स्वास्थ्य

मानसिक स्वास्थमा भोजनको प्रभाव

चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार “सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य स्थापित मान्यता हो । केही खाद्य वस्तुको विशेष भूमिका रहन्छ ।” सुक्ष्म पोषण तत्वसहित रेशादार पदार्थ प्रचुर मात्रामा भएको खाना विशेषरूपले मानसिक स्वास्थ्य सबल पार्न मद्दत गर्छ । जति सक्यो कम प्रशोधन… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा हेम्जा, पोखरामा निःशुल्क स्वास्थ्य शिविर, ३ सयभन्दा बढी लाभान्वित

पोखरा – नेपाली जनप्रगतिशील मञ्च जापानले कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मञ्चले सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार वृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिक प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला संग सम्बन्धित विभिन्न रोगहरूको परीक्षण गरिएको थियो । सोही अवसरमा विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको छ । शिविरबाट विशेषगरी पोखरा-२५, हेम्जाका साथै छिमेकी गाउँपालिकाका गरि ३ सयभन्दा बढी नागरिकहरूले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको… पुरा पढौ

जाडोमा “सुपर फुड”

अहिले विभिन्न विज्ञापनमा “सुपर फुड” भनेर अनेकथरिका खानेकुराको फोटो आउँछ। हामीमध्ये कति त होला नि त्यो सुपर फुड (अर्थात अत्युत्तम भोजन) भनेर किनिहाल्छौँ महँगोमा। प्रयोग गर्दा दंग पछौँ–“आहा सुपर फुड खाइयो”। तर यो वास्तविक हो र?‘सुपर फुड’ के हो त भन्दा कतिलाई जानकारी नै हुन्न। महँगो राम्रोसँग प्याकेटमा राखिएको विदेशी कम्पनीको भोजन सुपर फुड हो भन्ने विचार हाम्रो हुन्छ।तर अनेक अनुसन्धानकर्ताले विभिन्न भोजनको विश्लेषण गरेर दैनिक पोषण कस्तो खानुपर्छ ? के के ‘सुपर फुड’ छन् भनेर लेखेका छन्। वास्तवमा हाम्रो… पुरा पढौ

बेबी सावर

'बेबी सावर' शब्दको सिधा अर्थ बच्चालाई नुहाउने भन्ने हुन्छ । तर, पेटभित्रको बच्चालाई नुहाउन सम्भव छैन । 'सातपत्र छोपेर ठूलो पारेको पेट जसको पनि हात राखेर देखाउनुपर्ने यो कस्तो चलन आयो ? कोठामा पर्दा किन चाहियो ? कुकुर बिरालो जस्तै गरे भैगो नि ! खै ! आफ्नो त दुईटा म्याक्सीले छोपेर जन्मिए दुई सन्तान । यो 'बेबी सावर' भन्ने सुनेको पनि थिएन । नेपाली संस्कार पनि होइन । मलाई मन पनि पर्दैन ।' बानेश्वरकी पार्वती भट्टराईले फेसनको रूपमा बढ्दै गएको… पुरा पढौ

गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसुति सेवा

बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसुति गराइएको छ । नगर अस्पतालका डाक्टर राजेश पौडेलसहित सात जनाको टोलीले ताराखोला गाउँपालिका–४ को कुशुम विकको शल्यक्रिया गरि प्रसुति गराइएको हो । गत मंगलबार राति सुत्केरी ब्यथा लागेर नगर अस्पताल आउनु भएकी विकको गर्भमा रहेको बच्चाको धडकनमा समस्या (फिटल डिस्ट्रेस) भएको कारण शल्यक्रिया गरि बच्चा निकालिएको गलकोट नगर अस्पतालका प्रमुख डाक्टर राजेश पौडेलले जानकारी दिनुभयो । मंगलबार राति अस्पताल आउनु भएकी विकलाई भर्ना गरेर राखेकोमा विहान बच्चाको धडकनमा समस्या आएपछि स्वास्थ्यकर्मी तत्काल… पुरा पढौ

