स्वास्थ्य

जापानले आपतकालीन अवस्थालाई कडाइ गर्ने,सहयोग गरिदिन प्रधानमन्त्री सुगाको आग्रह

जापान सरकारले टोकियो सहित अन्य प्रान्तहरूमा चौथो पटक कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण देशव्यापी निरन्तर वृद्धि हुने क्रम नरोकिएकोले महामारी नियन्त्रणका लागि आपतकालिन अवस्थालाई थप गरेको छ ।सरकारी अधिकारीहरूका अनुसार क्योटो फुकुओका सहित ७ प्रान्तमा यहि शुक्रवारदेखि सघन र अर्ध आपातकालीन अवस्था र अन्य ६ देखि १६ वटा प्रान्तमा समेत सोही प्रकारको आपतकालिन अवस्था थप गरेको जनाएको छ ।दुबै आपतकालिन अवस्था उपाय सेप्टेम्बर १२ सम्म जारी रहने छ ।आपतकालिन जारी रहेका प्रान्तका अधिकारीहरुले रेष्टुरेन्ट र बारहरूमा रक्सी बिक्री वितरण गर्न,पिउन… पुरा पढौ

जर्मनीमा कोभिड खोप भनेर एक नर्सले आठ हजार जनालाई नुनपानी लगाइदिएको खुलासा

जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड–१९ विरुद्धको खोपको साटो स्लाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले आठ हजार भन्दा बढी मानिसलाई खोप दोहोर्याउन आग्रह गरेका छन् । नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घटनाबारे सार्वजनिक हुँदा गत मार्च र अप्रिलमा खोप लगाएका छ जनालाई मात्र नुन पानी दिइएको विश्वास गरिएको थियो । गत अप्रिलमा आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी थिइन्। । तर प्रहरी अनुसन्धानले उनले… पुरा पढौ

बागलुङमा निषेधाज्ञा उल्लंघन गर्ने बढेपछि कडाइ, पक्राऊ समेत गर्न थालियो

बागलुङ जिल्लामा काेराेना भाइरस काेभिड १९ काे संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाको उल्लंघन गरि बिना काम सडकमा हिँडडुल गर्ने करिब २५ जनालाई सम्झाई बुझाई गरि छाडिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बागलुङ बजारको लोकतानित्रक चोकमा केही समय सम्झाई बुझाई गरि छाडिएको प्रहरी प्रमुख कृष्ण बहादुर पल्ली मगरले बताए । बिनाकाम, बिना मास्क हिँडेका उनीहरुलाई प्रहरी टोलीले केही समय होल्डिङ गरेर राखेको थियो । आगामी दिनमा त्यस्तो कार्य नदोहोर्याउन अनुरोध गर्दै उनीहरुलाई छाडिएको… पुरा पढौ

जापानबाट पाँचलाख खाेप आइपुग्यो, तीन लाख भोलि ल्याइँदै

काठमाडौं- जापानले बनाएकाे कोरोनाविरुद्धको अष्ट्राजेनिका खोप शनिबार काठमाडौं आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चारणमा पाँच लाख १३ हजार ४२० डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले जानकारी दिए । कतार एयरलाइन्सको जहाजबाट शनिबार विहान खोप लिएर काठमाडौं आइपुगेको उनले बताए । उनका अनुसार आइतबार थप दुई लाख ८७ हजार जोड खोप आउनेछ । शनिबार र आइतबार गरेर आठ लाख खोप आइपुग्ने उनलर् बताए । बाँकी आठ लाख खोप… पुरा पढौ

वैदेशिक रोजगारीले बढ्दो दूरी : सन्तानका लागि शारीरिक सम्पर्कको विकल्प खोज्दै दम्पती

‘यो मेरो बच्चा हुँदै होइन, एकपटक डीएनए टेस्ट गरौँ ।’ श्रीमान्‌‌को मुखबाट यस्ता शब्द निस्केलान् भन्‍ने उनले सोचेकी पनि थिइनन् । श्रीमान्‌‌को शंका र समाजको लाञ्छनाले काठमाडौँ, कुलेश्वरकी अनामिकालाई डिप्रेसनमै पुर्‍यायो । बिहे गरेको दुई महिनापछि नै अनामिकाका श्रीमान्‌ वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । दुई-दुई वर्षमा दुई महिनाको छुट्टी लिएर आउँथे । बच्चा पाउने योजना बन्थ्यो, तर गर्भ बस्दैनथ्यो । उमेर ढल्किँदै थियो । सन्तानका लागि परिवारको पनि दबाब बढ्दै थियो ।  अनामिकाले शुक्रकीट सञ्चय गरेर उपचार गर्न सकिने पद्धतिबारे थाहा… पुरा पढौ

