बुधवार ओसाका प्रान्तमा विदेश यात्राको रेकर्ड नभएका तीन जनामा कोरोनाभाइरसको ओमिक्रोन संस्करणको संक्रमण भएसंगै जापानमा समुदायस्तरमा पनि ओमिक्रोन फैलिन पुगेको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्री शिगेयुकी गोतोले पत्रकारसँग कुराकानी गर्दै पश्चिमी क्षेत्रको ओसाकाको घटनाले समुदायस्तरमा ओमिक्रोन फैलिएको मान्नुपर्ने भएकोले यसको नियन्त्रणको लागि सरकारले आवश्यक सबै सावधानी अपनाउने बताए ।
संक्रमित परिवारका तीन सदस्यहरू मध्ये एक पुरुष ३० वर्षीय शिक्षक रहेको र अर्की एक महिलाले कोभिड-१९ विरुद्धको दुई वटै डोज खोप प्राप्त गरिसकेको ओसाका प्रान्तको सरकारको स्वास्थ्य मन्त्रालयले भनेको छ ।
संक्रमित परिवारका १० वर्ष मुनिका बालिका सहित तीन जनालाई शनिबार र सोमबारको बीचमा ज्वरोजस्ता हल्का लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । परिवारका अन्य दुई सदस्यहरू पनि अस्पतालमा ओमिक्रोन परीक्षणको नतिजाको पर्खाइमा रहेकोले उनीहरूलाई पनि ओमिक्रोनबाट संक्रमित भए नभएको केहि नबताइएको छ कि छैन भनेर निर्धारण गर्न प्रान्त सरकारले जनाएको जापानी समाचार माध्यम क्योदो न्यूजले उल्लेख गरेको छ ।
संक्रमित शिक्षकले गत हप्ता शुक्रबारसम्म काम गरेका हुनाले उनी कार्यरत विद्यालयको सबै शिक्षक र विद्यार्थीहरूको पीसीआर परीक्षण गरिने सरकारी अधिकारीहरूले बताएका छन ।
यस घटनालाई मात्र लिएर देशभरि नै ओमिक्रोन भेरियन्टका नयाँ केसहरू व्यापक हुँदै गइरहेको भन्नेमा आफूहरूलाई बिश्वास नभएको मन्त्री गोटोले भने।
यस घटना लगत्तै जापानी प्रधानमन्त्री फुमियो किशिदाले ओमिक्रोन संक्रमणको फैलावट प्रकरणपछि सरकारले आवश्यक कदम चाल्ने सुनिश्चितता गर्ने बताएका छन ।
“हामी जापानमा ओमिक्रोनको संक्रमणको फैलावटलाई रोक्नको लागि परिष्कृत कदमहरू द्रुत रूपमा अघि बढाउने छौ “किशिदाले भने।
ओसाकाका गभर्नर हिरोफुमी योशिमुराले जापानले ओमिक्रोनको रोकथामका लागि कडा सीमा नियन्त्रणका प्रयासहरू अघि बढाएको सन्दर्भमा पनि ओसाका प्रान्तमा चार व्यक्तिहरू भेरियन्टबाट संक्रमित भएको पुष्टि हुनुले आफूहरूलाई गम्भीर बनाएको टिप्पणी गरे ।
संक्रमित चौथो व्यक्तिको भने हालैको विदेश यात्राको रेकर्ड भएको ३० वर्षको पुरुष रहेज छन । उनी सरकारद्वारा तोकिएको नियमानुसार होटल क्वारेन्टाइन बसेका थिए। संक्रमित भेटिएसंगै ओसाका सरकारले परिवारका सदस्यहरूको नजिकको सम्पर्कहरूमा रहेकाहरूको पहिचान गरिसकेको र स्वास्थ्य अधिकारीहरूले परीक्षणहरू गर्ने कार्य सञ्चालन गर्दै उनीहरूको शारीरिक अवस्थाको निगरानी गरिरहेका छन्।
गभर्नर योशिमुराले प्रान्तका बासिन्दाहरूलाई वर्षको अन्त्यका पार्टीहरूमा बाहिर नजान आग्रह गर्दै संक्रमणको फैलावट रोक्ने कार्यमा आवश्यक उपायहरू अपनाउन आह्वान समेत गरेका छन । “समुदायस्तरमा फैलावट रहेकोले अन्य केसहरू पनि हुन सक्ने आशंका सरकारी अधिकारीहरू र भाइरस विज्ञहरूको बैठकमा उनले गरे ।
ओसामा प्रान्तले संक्रमण फैलावटलाई रोक्ने उद्देश्यले जनवरीको अन्त्यसम्म एक महिनासम्मको लागि होटेल र रेष्टुरान्टमा प्रति टेबलमा सिमित चार जनामात्र बस्नुपर्ने र रेष्टुरेण्टमा बसेर दुई घण्टा भन्दा बढी लामो खान र जमघट गर्न नपाईने गरि प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।
गर्मी याममा संक्रमणको रेकर्ड संख्या बढ़ने आकलनसंगै केन्द्र सरकारले संक्रमणको छैटौं लहरको लागि तयारी गरिरहेको समेत छ ।