जापान- विकसित देशमा पनि कम वजनको चिन्ताजनक प्रवृत्ति

५ फीट ४ इञ्च उचाइ भएकी सारा मिजोगुची किशोरी हुँदा उनको वजन निकै कम थियो। “म जुन बेला पनि खानेकुराबारे सोचिरहेकी हुन्थेँ र सधैँ भोकै हुन्थेँ। मैले वर्षमा एक दिन आफ्नो जन्मदिनमा बाहेक केक खाँदैन्थेँ। त्यो क्रम तीन चार वर्ष चल्यो। म पटक्कै खुसी थिइनँ।”  अहिले २९ वर्ष पुगेकी साराको जस्तै अवस्था जापानमा धेरैको छ। त्यसैले युवतीहरूमा कम वजन एक गम्भीर समस्या बनेको छ।  सन् २०१९ मा जापानको स्वास्थ्य मन्त्रालयले गरेको एउटा सर्वेक्षणले २०.७ प्रतिशत अर्थात् २० देखि २९ वर्षका… पुरा पढौ

गलकोटमा डेङ्गी र स्क्रब टाइफसका ५८ बिरामी बढे

बागलुङ । जिल्लामा साउनयता २६ जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् । बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेङ्गी र स्क्रब टाइफसको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । साउनमा जिल्लाभर २६ जनामा डेङ्गी पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुईजनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो ।  “गलकोट डेङ्गी मात्रै हैन स्क्रब टाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ”, जनस्वास्थ्य निरीक्षक घिमिरेले भन्नुभयो, “अहिले… पुरा पढौ

स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन् ।साथै उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए ।  मन्त्री पौडेलले मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनैपनि माला र खादा लगाउन मानेनन् ।काठमाडौँ- ५ बाट… पुरा पढौ

‘हामीले नेपालमा बनाएको एन्टिबडी हार्वर्ड, क्याम्ब्रिजमा अनुसन्धानमा प्रयोग हुन्छ’

‘हामीले अहिले शिखर सिफिक्स भन्ने कभर स्लिप बनाएका छौं जसलाई सेल कल्चर ल्याबहरूमा अनुसन्धानका लागि प्रयोग गरिन्छ। यो कभर स्लीप स्वीट्जरल्यान्ड, अमेरिका, यूके, जापान, चीन, भारत र सिंगापुर जस्ता देशमा प्रयोग भएको छ।’सामान्य परिवारमा जन्मिएकी बाग्लुङकी सुनीता घिमिरे गौतमले जापानको सबैभन्दा ठूलो र प्रतिष्ठित अनुसन्धान संस्था न्याशनल रिसर्च एन्ड डेभलपमेन्ट एजेन्सी (रिकेन)मा काम गर्ने अवसर पाइन्। रिकेनमा आफ्ना ११ वर्ष बिताइन्, मोलिक्यूलर बायोटेक्नोलोजीमा पीएचडी सकिन् र रिकेनको ब्रेन साइन्स इन्स्टिच्यूटबाट पोस्टडक्टरल रिसर्च गरिन्। सन् २०२० मा रसायनशास्त्रतर्फ नोबल पुरस्कार विजेता… पुरा पढौ

गर्भनिरोधक चक्कीको जथाभाबी सेवन बढ्दो, चिकित्सक भन्छन्- भविष्यमा आमा बन्ने चाहना नहुनसक्छ पूरा

नयाँ बानेश्वरस्थित आभास मेडिकल स्टोरमा एक युवतीले गर्भ निरोधक चक्की मागिन् । ती युवतीले गर्भ निरोधक चक्की मागेपछि मेडिकल सञ्चालक आभास पौडेलले ‘इ–कोन’ नामक पिल्स दिए । युवतीले एक सय रुपैयाँ सुभाषलाई दिएर आफ्नो बाटो लागिन् ।  पछिल्लो समय आकस्मिक गर्भनिरोधक चक्कीको माग बढेको मेडिकल सञ्चालक आभास बताउँछन् । ‘पहिले फाट्टफुट्ट बिक्री हुन्थ्यो । तर, हिजोआज दैनिक १०–१५’ जनासम्मले आकस्मिक गर्भ निरोधक चक्की खरिद गर्छन् । महिला पुरुष दुवै खरिद गर्न आउने भए पनि प्रायः पुरुष मानिसले नै बढी खरिद… पुरा पढौ