्वासथ्य सामाग्री सहयोग गरेका छन् ।नगरप्रमुख गैरेले भन्नुभयो, कोरोनाको उपचारमा स्थानीय सरकारले सक्दो सबै प्रयास गर्ने तयारीमा छ ।
नगरपालिकाको क्षमता अनुसारको उपचार सेवालाई सरल बनाउने गरि जनशक्तीको परिचालन गरेको बताउदैं नगरप्रमुख गैरेले आर्थिक अभाबका कारण नगरबासीको उपचारमा समस्या श्रृजना हुन नदिने बिश्वास ब्यक्त गर्नुभयो ।
नगरप्रमुख गैरेले महामारीमा अग्रपङ्तिमा खटीने स्वास्थ्यकर्मी, सहयोगी व्यक्ति, सस्था तथा जनप्रतिनिधिको सक्रियताको आधारमा कोरोना नियन्त्रणमा सहयोग भैरहेको बताउनुभयो ।
नागरिकको साथमा सरकार रहेको र नागरिकले नगरपालिकालाई अभिभाबकको रुपमा ग्रहण गरेकोले स्थानीयको सुखदुखमा सहकार्य, सहयोग गर्न नगरपालिकालाई सहज भएको गैरेको भनाई छ ।
बैशाखमा नागरिकलाई सचेत बनाउदा बनाउदैं गरिएका विवाह लगायतका कार्यक्रमका कारण कोरोनाको जोखिम बढेको थियो नगरप्रमुख गैरेले भन्नुभयो बिस्तारै नियन्त्रणतर्फ आएको छ । नागरिकको स्वास्थ्य परिक्षणमा नगरपालिका संवेदनशिल बनेको अनुभुति गराउने गरि काम भैरहेको उहाँको भनाई छ ।

नगरप्रमुख कोरोना संक्रमण मुक्त भएपछि भौतिक दुरी कायम गरि सम्पन्न संकट ब्यबस्थापन समितिको बैठक

कोरोना लागेको भन्दै समुदायमा हुने सबै नकारात्मक क्रियाकलाप रोक्न र सचेत बन्दै साबधानी अपनाउन नगर उपप्रमुख रेनुका काउचा बस्ती बस्तीमा पुग्नुभएको छ ।
नगर उपप्रमुख काउचा आफैलाई संक्रमण पुष्टि भएकोले कोरोना जित्न आत्मबल बृद्धि गर्नुपर्ने र स्वास्थ्यको बिशेष ख्याल गर्नुपर्ने आफ्नो अनुभुति अनुसार पराशर्ममा ब्यस्त बन्नुभएको हो । हामीमा आत्मबल र साबधानीको अभाबका कारण रोगको जोखिम हुने भएकोले आत्मबल बृद्धि गर्ने, झोलिलो र पोषिलो खाना खाने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दा कोरोना जित्न सकिन्छ, काउचाले भन्नुभयो, मनमा चिन्ताले र हेलचक्राई गर्ने गरेमा कोरोनाले जित्न भन्दै सर्तकताको अपनाउन सबैलाई आग्रह गर्नुभयो । नगर उपप्रमुख काउचाले स्वास्थ्यकर्मीसहित गलकोटका होम आईसोलेशन र सस्थागत आईसोलेशमा रहेका नागरिकलाई भेटघाट तथा परामर्श गर्दा संक्रमितले कोरोना जित्ने बिश्वासका साथ उत्साहित रहेको प्रतिक्रिया दिने गरेको स्वास्थ्यकर्मी शोभा काउचाको भनाई छ ।
गलकोट नगरपालिकाले उपचारमा सहजिकरणको लागी गलकोट नगरपालिकाले नगर क्षेत्रभित्र होम आईसोलेशनमा रहेका संक्रमित बिरामी र जोखिमका बिच रहनुभएका नागरिकहरुको स्वाब परिक्षण गर्न गाँउ बस्तीदेखी अस्पतालसम्म ल्याई परिक्षण गर्ने तथा थप समस्या भएमा गलकोटदेखी धौलागिरी अस्पतालसम्मको लागि निशुल्क एम्बुलेन्स समेत ब्यवस्था गरेको छ ।
गलकोट नगरपालिकाले चालु आर्थिक बर्षमा कोरोना भाईरसको उपचार तथा रोकथामको लागी ५९ लाख खर्च गरेको छ । जसमा गलकोट नगरपालिकाले ३५ लाख, संघीय सरकार अनुदान १० लाख र गण्डकी सरकार ५ लाख ७५ हजार गरि गतबर्ष बाँकी रहेको कोरोना कोषबाट खर्च गरिएको गलकोट नगरपालिकाका लेखापाल लक्ष्मण कडेँलले जानकारी दिनुभयो ।

होम आईसोलेशनमा रहेका संक्रमितलाई मनोपरामर्श गदैं उपप्रमुख काउचा सहित वास्थ्यकर्मीको टोली

बैशाखदेखि जारी भएको निशेधाज्ञाको अवधीमा नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउन भन्दै स्वर्गभूमि फाण्डेशन, गलकोट समाज जापान गलकोट समाज युेके, गलकोट घुम्टे बिकास मन्च, बागलुङ गलकोट महिला समूह काठमाण्डौं, गलकोट समाज आस्ट्रेलिया, बागलुङ सेवा समाज क्यानडा, निलुवा समाज चमुवा जापान, केके सेवा, नेपाल गाजा डेभलभमेन्ट फाउण्डेशन, फेयरमेट नेपाल, शिवज्योति क्लब, देव छाया फाउण्डेशन, जापानमा कार्यरत गलकोटबासी, गलकोट उद्योग बाणिज्य संघ, गलकोट कला प्रतिष्ठान र मन्जेश बम मल्ल हेमन्त भण्डारी, योगेश भण्डारी अर्जुन भण्डारी अर्जुन बम मल्ल, केहरसिंह खत्री, नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुवर, लगाएतले अक्सीजन सिलिण्डर,अक्सीजन कन्सन्टेटर स्वाभ कलेक्सनको लागि भिटिएम किट, अक्सीमिटर लगाएतका बिभिन्न प्रकारका औषधी सहित स्वास्थ्य सामाग्री सहयोग गरेको गलकोट नगरपालिका वडा नम्वर ५ का अध्यक्ष तथा गलकोट नगर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष नारायणध्वज मल्लले जानकारी दिनुभयो ।
गलकोटबासीको सहकार्यमा नगरबासीको उपचार सहज बनाउदैं छिट्टै गलकोट नगरपालिकालाई कोरोना संक्रमण मुक्त नगरपालिका बनाउने नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य सामाग्री ग्रहण गदैं नगरप्रमुख भरत शर्मा गैरे र उपप्रमुख रेनुका काउचा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?