कोरोना भाइरसको ओखती, खोप, अनुसन्धानको आदिको बारेमा पर्याप्त चर्चा भयो। साबुन, स्यानिटाइजर र मास्कको बारे त अब पाँच वर्षको बच्चाले पनि थाहा पाइसकेको छ। कोरोनाबाट प्रभावित भएकामध्ये ८० प्रतिशतलाई त खासै लक्षण देखा पर्दैन भनेर थाहा भएको छ। अनुसन्धानले यो पनि देखाएको छ कि संक्रमितका लक्षण भएर जटिलता हुने र मृत्यु हुनेमा मधुमेह र उच्च रक्तचापका बिरामीहरू बढी छन्। जसको रोगसँग लड्ने क्षमता कम छ, उसलाई बढी जटिलता हुन्छ। अहिले ‘कालो ढुसी’ को कारणले झन् समस्या बढ्न थालेको छ।
पूर्वीय ज्ञान भएका ‘ओखती’को पनि अनुसन्धान सुरू हुनुपर्छ भन्ने आवाज किन सिंहदरबार वैद्य खाना, देशका विभिन्न भागमा अवस्थित वैद्यहरू पढाउने कलेजबाट हुँदैनन्?
आयुर्वेदमा चाहिँ रोगसँग लड्ने क्षमता वृद्धि गर्ने अनेक उपाय छन्। हाम्रो भू-भागतिर आधुनिक औषधी आउनुभन्दाअघि पनि त मान्छेहरू आफ्नै घर वरिपरिका वनस्पति, औषधी, मसाज आदिद्वारा उपचार गर्थे। तर ती कुरा किन ओझेलमा छन्?
कोरोनाको बेलामा हात धुने काम कोरोनाविरूद्ध लड्न महत्वपूर्ण हतियार भएको छ, भने हाम्रा पुर्खाहरूले त हात धुने कामलाई आफ्नो जीवनको एक अंग नै बनाएका थिए। मन्दिर जाँदा, खाना पकाउँदा, खाइसकेपछि, कसैको मलामीबाट पर्केपछि स्नान गर्नु र हात धुनु त एउटा धार्मिक संस्कार नै मानिन्थ्यो।
अहिले हामीले अनुसन्धान गरेर जुन वैज्ञानिक छ तिनलाई प्रयोग गरौं। जुन छैन त्यसलाई हटाऔं भन्ने साहस गर्न सक्नुपर्ने हो नि।
उदाहरणको लागि हजुरआमाले रुघाखोकी लाग्दा दुधमा बेसार र मरीच हालेर दिएको पेय त वैज्ञानिक नै रहेछ नि।
सिंहदरबार वैद्यखानामा रहेका सयौं वर्ष पुराना किताबहरूमा मानव शरीरमा रोगसँग लड्नको लागि चाहिने शक्ति दिन के गर्न सकिन्छ? भनेर कतै लेखिएको छ कि भनेर वैद्यहरूले अनुसन्धान किन नगरेको होला?
साबुन नभएको बेला हाम्रा पुर्खाहरूले रिठ्ठाबाट फिँज निकालेर कपाल, जिउ, लुगा धुने गर्थे। खरानीले भाँडा मस्काउँथे। सफा खरानी पेटको जुका मार्न प्रयोग गर्थे।
तितेपातीको रस पनि प्रयोग गरेर जुका सखाप पारिन्थ्यो भन्ने मैले बुढापाकाबाट सुनेको हो। तितेपाती र निमको रसले त पेटको जुका मार्न काम लाग्छ भनेर वैज्ञानिक अनुसन्धानले भन्छ। पुराना जमानाका सबै कुरा ठिक अवश्य पनि थिएनन्। तर सबै पुराना कुरा बेठिक पनि थिएनन्। अहिले हामीले अनुसन्धान गरेर जुन वैज्ञानिक छ तिनलाई प्रयोग गरौं। जुन छैन त्यसलाई हटाऔं भन्ने साहस गर्न सक्नुपर्ने हो नि।
उदाहरणको लागि हजुरआमाले रुघाखोकी लाग्दा दुधमा बेसार र मरीच हालेर दिएको पेय त वैज्ञानिक नै रहेछ नि।
अहिले बेसारको रोगसँग लड्ने शक्ति छ भनेर विज्ञानले सिद्ध गरेको छ। अहिले बेसारका क्याप्सुल र ‘गोल्डेन मिल्क’ भनेर बेसार र दुध बेचिन्छ। तर त्यही कुरालाई स्पष्ट रुपमा भन्न हाम्रो सिंहदरबार वैद्यखानाका आयुर्वेद आचार्यहरू किन हिचकिचाउँछन् होलान्? बेसार र दुध सबै समस्या समाधान गर्ने होइन, तर यो एक परम्परागत रुपमा प्रयोग गर्ने औषधीले फाइदा गर्छ, भनेर त भन्न अवश्य पनि सकिन्छ।
त्यसैगरी हाम्रो कतिपय बिर्सिएका ज्ञान होलान् वैद्यहरूको किताबमा, जसले शरीरको रोगसँग लड्ने क्षमता बढाउन सिकाउन सक्छ। तिनको अनुसन्धान गर्नेतर्फ किन कोही नलागेको र नबोलेको होला?
आधुनिक औषधी र आयुर्वेद वा पूर्वीय ज्ञान एकै ठाउँमा मिलेर काम गर्न सक्छन्। दुबै एक अर्काको विरोधी होइनन्। परिपुरक हुन् भन्ने कुरा जब हाम्रो नेताहरूले बुझ्नेछन्, त्यो बेलामा ओझेलमा परेको आयुर्वेदको ज्ञानको महत्व बढेर जान्छ।
Ayurveda is considered by many scholars to be the oldest healing science. In Sanskrit, Ayurveda means “The Science of Life.” Ayurvedic knowledge originated in India/Nepal more than 5,000 years ago and is often called the “Mother of All Healing.” It stems from the ancient Vedic culture and was taught for many thousands of years in an oral tradition from accomplished masters to their disciples. Some of this knowledge was set to print a few thousand years ago, but much of it is inaccessible. The principles of many of the natural healing systems now familiar in the West but we have been losing those knowledge .WHY?????