स्वास्थ्य

किशोरकिशोरीलाई फाइजर खोप कति प्रभावकारी ? के–के हुन सक्छ साइड इफेक्ट ?

सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिने तयारी गरेको छ। पछिल्लो समय फाइजर खोपलाई ‘कोमिर्नेटी’का नामले पनि चिनिन्छ। अमेरिकी सरकारी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सन् २०२१ को २३ अगस्टमा  युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले फाइजर खोप १६ वर्षमाथिका व्यक्तिहरुलाई लगाउनका लागि अनुमति दिएको थियो । एफडीएले १२ वर्षदेखि १५ वर्षसम्मका किशोरकिशोरीमा  यो खोप लगाउन अनुमति नदिए पनि अमेरिकामा यो समूहलाई खोप लगाइँदै आएको छ। अमेरिकामा १२ वर्षमाथिका किशोरकिशोरीमा लगाउँदा प्रभावकारी देखिएको… पुरा पढौ

डिसेम्बरको सुरूवातसंगै जापानमा कोरोना भाइरस विरुद्धको तेस्रो डोजको खोप लगाईने

जापानले आगामी डिसेम्बरदेखि कोरोना भाईरस विरुद्दको तेस्रो डोजको खोप लगाईने योजनाका बारेमा प्रधानमन्त्री किशिदा फुमीयोले मंगलबार सांसदको बैठकमा जानकारी गराएका छन ।डिसेम्बरको सुरूवातसंगै तेस्रो डोजको खोप कार्यक्रम संचालनको लागि अन्तिम तयारीमा रहेको प्रधानमन्त्री किशिदाले बताए ।दोस्रो डोजको खोप पुरा गरेको कम्तीमा आठ महिना बितिसकेका मानिसहरुलाई बुस्टर शट अन्तर्गतको तेस्रो डोजको खोप प्रदान गरिन लागेको बताईएको छ । दोस्रो डोजको खोपको अवधि लामो संगै रोगबाट बचाउने एन्टिबडीहरु उत्पादनमा थप सहयोग गरिनुपर्ने अध्ययनले देखाएकोले तेस्रो डोजको खोप दिने योजना बनाईएको बताईएको छ… पुरा पढौ

आखा उपचार केन्द्रले शल्यक्रियासम्मको कार्य गर्न उपकरण खरिदका लागि घुम्टे युवा परिवार शाखा जापानको २७ लाख सहयोग

परदेशमा रहेकाहरुको मन घरदेश त्यो पनि आफनै जन्मभूमिमा केही गरौ भन्ने भै रहन्छ । विशेषज्ञ स्वास्थ्य सेवाको कमि भैरहेको बागलुङको गलकोट मल्म र त्यस वरपरका बासिन्दालाई सामान्य रूपमा स्वास्थ सेवा प्राप्त भएपनि आखा चेकजाँच र उपचारको अभावमा निकै कष्ट व्यहोरदै आउनु परेको थियो ।मल्ममा जन्मेर आखा सम्बन्धी विशेषज्ञता हासिल गरेकी डाक्टर सल्मा केसीराई जब आखा शिविर संचालनको लागि गलकोटमा पुगिन तब उनलाई मनमा एकप्रकारको खिन्नता लाग्यो । डा. सल्मा भन्छिन- ‘’आखा शिविर संचालनका क्रममा म गलकोट आउदा त्यहाको आखासम्बन्धी बिरामी… पुरा पढौ

कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण

काठमाण्डाै - कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण देखा पर्ने कारण वैज्ञानिकहरुले पत्ता लगाएका छन् । कोरोना भाइरस सङ्क्रमण भएर  रक्त कोशिकाहरुमा धेरै असर पर्दा औँलाहरु बैजनी र नीला भएर सुनिने र छुँदा दुख्ने लक्षण देखिने गरेको नयाँ अध्ययनले देखाएको बीबीसीले उल्लेख गरेको छ  । फ्रान्सको पेरिस विश्वविद्यालयले कोरोना पछि यस्ता समस्या भएका ५० जना किशोरकिशोरी र बालबालिकामा अध्ययन गरेको थियो । छालारोग विशेषज्ञहरुले यसलाई ‘कोभिड टोज’ अर्थात ‘कोभिड औँलो' नामाकरण गरेका छन् । अमेरिकाको नर्थवेस्टन युनिभर्सिटीको छालारोग… पुरा पढौ

जापानमा खोप लगाउने युवालाई पुरस्कार दिइने

ओसाका प्रान्तीय सरकारले कोरोना भाईरस विरुद्दको बुस्ट खोपलाई युवा उमेर समूहका लागि लगाउन प्रोत्साहन गर्ने उद्देश्यले १५ मिलियन येन बराबरको पुरस्कार दिने योजना सार्वजनिक गरेको छ ।२० देखि ३० वर्षीय युवाहरुलाई कोरोना विरुद्धको खोप लगाउनका लागि बढ़वा दिने गरि मंगलवार सार्वजनिक गरिएको सो योजना अनुसार नोभेम्बरको ३० तारिकसम्ममा दोस्रो डोजको खोपको मात्रा पुरा गरि प्रान्तीय सरकारको अफिसियल ट्विटर अकाउण्टमा रिटुइट हुने गरि कोरोना भाईरसको खोप लगाउन उत्प्रेरित गर्ने खालको सन्देश प्रवाह गर्ने १ हजार जनालाई लट्री सिस्टमबाट पुरस्कार प्रदान गरिने… पुरा पढौ

