जापान सरकारले समुदायमा ओमिक्रोन फैलिए पनि तत्काल दैनिक जनजीवनका गतिविधिलाई कडा नबनाउने

-


     जनहित न्युज    
     पौष ८ गते २०७८


Spectators applaud during ice dance competition of Japan Figure Skating Championships at Saitama Super Arena, in Saitama, north of Tokyo, Thursday, Dec. 23, 2021. (AP Photo/Eugene Hoshiko)

ओमिक्रोन कोरोनाभाइरस संस्करणको संक्रमण समुदायस्तरमा पहिलो घटना देखिएसंगै जापानले तत्कालका लागि जनताको सामान्य गतिविधिमा प्रतिबन्धित गर्दै कडा कदम नचाल्ने मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले बताएका छन।
बुधवार ओसाका प्रान्तमा विदेश यात्राको रेकर्ड नभएका तीन जनामा कोरोनाभाइरसको ओमिक्रोन संस्करणको संक्रमण भएसंगै जापानमा समुदायस्तरमा पनि ओमिक्रोन फैलिन पुगेको पुष्टि भएपछि ओसामा प्रान्तले संक्रमण फैलावटलाई रोक्ने उद्देश्यले जनवरीको अन्त्यसम्म एक महिनासम्मको लागि होटेल र रेष्टुरान्टमा प्रति टेबलमा सिमित चार जनामात्र बस्नुपर्ने र रेष्टुरेण्टमा बसेर दुई घण्टा भन्दा बढी लामो खान र जमघट गर्न नपाईने गरि प्रतिबन्ध लगाउने निर्णय गरेपछि मुख्य क्याबिनेट सचिव हिरोकाजुको यस्तो भनाइ आएको हो ।
सरकारले ओमिक्रोन संस्करणको संक्रमणलाई नियन्त्रणमा राख्ने गरि आवश्यक सम्पूर्ण कदम चालेको बताऊदै मुख्य क्याबिनेट सचिव हिरोकाजुले भने “जनताको सहज गतिविधिमा तत्काल सरकारले प्रतिबन्धमा कुनै कार्य गर्ने बारे सोचिरहेका छैनौं, तर संक्रमणको अवस्थालाई ध्यानमा राखी नगरपालिका र विज्ञहरूसँगको परामर्शमा एक ठोस निर्णय दिने योजनामा ​​छौं ।”
कोरोना भाईरसको नया भेरियन्ट ओमिक्रोनको बारेमा जनतामा बढ्दो अनिश्चितताको बीचमा प्रधानमन्त्री फुमियो किशिदाले सरकार संक्रमण फैलावटको तनाव व्यवस्थापन गर्नको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन । टोकियोमा भएको एक कार्यक्रममा किशिदाले भने, “हामीले बलियो सीमा नियन्त्रण (नोभेम्बरको अन्त्यदेखि) मार्फत रोकथाम, परीक्षण र प्रारम्भिक उपचारको प्रक्रियालाई बृद्धि गर्ने प्रयासहरू तीव्र बनाएका छौं।”
जापानले नोभेम्बर ३० तारिकदेखि विश्वव्यापी रूपमा नया आगन्तुक विदेशीहरूद्वारालाई आगमनमा प्रतिबन्ध लगाऊदै आएकोमा यस उपायलाई कम्तिमा अर्को वर्षको सुरुसम्म जारी राख्ने बताईसकेको छ।
किशिदाले कोभिड–१९ का बिरामीका लागि पर्याप्त अस्पतालको शैयाका साथै भाइरसबाट सङ्क्रमित फेला परेकाहरूका लागि आइसोलेसनका लागि पर्याप्त मात्रामा होटलका कोठाहरू उपलब्ध गराउने र स्वास्थ्य संस्थाहरूबीचको सहकार्यलाई मजबुत बनाएको पनि बताए ।
संक्रमित परिवारका तीन सदस्यहरू मध्ये एक पुरुष ३० वर्षीय शिक्षक रहेको र अर्की एक महिलाले कोभिड-१९ विरुद्धको दुई वटै डोज खोप प्राप्त गरिसकेको ओसाका प्रान्तको सरकारको स्वास्थ्य मन्त्रालयले भनेको छ ।
संक्रमित परिवारका १० वर्ष मुनिका बालिका सहित तीन जनालाई शनिबार र सोमबारको बीचमा ज्वरोजस्ता हल्का लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
नोभेम्बर ३० मा जापानमा नामिबियाबाट आएका एक व्यक्तिमा पहिलो ओमिक्रोन केस पुष्टि भएसंगै बुधवारसम्म राष्ट्रव्यापी नयाँ संस्करणको कुल सङ्क्रमण १ सय ६० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?