हालकै खोपले ओमिक्रोनबाट जोगाउन सक्छ: डब्ल्यूएचओ

-


     जनहित न्युज    
     मंसिर २३ गते २०७८


एजेन्सीः विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले हाल प्रयोगमा रहेका खोपहरूले नै ओमिक्रोन भेरियन्टविरुद्ध काम गर्न सक्ने बताएको छ।दक्षिण अफ्रिकाको एक ल्याबमा गरिएको परीक्षणपश्चात् यस कुराको पुष्टि भएको हो।

दक्षिण अफ्रिकी अध्ययनका अनुसार फाइजरको खोपले ओमिक्रोनविरुद्ध पहिलो भेरियन्टको तुलनामा ४० प्रतिशत कम प्रभावकारी काम गरेको निष्कर्ष निकालेको छ। अनुसन्धानकर्ताहरूका अनुसार फाइजरको अत्याधिक मात्राले भने नयाँ भेरियन्टलाई निष्क्रिय बनाएको छ।

डब्ल्यूएचओका आपत्कालीन निर्देशक माइक रायनका अनुसार खोपले ओमिक्रोनको विरुद्ध काम नगर्ने कुनै संकेत फेला नपरेको पनि बताए। उनले डेल्टा वा अन्य भेरियन्ट जस्तो ओमिक्रोनले मानिसलाई सिकिस्त समेत नबनाएको बताए।

तर खोपको एण्टीबडीबाट भाग्न सक्ने क्षमता भने ओमिक्रोनमा रहेको अध्ययनले देखाएको दक्षिण अफ्रिकी अनुसन्धानकर्ताहरूको दावी छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?