गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मन्त्रिपरिषदमा दीपक मनाङेसहित ५ जना मन्त्री थपिए । प्रदेश प्रमुख सीता पौडेलबाट बुधबारै किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा सपथ लिए ।
१० दिन मन्त्री भएर पदमुक्त बनेका मनाङे बुधबारको शपथ समारोहमा उपस्थित भएनन् । बस्नेत अघिल्लो कार्यकालमा भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकास मन्त्री थिए ।
पृथ्वीसुब्बा गुरुङ वैशाख २९ गते फेरि ठूलो दलका नेताको रुपमा मुख्यमन्त्री बनेका थिए । ठूलो दलको नेताका रुपमा सत्तारोहण गरेका मुख्यमन्त्रीले मन्त्रालय बढाएर १० पु¥याउने स्रोतको बनाइ छ । संसदमा विश्वासको मत पु¥याउने अंकगणित मिलाउने गरी मन्त्रिपरिषद् विस्तार हुन सक्ने देखिन्छ ।