स्वास्थ्य

जापान सरकारले समुदायमा ओमिक्रोन फैलिए पनि तत्काल दैनिक जनजीवनका गतिविधिलाई कडा नबनाउने

ओमिक्रोन कोरोनाभाइरस संस्करणको संक्रमण समुदायस्तरमा पहिलो घटना देखिएसंगै जापानले तत्कालका लागि जनताको सामान्य गतिविधिमा प्रतिबन्धित गर्दै कडा कदम नचाल्ने मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले बताएका छन।बुधवार ओसाका प्रान्तमा विदेश यात्राको रेकर्ड नभएका तीन जनामा कोरोनाभाइरसको ओमिक्रोन संस्करणको संक्रमण भएसंगै जापानमा समुदायस्तरमा पनि ओमिक्रोन फैलिन पुगेको पुष्टि भएपछि ओसामा प्रान्तले संक्रमण फैलावटलाई रोक्ने उद्देश्यले जनवरीको अन्त्यसम्म एक महिनासम्मको लागि होटेल र रेष्टुरान्टमा प्रति टेबलमा सिमित चार जनामात्र बस्नुपर्ने र रेष्टुरेण्टमा बसेर दुई घण्टा भन्दा बढी लामो खान र जमघट गर्न नपाईने… पुरा पढौ

‘पाहुनालाई ढिडो’ अभियान सञ्चालन गर्दै आदर्श सञ्चार

समुदायमा पछिल्लो समय बढ्दै गएको आयातित खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बागलुङको एक सहकारीले पाहुनालाई ढिडो अभियान सञ्चालन गर्ने भएको छ । धौलागिरी क्षेत्रको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ का लागि पाहुनालाई ढिडो अभियान अन्तरगत स्थानीय खानाको प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको हो । सुचना र सञ्चारलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको आदर्श सञ्चार सहकारीले हरेक वर्ष समुदायलाई सचेत बनाउने… पुरा पढौ

जापानमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमण समुदायस्तरमा फैलिएसंगै जनवरीको अन्त्यसम्म रेष्टुरेण्टमा दुई घण्टाभन्दा लामो समय ग्राहकलाई राख्न प्रतिबन्ध

बुधवार ओसाका प्रान्तमा विदेश यात्राको रेकर्ड नभएका तीन जनामा कोरोनाभाइरसको ओमिक्रोन संस्करणको संक्रमण भएसंगै जापानमा समुदायस्तरमा पनि ओमिक्रोन फैलिन पुगेको पुष्टि भएको छ ।स्वास्थ्य मन्त्री शिगेयुकी गोतोले पत्रकारसँग कुराकानी गर्दै पश्चिमी क्षेत्रको ओसाकाको घटनाले समुदायस्तरमा ओमिक्रोन फैलिएको मान्नुपर्ने भएकोले यसको नियन्त्रणको लागि सरकारले आवश्यक सबै सावधानी अपनाउने बताए ।संक्रमित परिवारका तीन सदस्यहरू मध्ये एक पुरुष ३० वर्षीय शिक्षक रहेको र अर्की एक महिलाले कोभिड-१९ विरुद्धको दुई वटै डोज खोप प्राप्त गरिसकेको ओसाका प्रान्तको सरकारको स्वास्थ्य मन्त्रालयले भनेको छ ।संक्रमित परिवारका… पुरा पढौ

हेलिकोप्टरबाट नदेखिने छाउगोठका दर्दनाक कहानी

एक जना वृद्धाले सुदूरपश्चिममा भनेकी थिइन्, ‘मलाई त छाउ हुने बेला आएपछि पिर पर्न थाल्थ्यो। वर्षातको बेलामा त कुन गोठ चुहिँदैन भनेर खोज्नु पर्थ्यो। गाउँका धेरै महिला एकै चोटी छाउ हुँदा त गोठमा पनि बस्न गाह्रो हुन्थ्यो। चुहिने गोठमा बस्दा बस्दा घरका मानिससँग छाता माग्दा, ‘तिमी छाउपडीलाई छाता चाहिने’? भनेर हप्काउँथे। जाडो र वर्षामा धोएको लुगा नसुकेर घरका मानिसँग सुकेको लुगा माग्दा ‘तिमी छाउपडीलाई किन सुकेको लुगा चाहियो?’ भन्थे। धेरै जना महिला एकै ठाउँमा बस्दा खुट्टा तन्काउने ठाउँ पनि हुँदैनथ्यो।… पुरा पढौ

कोभिडको अर्को आँधी सामनाका लागि तयार हुन डब्लूएचओको चेतावनी

न्युयोर्क । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिएका हुन् । ‘अब छिट्टै कोभिडको अर्को आँधी आउँदैछ । केही साताभित्रै ओमिक्रोन सम्पूर्ण देशभर फैलिन्छ , जसका कारण विभिन्न देशको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुनेछ ।,’ क्लुगले भने । युरोपका विभिन्न देशहरुले लकडाउनदेखि प्रतिबन्धात्मक व्यवस्था लागू… पुरा पढौ

तत्कालको लागि जापान प्रवेश गर्ने आगन्तुकहरूलाई सिमानामा कडाइ गर्छ : प्रधानमन्त्री किशिदा