जापानले माई नम्बर कार्ड संगैको स्वास्थ्य बिमा कार्ड (होकेन) यहि महिनाको २० तारिकबाट पूर्ण कार्यान्वयनमा ल्याउने

जापानले विगतदेखि स्थगित गर्दै आएको माई नम्बर कार्ड र स्वास्थ्य विमा कार्ड(होकेन) लाई एकसाथ बनाउने योजना नोभेम्बर २० तारिक देखि देशव्यापी रूपमा पूर्ण कार्यान्वयनमा ल्याउने भएको छ ।गत मार्च महिनामा केही स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य बिमा कार्ड( होकेन) को रूपमा माई नम्बर कार्ड प्रयोगमा ल्याइएको भएपनि बिरामीका बारेमा सम्पूर्ण विवरणको जानकारी दिन नसक्ने गम्भिर प्रकारको समस्या देखिएपछि सोही महिनादेखि पूर्ण कार्यान्वयनमा ल्याउने भनिएको कार्यलाई स्थगित गरि आगामी २० तारिकदेखि कार्यान्वयनमा ल्याउन लगिएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका… पुरा पढौ

नेपालकै पहिलो स्तन क्यान्सर सर्जन डा. कार्कीको सहभागितामा महिलाको स्तन क्यान्सर सम्बन्धी अन्तरक्रिया गरिने

गैर आवासीय नेपाली संघ थाइल्याण्डले नेपाली समुदायमा सकारात्मक र सेवामूलक कार्य गर्ने आफ्नो योजना अनुसार नेपाली महिलामा मुख्य समस्याको रुपमा देखा परेको स्तन क्यान्सरको बारेमा सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।अक्टोबर ९ तारिकका दिन जुममार्फत भर्चुवल रुपमा गरिने सो अन्तरक्रियामा नेपालकै पहिलो महिला स्तन क्यान्सर सर्जन डा. बानिरा कार्कीको मुख्य सहजिकरण र अन्तरक्रियामा सहभागिता रहने संघका अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए ।अध्यक्ष बस्नेतका अनुसार विश्वभरमा छरिएर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीका लागि सचेलतामूलक यस कार्यक्रममा सहभागी भई आफ्नो र… पुरा पढौ

६५ वर्ष उमेर तथा कोरोना लाग्ने उच्च जोखिममा भएकाहरुलाई तेश्रो खोप लगाउन सिफारिस

अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडिए)का खोप सल्लाहकारहरुले ६५ बर्ष उमेर माथिका तथा कोरोना लाग्ने उच्च जोखिममा भएकाहरुलाई तेश्रो खोप लगाउन सिफारिस गरेको छ । अर्थात् पूर्ण खोप लगाई सकेकाकालाई पनि लगाउन सिफारिस गरेको छ । सेप्टेम्बर १७ शुक्रबारका दिन बुस्टर डोज अर्थात् अभिवर्धक खोप लगाउन मतदान गरि सिफारिस गरेको छ । लामो समय देखि नै बाइडेन प्रसासनले सेप्टेम्बरको २० को वरिपरि तेश्रो खोप ल्याउने पहिले नै योजना बनाई रहेको समयमा एफडिएका खोप सल्लाहकारहरुले सिफारिस गरे पछि सुनमा सुगन्ध भएको छ… पुरा पढौ

तपाई‌को घरमा साङ्लोले सताएको भने अब यसरी भगाउनुस्

साङ्लोले नसताएको घर कमै भेटिएला । अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू फुत्तफुत्त निस्केर तपाईंलाई हैरानै गर्छन् होला । गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ । अनि त कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला फाल्नुपर्ने आवश्यकता आइलाग्छ । बजारमा पाइने स्प्रेले साङ्लालाई मार्छ तर त्यसमा भएको रसायनले स्वास्थ्यलाई हानि पनि पु–याउँछ । यहाँ हामी केही घरेलु उपाय बताउँछौं जसको प्रयोग गर्दा साङ्ला पनि भाग्छन् र स्वास्थ्य पनि खराब हुँदैन । तेजपातखानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै… पुरा पढौ

ज्वरो कम गर्ने यस्ता छन् घरेलु उपायहरु

९७ डिग्री फरेनहाइटदेखि ९९ दशमलव ५ डिग्री फरेनहाइटबीचको तापक्रमलाई आवश्यक सामान्य तापक्रम मानिन्छ । शरीरको तापक्रम औसतभन्दा माथि जानुलाई नै ज्वरो भनिन्छ । ज्वरो भन्नाले शरीरको ताप्रक्रम बढ्नु वा हो । कुनै कारणबस जब तपाइँको शरीरमा कुनै ब्याक्टेरिया वा भाइरसले आक्रमण गर्दछ तब तपाइँको शरीर भित्र भएको इम्युनिटीले ती ब्याक्टेरिया वा भाइरसहरुलाई मार्न युद्द गरिरहेको हुन्छ। तर समय र परिस्थिति अनुसार केही क्षणलाई शरीरको तपक्रम बढेको पनि हुन सक्छ जसलाई ज्वरो नमानिने पनि हुन् सक्छ । जस्तै निकै गर्मिमा हिड्नेको बेला, दौडिएको बेला, ब्यब्याम गरेको… पुरा पढौ