जापानले नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप दिने

जापानले कोभ्याक्स कार्यक्रममार्फत् नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप नेपालसहितका मुलकलाई अनुदानमा दिने घोषणा गरेका हुन् । जापानले कोभ्याक्स कार्यक्रम अन्तर्गत अस्ट्राजेनेकाको खोप सहयोगस्वरुप दिने भएको हो । आज नेपालस्थित जापानी दूतावासले एक विज्ञप्ति निकाल्दै नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउन लागिएको जानकारी दिएको हो । उनले गरेको घोषणा अनुसार कोभ्याक्स कार्यक्रममार्फत् नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंकाका साथै… पुरा पढौ

रक्सीबाज र तिनका बालबच्चाहरुको पिडा

कुनै एउटा व्यक्तिको खराब मनशायका कारण सुरु हुन्छ, समाजमा विकृति र विसगति जस्तो नकारात्मक व्यावहार । त्यसैले त परिवार, समाज र समुदायमा त्यो विकृति भन्ने शब्दको व्युत्पति भएको हुनसक्छ । भनिन्छ, मध्यपान सेवनको सुरुवात र निरन्तरता पहिलो त पारिवारिक रोग हो भने दोस्रो सामाजिक रोग पनि हो । जसले सेवन गर्नेलाई मात्र नभएर त्यस परिवारको सम्पूर्णलाई घातक प्रभाव पारेको हुन्छ । त्यसो त प्रयोग गर्ने व्यक्तिको जीवनमा जति असर पुर्याउँछ । त्यो भन्दा पनि बढि असर तिनका बालबच्चाहरु माथि पर्न… पुरा पढौ

सिंहदरबार वैद्य खाना ,परम्परागत ज्ञान र आयुर्वेद ओझेलमा ?

कोरोना भाइरसको ओखती, खोप, अनुसन्धानको आदिको बारेमा पर्याप्त चर्चा भयो। साबुन, स्यानिटाइजर र मास्कको बारे त अब पाँच वर्षको बच्चाले पनि थाहा पाइसकेको छ। कोरोनाबाट प्रभावित भएकामध्ये ८० प्रतिशतलाई त खासै लक्षण देखा पर्दैन भनेर थाहा भएको छ। अनुसन्धानले यो पनि देखाएको छ कि संक्रमितका लक्षण भएर जटिलता हुने र मृत्यु हुनेमा मधुमेह र उच्च रक्तचापका बिरामीहरू बढी छन्। जसको रोगसँग लड्ने क्षमता कम छ, उसलाई बढी जटिलता हुन्छ। अहिले ‘कालो ढुसी’ को कारणले झन् समस्या बढ्न थालेको छ। पूर्वीय… पुरा पढौ

अक्कलबिनाको नक्कल, कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ बेबी सावर”

एकचोटि हामीलाई पश्चिमको एउटा गाउँमा एक परिवारले ‘विशेष कार्यक्रम छ, आउनुपर्छ’ भनेर आग्रह गर्‍यो । उक्त परिवारलाई हामीले चिनेको दस वर्ष भएको थियो । कठोर मिहिनेत गरेर गरिबीबाट उक्सिन दस जनाको त्यो परिवारमा सबैले योगदान गरेका थिए । हामी खुसीसाथ त्यहाँ पुग्यौं । ढोकैमा लेखिएको रहेछ— “बेबी सावर” । के रहेछ यो भनेर गम्दै भित्र पसेपछि हामी छक्क पर्‍यौं ।घरकी जेठी बुहारी पाँच महिनाकी गर्भवती रहिछन् । उनका वरिपरि जम्मा भएका मानिसहरू गर्भवतीको पेट देखाउँदै, हाँस्दै, रमाउँदै फोटा खिचाउँदै रहेछन्… पुरा पढौ

नुन ढिके /purslane /कुल्फा

बाटोमा हिंड्दा देखिने ‘हरियो पात’ पौष्टिकताले परिपूर्ण हुनसक्छ । लट्टे पनि फलिरहेको हुन्छ, गाउँघरका बाटोमा कर्कलो फलिरहेको हुन्छ, प्राय कसैले वास्ता गर्दैनन् । त्यसैगरी ‘नुन ढिके’ (कुल्फा) एक यस्तो वनस्पति हो, जसमा भएको पौष्टिकताको कारणले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई “धेरै उपयोगी औषधीय बोटहरूको सूचीमा समावेश गरेको छबगैंचामा, सडक किनारमा यतिकै फलिरहेको हुन्छ, हुन्छ । तर हामीलाई यसको प्रयोगको बारेमा जानकारी यसको प्रयोग गरिदैन थियो । तर बिस्तारै यसको बारेमा जानकारी भएकाहरूले अहिले बगैंचामा रोप्न थालेका छन् । यो… पुरा पढौ