स्वास्थ्य

संक्रमणको प्रतिरोधमा ज्वरोको महत्त्व र उपयुक्त खानपान

Humanity has three great enemies; fever, famine and war; of these by far the greatest, by far the most terrible, is fever.– Sir William Osler आधुनिक सामान्य चिकित्सा (Internal Medicine ) विधाका पिता विलियम ओस्लरले ज्वर (ज्वरो) लाई मानवका तीन ठूला शत्रु ज्वर , अनिकाल र युद्धमध्ये सबैभन्दा ठूलो शत्रु बताएका छन्। पूर्वीय सभ्यताका धार्मिक ग्रन्थ अथर्ववेद, महाभारत, पुराणमा समेत ज्वरोको चर्चा गरिएको पाइन्छ। ज्वरो भगवान शिवको क्रोधबाट उत्पन्न भएको भनेर ज्वरोको पीडा बुझाउने प्रतीकात्मक सिद्धान्त पनि पाइन्छ। पूर्वीय चिकित्सा… पुरा पढौ

धाैलागिरि अस्पताललाई अक्सिजन सिलिन्डर र नगद सहयोग

बागलुङ / काेराेना भाइरस काेभिड १९ काे दाेस्राे भेरिएन्ट फैलिएपछि बागलुङ जिल्लामा काेराेना संक्रमित बिरामी ह्वात्तै बढेर गएपछि अक्सिजनकाे अभाव हुदै गइरहेको छ ।धाैलागिरि अस्पतालमा अक्सिजनकाे अभाव भएकाे भन्दै अस्पताल लाई सहयोग गर्ने क्रम बढेर गएको छ ।अस्पतालमा आउने बिरामीको लागि सहयोग गर्ने उदेश्यले अक्सिजन सिलिन्डर र नगद सहयोग गर्ने क्रम समेत बढेर गएको छ । धाैलागिरि अस्पताल बागलुङमा एक कार्यक्रम गरि नेपालीले अक्सिजन सिलिन्डर सहयोग गरेको यसले अस्पतालमा आउने बिरामी लाई उपचारमा सघाउ पुर्‍याउने अस्पताल ब्यबस्थापन समितिका सदस्य शालिकराम… पुरा पढौ

कोरोनासँगै कालोढुसीको आँखामा सङ्क्रमण देखिन थालेको छ, सजग हुनुपर्छ

नयाँ भेरियन्टको कोरोनाभाइरस (कोभिड–१९) भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतनाक कालो ढुसीको सङ्क्रमण नेपालमा पनि देखा पर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिन पहिले नेपालमा पनि फाट्टफुट्ट न्यूकोर्माइकोसिस देखिएको बताउनुभएको छ ।काठमाडौं र सीमावर्ती शहर वीरगञ्जका कोरोना सङ्क्रमित बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ । छिमेकी मुलुक भारतका विभिन्न शहरका कोभिड बिरामीमा त्यो सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो ।न्यूकोर्माइकोसिस कस्तो रोग… पुरा पढौ

अक्सिजन प्लान्ट बनाउन धाैलागिरि अस्पताललाई ३ करोड

बागलुङ/ धाैलागिरि अस्पताल बागलुङमा काेराेनाका बिरामी बढेपछि उपचारमा समस्या भएको खबर संचार माध्यम बाट पटकपटक प्रशारण भएपछि सरकारले ३ करोड रूपैयाँ पठाउने निर्णय गरेको छ । सरकारले अक्सिजन प्लान्ट ,भेन्टिलेटर ,लगायत तत्काल चाहिने स्वास्थ्य उपकरण खरिद गर्नकाे लागि ३ करोड बजेट आएपछि अहिले भइरहेको असहज परिस्थिति सहज हुने देखिन्छ । गण्डकी प्रदेशको पहिलो काेराेना अस्पताल धाैलागिरि अस्पताल बागलुङकाे स्वास्थ्य स्तर बृद्वि गर्न सरकारले ३ करोड बजेट छुट्टाएकाे छ । बागलुङ जिल्लामा काेराेना भाइरस काेभिड १९ काे नयाँ भेरिएन्ट समुदायस्तरमा फैलिएपछि… पुरा पढौ

सर्वोच्चले सोध्यो : अध्यादेशबाट संवैधानिक निकायमा सिफारिस किन ?

विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। न्यायाधीश मिरा खड्काको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै १७ जेठमा अर्को पेशी तोकेको छ। सो दिन दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । सरकारले हालै दोस्रोपटक अध्यादेश जारी गर्दै विभिन्न संवैधानिक निकायका नियुक्तिका लागि सिफारिस गरेको थियो। अध्यादेशबाट नियुक्ति गैरसंवैधानिक भउको दाबी गर्दै पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए। सर्वोच्चले यसरी सिफारिस गरिनुको कारण पेश गर्न प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, संवैधानिक… पुरा पढौ

गण्डकीको मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषदमा दीपक मनाङेसहित ५ जना मन्त्री थपिए । प्रदेश प्रमुख सीता पौडेलबाट बुधबारै किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा सपथ लिए । १० दिन मन्त्री भएर पदमुक्त बनेका मनाङे बुधबारको शपथ समारोहमा उपस्थित भएनन् । बस्नेत अघिल्लो कार्यकालमा भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकास मन्त्री थिए । पृथ्वीसुब्बा गुरुङ वैशाख २९ गते… पुरा पढौ

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा गोदार

दीपकबहादुर गोदार पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष बनेका छन् । साढे २ दशकदेखि खेलकुद क्षेत्रमा क्रियाशील गोदारलाई बुधबार अध्यक्षमा मनोनयन गरिएको हो । उनको कार्यकाल तीन वर्षको हुनेछ । क्योकुशिन कराँतेबाट खेलकुद करियर शुरु गरेको गोदार अहिले मुआथाई किक बक्सिङका नेपालका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा नेपाली खेलाडीले मकाउ, थाईल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा उत्रिसकेका छन् । उनले आफैंले पोखरा रंगशालाभित्र कराँते तथा मुआथाईको प्रशिक्षक गराउँदै आएका छन् । गोदार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका… पुरा पढौ

प्रधानमन्त्रीले मिचे निर्वाचन आचारसंहिता

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेद्‌वारलाई मत मागेका छन् । निर्वाचन आयोगका अनुसार जेठ ६ गते बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि शुरु भएको छ । ओलीले बुधबार विज्ञप्ति निकालेर एमालेका उम्मेद्‌वार रामबहादुर थापालाई मत मागेका थिए । प्रधानमन्त्रीले आचारसंहिता मिचेपछि निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ। ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिता विपरीत व्यक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा… पुरा पढौ