नुन ढिके /purslane /कुल्फा

-


     जनहित न्युज    
     असार १४ गते २०७८


बाटोमा हिंड्दा देखिने ‘हरियो पात’ पौष्टिकताले परिपूर्ण हुनसक्छ । लट्टे पनि फलिरहेको हुन्छ, गाउँघरका बाटोमा कर्कलो फलिरहेको हुन्छ, प्राय कसैले वास्ता गर्दैनन् । त्यसैगरी ‘नुन ढिके’ (कुल्फा) एक यस्तो वनस्पति हो, जसमा भएको पौष्टिकताको कारणले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई “धेरै उपयोगी औषधीय बोटहरूको सूचीमा समावेश गरेको छ
बगैंचामा, सडक किनारमा यतिकै फलिरहेको हुन्छ, हुन्छ । तर हामीलाई यसको प्रयोगको बारेमा जानकारी यसको प्रयोग गरिदैन थियो । तर बिस्तारै यसको बारेमा जानकारी भएकाहरूले अहिले बगैंचामा रोप्न थालेका छन् । यो एकचोटी रोपेपछी आफै फैलिदै जान्छ, धेरै स्याहार पनि चाहिन्न ।
कुल्फाको पात सानो, बाक्लो र गोलाकार हुन्छ । यसको डाँठ र पातहरू रसिलो र भरिलो हुन्छन् । यसको फूलहरू धेरै सानो पहेलो रंगको हुन्छ । युरोप तिर भने कुल्फाको साग लोकप्रिय छ । मानिसहरूले यसलाई सलादका रुपमा खान्छन् । यसलाई अन्य तरकारीहरूसँग मिसाएर वा मासुसँग पनि खाइन्छ ।

हरियो तरकारीको तुलनामा यसमा ओमेगा, फ्याट्टी एसिडहरू बढी पाइन्छ । जसले मुटु स्वस्थ राख्छ । कुल्फामा घुलनशील रेशादार पदार्थ पाइन्छ । यसले मधुमेह, मोटोपना, कब्जियत कम गर्न मद्दत गर्छ । आयुर्वेदमा पनि यसको महत्व दर्शाइएको छ । आयुर्वेदका अनुसार यसले रगत शुद्ध पार्छ मृगौला स्वस्थ राख्छ ।

यो देशको बिभिन्न क्षेत्रहरुमा यसको बिभिन्न नामहरु छ । ‘कुल्फा’ बंगाली, गुजराती– मोती, हिन्दी र पंजाबी – कुल्फा, कन्नड़ मराठीमा घोल (घोल), उडिया – पुरुनि साग, तमिल – परप्पु केराई, तेलुगु बारा लोनिआ भनिन्छ ।
अंग्रेजीमा यसलाई purslane भनिन्छ , भिटामिनको बी, लौहतत्व, म्याग्नेशियम, क्याल्शियम र पोटेशियम , खनिज र रेशादार पदार्थ साथै भिटामीन ‘ए’ को राम्रो स्रोत हो । भिटामीन ‘ए’ ले शरीरमा रोगहरूसँग लड्ने शक्ति दिन्छ ।
हरियो तरकारीको तुलनामा यसमा ओमेगा, फ्याट्टी एसिडहरू बढी पाइन्छ । जसले मुटु स्वस्थ राख्छ । कुल्फामा घुलनशील रेशादार पदार्थ पाइन्छ । यसले मधुमेह, मोटोपना, कब्जियत कम गर्न मद्दत गर्छ । आयुर्वेदमा पनि यसको महत्व दर्शाइएको छ । आयुर्वेदका अनुसार यसले रगत शुद्ध पार्छ मृगौला स्वस्थ राख्छ ।

यस्तो विभिन्न पौष्टिक तत्वले भरिपूर्ण ‘नुन ढिके’ लाई बारीबाट ल्याएर सफा गरेर साग बनाएर, वा अन्य सागसँग मिसाएर खाँदा, बच्चाको खानामा हाल्दा धेरै फाइदा गर्छ ।
कम पानी र माटोमा, गर्मी मौसममा सहजैसँग उम्रन्छ । यसको फूलहरू साना, पहेंलो हुन्छ, डाँठ कम हुन्छन् । यसमा क्यालोरी धेरै कम हुन्छ । यो जनस्पतिको डाँठ ल्याएर गमला वा बारीमा रोपेपछि यो आफै झांगिदै जान्छ ।

सहजै, फुल्ने, धेरै स्याहार नचाहिने, अनेक सुक्ष्म पोषक तत्वले भरिपूर्ण यो ‘नुनढिके’ सस्तोमा प्रकृतीले दिएको एक वरदान हो । सानो बालबालिका देखि वृद्ध बृद्धासम्मलाई यो साग बनाएर, तरकारीमा मिसाएर, सुप बनाएर, सलादमा हालेर खान सकिन्छ । यस्तो वनस्पतिलाई अपहेलना गर्ने होइन, भान्छामा प्रयोग गर्ने हो ।

Purslane (Portulaca oleracea L.) is an important plant naturally found as a weed in field crops and lawns. Purslane is widely distributed around the globe and is popular as a potherb in many areas of Europe, Asia, and the Mediterranean region. This plant possesses mucilaginous substances which are of medicinal importance. It is a rich source of potassium (494 mg/100 g) followed by magnesium (68 mg/100 g) and calcium (65 mg/100 g) and possesses the potential to be used as vegetable source of omega-3 fatty acid.
Scientific analysis of its chemical components has shown that this common weed has uncommon nutritional value, making it one of the potentially important foods for the future.(डा. अरुणा उप्रेतीको फेसबुक वालबाट लिइएको)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?