स्वास्थ्य

गैर आवासीय नेपाली संघ तोचिगी क्षेत्रीय समितिले तोचिगी केनको उचुनोमिया शहरमा गर्यो सरसफाई

गैर आवासीय नेपाली संघ तोचिगी क्षेत्रीय समितिको समन्वय र व्यवस्थापनमा जापानको तोचिगी केनको उचुनोमियामा आइतबार शहर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।जापानिज समुदायमा नेपाली राष्ट्रियता झलक़ाउनुका साथै नेपालीको सहयोगीपनालाई चिनाउने र भावनात्मक रूपमा आत्मीयता बढाउन सहयोग पुर्याउने उद्देश्यले एनआरएनए तोचिगी क्षेत्रीय समितिको सामाजिक र रचनात्मक कार्यक्रम अन्तरगत सरसफ़ाइ कार्यक्रम सम्पन्न भएको संयोजक मन्दिप क्षेत्रीले जानकारी गराए ।बिहान ९ बजे देखी ११ बजेसम्म करिब २ घण्टासम्म संचालन भएको सो सरसफ़ाइ कार्यक्रममा एनआरएनए जापानका पूर्व क्षेत्रीय सचिव तथा समितिका संरक्षक बिकास बस्नेत,… पुरा पढौ

जापान सरकारको स्वास्थ्य मन्त्रालयको प्यानलले पहिलो पटक मुखबाट खाने कोभिड-१९ विरुद्दको चक्कीलाई स्वीकृति प्रदान

जापान सरकार स्वास्थ्य मन्त्रालयको अन्तर्गतको प्यानलले अमेरिकी फार्मास्युटिकल फर्म मर्क एण्ड कम्पनीद्वारा उत्पादित कोभिड-१९ बिरुद्दको मुखबाट खाने चक्की औषधीलाई शुक्रबारबाट पहिलो पटक स्वीकृत प्रदान गरेको छ ।मर्कको जापानी शाखा MSD K.K ले जापानमा औषधि उत्पादन र बिक्री गर्न डिसेम्बरको सुरुमा आवेदन गरेपछि नोवेल कोरोनाभाइरसलाई शरीरमा वृद्धि हुनबाट रोक्ने मोल्नुपिरावीरको प्रयोग र वितरणलाई द्रुत-ट्र्याक प्रक्रिया अन्तर्गत जापानमा स्वीकृति दिने बारेमा ग्रीन सिग्नल दिइए अनुसार शुक्रवारबाट स्वीकृति प्रदान गरिएको सरकारी अधिकारीहरूले बताएका छन ।जापानी सहायक कम्पनीले मोल्नुपिराभिरले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विरुद्ध… पुरा पढौ

जापान सरकारले समुदायमा ओमिक्रोन फैलिए पनि तत्काल दैनिक जनजीवनका गतिविधिलाई कडा नबनाउने

ओमिक्रोन कोरोनाभाइरस संस्करणको संक्रमण समुदायस्तरमा पहिलो घटना देखिएसंगै जापानले तत्कालका लागि जनताको सामान्य गतिविधिमा प्रतिबन्धित गर्दै कडा कदम नचाल्ने मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले बताएका छन।बुधवार ओसाका प्रान्तमा विदेश यात्राको रेकर्ड नभएका तीन जनामा कोरोनाभाइरसको ओमिक्रोन संस्करणको संक्रमण भएसंगै जापानमा समुदायस्तरमा पनि ओमिक्रोन फैलिन पुगेको पुष्टि भएपछि ओसामा प्रान्तले संक्रमण फैलावटलाई रोक्ने उद्देश्यले जनवरीको अन्त्यसम्म एक महिनासम्मको लागि होटेल र रेष्टुरान्टमा प्रति टेबलमा सिमित चार जनामात्र बस्नुपर्ने र रेष्टुरेण्टमा बसेर दुई घण्टा भन्दा बढी लामो खान र जमघट गर्न नपाईने… पुरा पढौ

‘पाहुनालाई ढिडो’ अभियान सञ्चालन गर्दै आदर्श सञ्चार

समुदायमा पछिल्लो समय बढ्दै गएको आयातित खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बागलुङको एक सहकारीले पाहुनालाई ढिडो अभियान सञ्चालन गर्ने भएको छ । धौलागिरी क्षेत्रको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ का लागि पाहुनालाई ढिडो अभियान अन्तरगत स्थानीय खानाको प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको हो । सुचना र सञ्चारलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको आदर्श सञ्चार सहकारीले हरेक वर्ष समुदायलाई सचेत बनाउने… पुरा पढौ

जापानमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमण समुदायस्तरमा फैलिएसंगै जनवरीको अन्त्यसम्म रेष्टुरेण्टमा दुई घण्टाभन्दा लामो समय ग्राहकलाई राख्न प्रतिबन्ध

बुधवार ओसाका प्रान्तमा विदेश यात्राको रेकर्ड नभएका तीन जनामा कोरोनाभाइरसको ओमिक्रोन संस्करणको संक्रमण भएसंगै जापानमा समुदायस्तरमा पनि ओमिक्रोन फैलिन पुगेको पुष्टि भएको छ ।स्वास्थ्य मन्त्री शिगेयुकी गोतोले पत्रकारसँग कुराकानी गर्दै पश्चिमी क्षेत्रको ओसाकाको घटनाले समुदायस्तरमा ओमिक्रोन फैलिएको मान्नुपर्ने भएकोले यसको नियन्त्रणको लागि सरकारले आवश्यक सबै सावधानी अपनाउने बताए ।संक्रमित परिवारका तीन सदस्यहरू मध्ये एक पुरुष ३० वर्षीय शिक्षक रहेको र अर्की एक महिलाले कोभिड-१९ विरुद्धको दुई वटै डोज खोप प्राप्त गरिसकेको ओसाका प्रान्तको सरकारको स्वास्थ्य मन्त्रालयले भनेको छ ।संक्रमित परिवारका… पुरा पढौ

