स्वास्थ्य

जापानमा कोरोनाभाइरसको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२ पुग्यो, सचेत रहन डब्लुएचओको चेतावनी

जापानमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमणबाट शुक्रवार थप आठ जना संक्रमित भएको पुष्टि भएसंगै जापानमा ओमिक्रोन संक्रमितको संख्या १२ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन। संक्रमित आठ जना सबै विदेशबाट नोभेम्बरको अन्त्यदेखि यसै महिनाको सुरुमा जापान प्रवेश गरेको ती अधिकारीले बताए ।जापानमा नोभेम्बर ३० मा पहिलो पटक नामिबियाका ३० वर्षीय कूटनीतिज्ञलाई ओमिक्रोन भेरियन्टको देखापारेको पुष्टि भएको थियो भने दोस्रो केस पेरुबाट यात्रा गरेका २० वर्षीय मानिसमा संक्रमित भएको पुष्टि भएको थियो । नारिता एयरपोर्टमा आएका ती दुवै पुरुषमा पोजेटिभ देखिएको थियो ।… पुरा पढौ

सन् २००८ पछि जन्मिएकाले चुरोट किन्न नपाउने!

एजेन्सी- न्युजिल्यान्डमा सूर्तिजन्य पदार्थको विक्रीमा प्रतिबन्ध लगाइने भएको छ । धुमपानलाई रोक लगाउने पहलस्वरुप पहिलो चरणअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सूर्तिजन्य पदार्थ किन्न नपाउने कानुन ल्याउन लागिएको हव । सो कानुन नयाँ वर्षदेखि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । सरकारले युवाहरुलाई धुमापनबाट जोगाउने सुनिश्चित गर्न पहिलो चरणमा बालबालिकालाई विक्री नगर्ने कानुन ल्याएको हो,’ स्वास्थ्यमन्त्री डा.आयसा भरलले भने । सरकारले विस्तारै सम्पूर्ण उमेर समूहका मानिसहरुलाई धुमपानमा प्रतिबन्ध लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । सरकारको कदमको चिकित्सक र स्वास्थ्य विज्ञहरुले स्वागत… पुरा पढौ

हालकै खोपले ओमिक्रोनबाट जोगाउन सक्छ: डब्ल्यूएचओ

एजेन्सीः विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले हाल प्रयोगमा रहेका खोपहरूले नै ओमिक्रोन भेरियन्टविरुद्ध काम गर्न सक्ने बताएको छ।दक्षिण अफ्रिकाको एक ल्याबमा गरिएको परीक्षणपश्चात् यस कुराको पुष्टि भएको हो। दक्षिण अफ्रिकी अध्ययनका अनुसार फाइजरको खोपले ओमिक्रोनविरुद्ध पहिलो भेरियन्टको तुलनामा ४० प्रतिशत कम प्रभावकारी काम गरेको निष्कर्ष निकालेको छ। अनुसन्धानकर्ताहरूका अनुसार फाइजरको अत्याधिक मात्राले भने नयाँ भेरियन्टलाई निष्क्रिय बनाएको छ। डब्ल्यूएचओका आपत्कालीन निर्देशक माइक रायनका अनुसार खोपले ओमिक्रोनको विरुद्ध काम नगर्ने कुनै संकेत फेला नपरेको पनि बताए। उनले डेल्टा वा अन्य भेरियन्ट जस्तो ओमिक्रोनले… पुरा पढौ

जापानी वैज्ञानिकहरूले कोरोनाभाइरस पत्ता लगाउन चम्किलो मास्क विकास

पश्चिमी जापानको एक विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले अस्ट्रिचहरूको अण्डाबाट निकालिएको एन्टिबडीहरू प्रयोग गरेर कोरोना भाईरस पराबैंगनी प्रकाशको सम्पर्कमा आउँदा चम्किने मास्कहरू विकास गरेको छन ।क्योटो प्रिफेक्चरल युनिभर्सिटीको वैज्ञानिकहरूको टोलीका अध्यक्ष ५२ वर्षीय यासुहिरो त्सुकामोतोको नेतृत्वमा तयार पारिएको सो मास्कले प्रयोगकर्ताहरूलाई भाइरस संकुचित गरेको छ कि छैन भनेर परीक्षण गर्न सजिलो बनाउने गरि विकास गरिएको र यसले कोरोना भाईरस रोकथाममा थप टेवा पुर्याउने समेत आशा राखिएको छ।वैज्ञानिकहरूको टोलीले कोरोना भाइरसबाट संक्रमित ३२ जनालाई १० दिनसम्मको अवधिमा प्रयोग गर्दा उनीहरूले लगाएका सबै मास्कहरू… पुरा पढौ

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

काठमाडौँ । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगन्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टीकृत सेवा दिइरहेका छन् ।  अझ अर्को खुसीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छटपटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ । पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगन्ज पठाउने गरेको कर्णालीले… पुरा पढौ