नोवेल कोरोनाभाइरसको ओमिक्रोनको संक्रमणलाई रोकथामका लागि भन्दै जापानले हाल लगाईएको सीमा नियन्त्रण उपायहरू "अहिलेका लागि" जनवरीको शुरुसम्म विस्तार गर्दै राष्ट्रलाई सुरक्षित राख्नेतर्फ सतर्क रहने आवश्यक रहेकोले "हामीले हालको सीमा नियन्त्रण उपायहरू तत्कालका लागि विस्तार गर्ने निर्णय गरेका छौं," प्रधानमन्त्री फुमियो किशिदाले भने ।दैनिक पुष्टि भएका कोरोनाभाइरसका घटनाहरूको संख्या न्यून स्तरमा रहेपनि ओमिक्रोनको संक्रमण समुदायस्तरमा नफैलिएको भए पनि जापानले बूस्टर शट रोलआउटहरू तीव्र पार्नुका साथै कोभिड-१९ विरुद्दको औषधिहरूको प्रवर्द्धन गरेर आफ्नो तयारीलाई बलियो बनाउन आवश्यक रहेको प्रधानमन्त्री किशिदाले बताए ।सरकारले हालको… पुरा पढौ

जापानमा बुधबार थप १५ जनामा ओमिक्रोन संक्रमित रहेको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

यस महिनाको ७ देखि १२ तारिखसम्म जापान प्रवेश गरेका १५ जना पुरुष र महिलालाई नयाँ कोरोना भाइरस "ओमिक्रोन स्ट्रेन" को संक्रमण पुष्टि भएसंगै अब ओमिक्रोन स्ट्रेनबाट संक्रमितको संख्या जापानमा ३२ पुगेको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार डिसेम्बर महिनाको ७ देखि १२ गतेसम्म हानेदा, नारिता र कन्साई विमानस्थलमा आएका २० देखि ७० वर्षसम्मका १५ महिला र पुरुष आगन्तुकमा ओमिक्रोन स्ट्रेनको संक्रमण पुष्टि भएको एनएचकेको समाचारमा जनाएको छ । जर्मनी, युनाइटेड किंगडम (बेलायत), संयुक्त राज्य अमेरिका देशबाट आएर विमानस्थलमा क्वारेन्टाइन… पुरा पढौ

जापानमा फेरि चार जनामा ओमिक्रोन संक्रमित भेटियो, हालसम्म १७ जना पुगे

यसै महिनाको ६ देखि ९ गतेसम्म संयुक्त राज्य अमेरिका र अन्य देशबाट जापान प्रवेश गरेका चारजना पुरुष र महिलामा नयाँ कोरोना भाईरसको म्युटेन्ट भाइरस ‘ओमिक्रोन स्ट्रेन’ बाट संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार ओमिक्रोन स्ट्रेनबाट संक्रमण पुष्टि भएको होयहि महिनाको ६ तारिखमा नाइजेरियामबाट नारिता एयरपोर्ट हुदै जापान आएका ४० वर्षीय पुरुष सहित ८ तारिक कान्साइ एयरपोर्टमा आएका २० वर्षीय अमेरिकी नागरिक, सोहि दिन नारिता एयरपोर्टमा केन्याका ३० वर्षीय अर्कों नागरिक त्यस्तै संयुक्त राज्य अमेरिकाबाट… पुरा पढौ

जापानमा कोरोनाभाइरसको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२ पुग्यो, सचेत रहन डब्लुएचओको चेतावनी

जापानमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमणबाट शुक्रवार थप आठ जना संक्रमित भएको पुष्टि भएसंगै जापानमा ओमिक्रोन संक्रमितको संख्या १२ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन। संक्रमित आठ जना सबै विदेशबाट नोभेम्बरको अन्त्यदेखि यसै महिनाको सुरुमा जापान प्रवेश गरेको ती अधिकारीले बताए ।जापानमा नोभेम्बर ३० मा पहिलो पटक नामिबियाका ३० वर्षीय कूटनीतिज्ञलाई ओमिक्रोन भेरियन्टको देखापारेको पुष्टि भएको थियो भने दोस्रो केस पेरुबाट यात्रा गरेका २० वर्षीय मानिसमा संक्रमित भएको पुष्टि भएको थियो । नारिता एयरपोर्टमा आएका ती दुवै पुरुषमा पोजेटिभ देखिएको थियो ।… पुरा पढौ

सन् २००८ पछि जन्मिएकाले चुरोट किन्न नपाउने!

एजेन्सी- न्युजिल्यान्डमा सूर्तिजन्य पदार्थको विक्रीमा प्रतिबन्ध लगाइने भएको छ । धुमपानलाई रोक लगाउने पहलस्वरुप पहिलो चरणअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सूर्तिजन्य पदार्थ किन्न नपाउने कानुन ल्याउन लागिएको हव । सो कानुन नयाँ वर्षदेखि कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । सरकारले युवाहरुलाई धुमापनबाट जोगाउने सुनिश्चित गर्न पहिलो चरणमा बालबालिकालाई विक्री नगर्ने कानुन ल्याएको हो,’ स्वास्थ्यमन्त्री डा.आयसा भरलले भने । सरकारले विस्तारै सम्पूर्ण उमेर समूहका मानिसहरुलाई धुमपानमा प्रतिबन्ध लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । सरकारको कदमको चिकित्सक र स्वास्थ्य विज्ञहरुले स्वागत… पुरा पढौ