हेलिकोप्टरबाट नदेखिने छाउगोठका दर्दनाक कहानी

एक जना वृद्धाले सुदूरपश्चिममा भनेकी थिइन्, ‘मलाई त छाउ हुने बेला आएपछि पिर पर्न थाल्थ्यो। वर्षातको बेलामा त कुन गोठ चुहिँदैन भनेर खोज्नु पर्थ्यो। गाउँका धेरै महिला एकै चोटी छाउ हुँदा त गोठमा पनि बस्न गाह्रो हुन्थ्यो। चुहिने गोठमा बस्दा बस्दा घरका मानिससँग छाता माग्दा, ‘तिमी छाउपडीलाई छाता चाहिने’? भनेर हप्काउँथे। जाडो र वर्षामा धोएको लुगा नसुकेर घरका मानिसँग सुकेको लुगा माग्दा ‘तिमी छाउपडीलाई किन सुकेको लुगा चाहियो?’ भन्थे। धेरै जना महिला एकै ठाउँमा बस्दा खुट्टा तन्काउने ठाउँ पनि हुँदैनथ्यो।… पुरा पढौ

कोभिडको अर्को आँधी सामनाका लागि तयार हुन डब्लूएचओको चेतावनी

न्युयोर्क । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिएका हुन् । ‘अब छिट्टै कोभिडको अर्को आँधी आउँदैछ । केही साताभित्रै ओमिक्रोन सम्पूर्ण देशभर फैलिन्छ , जसका कारण विभिन्न देशको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुनेछ ।,’ क्लुगले भने । युरोपका विभिन्न देशहरुले लकडाउनदेखि प्रतिबन्धात्मक व्यवस्था लागू… पुरा पढौ

तत्कालको लागि जापान प्रवेश गर्ने आगन्तुकहरूलाई सिमानामा कडाइ गर्छ : प्रधानमन्त्री किशिदा

नोवेल कोरोनाभाइरसको ओमिक्रोनको संक्रमणलाई रोकथामका लागि भन्दै जापानले हाल लगाईएको सीमा नियन्त्रण उपायहरू "अहिलेका लागि" जनवरीको शुरुसम्म विस्तार गर्दै राष्ट्रलाई सुरक्षित राख्नेतर्फ सतर्क रहने आवश्यक रहेकोले "हामीले हालको सीमा नियन्त्रण उपायहरू तत्कालका लागि विस्तार गर्ने निर्णय गरेका छौं," प्रधानमन्त्री फुमियो किशिदाले भने ।दैनिक पुष्टि भएका कोरोनाभाइरसका घटनाहरूको संख्या न्यून स्तरमा रहेपनि ओमिक्रोनको संक्रमण समुदायस्तरमा नफैलिएको भए पनि जापानले बूस्टर शट रोलआउटहरू तीव्र पार्नुका साथै कोभिड-१९ विरुद्दको औषधिहरूको प्रवर्द्धन गरेर आफ्नो तयारीलाई बलियो बनाउन आवश्यक रहेको प्रधानमन्त्री किशिदाले बताए ।सरकारले हालको… पुरा पढौ

जापानमा बुधबार थप १५ जनामा ओमिक्रोन संक्रमित रहेको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

यस महिनाको ७ देखि १२ तारिखसम्म जापान प्रवेश गरेका १५ जना पुरुष र महिलालाई नयाँ कोरोना भाइरस "ओमिक्रोन स्ट्रेन" को संक्रमण पुष्टि भएसंगै अब ओमिक्रोन स्ट्रेनबाट संक्रमितको संख्या जापानमा ३२ पुगेको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार डिसेम्बर महिनाको ७ देखि १२ गतेसम्म हानेदा, नारिता र कन्साई विमानस्थलमा आएका २० देखि ७० वर्षसम्मका १५ महिला र पुरुष आगन्तुकमा ओमिक्रोन स्ट्रेनको संक्रमण पुष्टि भएको एनएचकेको समाचारमा जनाएको छ । जर्मनी, युनाइटेड किंगडम (बेलायत), संयुक्त राज्य अमेरिका देशबाट आएर विमानस्थलमा क्वारेन्टाइन… पुरा पढौ

जापानमा फेरि चार जनामा ओमिक्रोन संक्रमित भेटियो, हालसम्म १७ जना पुगे

यसै महिनाको ६ देखि ९ गतेसम्म संयुक्त राज्य अमेरिका र अन्य देशबाट जापान प्रवेश गरेका चारजना पुरुष र महिलामा नयाँ कोरोना भाईरसको म्युटेन्ट भाइरस ‘ओमिक्रोन स्ट्रेन’ बाट संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार ओमिक्रोन स्ट्रेनबाट संक्रमण पुष्टि भएको होयहि महिनाको ६ तारिखमा नाइजेरियामबाट नारिता एयरपोर्ट हुदै जापान आएका ४० वर्षीय पुरुष सहित ८ तारिक कान्साइ एयरपोर्टमा आएका २० वर्षीय अमेरिकी नागरिक, सोहि दिन नारिता एयरपोर्टमा केन्याका ३० वर्षीय अर्कों नागरिक त्यस्तै संयुक्त राज्य अमेरिकाबाट… पुरा पढौ