नेपालमा पनि दुईजनालाई ‘ओमीक्रोन’ संक्रमण

पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमीक्रोन'का दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्।  मन्त्रालयका अनुसार दुई विदेशी नागरिकमा यो भेरियन्ट देखिएको हो। जसमा नेपाल आएका ६६ वर्षीय र ७१ वर्षीय विदेशी नागरिक रहेका छन्।  उनीहरु दुवैले दुवै खोपको मात्रा लगाएको खुलेको छ। उनीहरु नेगेटिभ पीसीआर रिपोर्ट लिएर नेपाल आएका थिए। तर नेपालमा गरिएको परीक्षणमा उक्त भेरियन्ट भेटिएको हो। नेपालमा ओमिक्रोन संक्रमित भेटिएपछि स्वास्थ्य… पुरा पढौ

ओमिक्रोन डेल्टाभन्दा हल्का किसिमको, मुख्य लक्षण यस्ता छन्

दक्षिण अफ्रिकी डाक्टरहरुले कोरोना भाइरसको नयाँ भेरियेन्ट, ‘ओमिक्रोन’ को असर अहिले विश्वभर व्याप्त डेल्टा भेरियेन्ट भन्दा ‘माइल्ड’ अर्थात् हल्का किसिमको भएको बताइरहेका छन् । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियेन्टबारे अहिले नै कुनै निष्कर्ष निकाल्न नसकिने बताइरहे पनि विज्ञहरु यसबारे निरन्तर अध्ययन गरिरहेका छन् ।  ‘साउथ अफ्रिकन मेडिकल असोसिएसन’ की प्रमुख डाक्टर एन्जेलिक कोएटजी यो भेरियेन्टको उत्पत्ति पत्ता लगाउने पहिलो व्यक्ति हुन् । र यसमा उनले पनि आफ्ना बिरामीहरुमा सामान्यतया डेल्टाबाट संक्रमित हुँदाको भन्दा फरक लक्षणहरु रहेको महसुस गरेकी थिइन् ।… पुरा पढौ

हङकङसहित यी ९ देशबाट नेपाल आउन नपाइने

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नयाँ भेरियन्टलाई रोकथाम गर्न जोखिम देखिएका देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।  सरकारको उक्त निर्णय आज बिहीबार राति १२ बजेबाट लागु हुनेछ। ओमिक्रोनको संक्रमण देखिएका हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक र मलावीबाट नेपाल आउन रोक लगाउने निर्णय भएको हो। यी देश ट्रान्जिट बनाएर नेपाल आउनेलाई पनि रोक लगाइने भएको छ। यस्तै गएको तीन… पुरा पढौ

‘ओमिक्रोन’ बाट आत्तिने होइन सजग बनौँ

दक्षिण अफ्रिकामा पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ले यतिबेला विश्व सशंकित छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, भारतलगायतका देशले स्वास्थ्य सतर्कता अपनाउन सुरु पनि गरिसके । तर, नेपालमा यसको जोखिम कत्तिको छ ? यसबाट जोगिन नेपालले के कस्ता पूर्व तयारी गर्नुपर्ला ? धेरैको जिज्ञासा छ । नयाँ भेरियन्टमा धेरै संख्यामा उत्परिवर्तन आएको छ । यो चिन्ताको विषय हो । अहिलेसम्म बनेका कोभिड खोप स्पाइक प्रोटिनलाई लक्षित गरी बनेका छन् । धेरै संख्यामा म्युटेसन भएको नयाँ भेरियन्टले खोपबाट बनेको एन्टिबडी… पुरा पढौ

कोभिड-१९ कोरोना भाइरसको नया भेरियन्टको”ओमिक्रोन” देखा परेसंगै विश्वव्यापी उच्च सतर्कता, जापानले पनि संक्रमण फ़ैलिन नदिन उच्चतम स्तरको सतर्कता बढायो

कोभिड-१९ कोरोनाभाइरसको नया भेरियन्टको"ओमिक्रोन" देखा परेपछि डेल्टा भन्दा ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै विश्वका धेरैजसो मुलुकहरूले फेरि हवाई यात्रा रोक्न सक्ने बताएका छन । विश्व स्वास्थ्य संगठनको प्यानलले "ओमिक्रोन" भेरियन्ट ट्रान्समिसिबल भेरियन्टहरूको तुलनामा अत्यधिक संक्रमणको जोखिम बढाउन सक्ने रहेको डब्ल्यूएचओले भनेको छ । यो भेरियन्टले कोभिड-१९ संक्रमित भएर निको भएका व्यक्तिलाई फेरि संक्रमित हुने जोखिम हुन सक्ने जानकारहरूले बताएका छन । यो भेरियन्टले विश्वव्यापी संक्रमणको अधिक तरंग बढाउनसक्ने पनि बताईएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडाले दक्षिणी अफ्रिकाका आगन्तुकहरूमा… पुरा पढौ