A police officer stands in the arrivals hall of Haneda airport in Tokyo on November 8, 2021, as Japan eases border rules to allow business visitors amid the Covid-19 pandemic. (Photo by Charly TRIBALLEAU / AFP)
कोभिड-१९ कोरोनाभाइरसको नया भेरियन्टको”ओमिक्रोन” देखा परेपछि डेल्टा भन्दा ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै विश्वका धेरैजसो मुलुकहरूले फेरि हवाई यात्रा रोक्न सक्ने बताएका छन ।
विश्व स्वास्थ्य संगठनको प्यानलले “ओमिक्रोन” भेरियन्ट ट्रान्समिसिबल भेरियन्टहरूको तुलनामा अत्यधिक संक्रमणको जोखिम बढाउन सक्ने रहेको डब्ल्यूएचओले भनेको छ । यो भेरियन्टले कोभिड-१९ संक्रमित भएर निको भएका व्यक्तिलाई फेरि संक्रमित हुने जोखिम हुन सक्ने जानकारहरूले बताएका छन । यो भेरियन्टले विश्वव्यापी संक्रमणको अधिक तरंग बढाउनसक्ने पनि बताईएको छ ।
संयुक्त राज्य अमेरिका र क्यानाडाले दक्षिणी अफ्रिकाका आगन्तुकहरूमा यात्रा प्रतिबन्ध लगाएका छन भने युरोपियन युनियन र अन्य धेरै देशहरूले समेत दक्षिणी अफ्रिकी मुलुकका नागरिकलाई आगमनलाई रोकेका छन । ओमिक्रोन नामक भेरियन्ट दक्षिणी अफ्रिकातिर नै उत्पत्ति भएको मानिन्छ।
यता विश्वव्यापी तनावको रूपमा सृजना भएको ओमिक्रोन भेरियन्टको संक्रमणलाई फ़ैलिन नदिनको लागि जापानले उच्च सतर्कता अपनाइने भएको छ ।
प्रधानमन्त्री फुमियो किशिदाले पत्रकारहरूसँग कुरा गर्दै सरकारले “सीमा नियन्त्रण उपायहरू दृढताका साथ लागू गरिएको छ” भन्ने कुरा सुनिश्चित गरिने बताएका छन ।
जापानले विदेशी नागरिकलाई जापान प्रवेशमा सहज बनाएको केहि हप्ता पछि नै फेरि दक्षिण अफ्रिकाबाट आउने जापानी र विदेशी नागरिकहरूका शनिबारदेखि प्रवेशमा कडाइ गरेको छ ।
कोभिड-१९ को नया भेरियन्ट देखिएको र क़ोरोना संक्रमणलाई रोकथाम गर्नका लागि भन्दै अफ्रिकी मूलकका बोत्सवाना, इस्वाटिनी, लेसोथो, नामिबिया, र जिम्बाब्वे गएका व्यक्तिहरूले उनीहरूको आगमनमा जापान सरकारले तोकिए बमोजिमको १० दिनको क्वारेन्टाइन र अन्य मापदण्ड पालना गर्नुपर्ने नियम लागु गरिएको क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले बताएका छन ।
मात्सुनोले पत्रकार सम्मेलनमा गर्दै ओमिक्रोन भनेर चिनिने नयाँ भेरियन्टको क़ोरोना भाइरस संक्रामकको प्रबल सम्भावना रहेकोले जापानले आफ्नो “उच्च स्तरको सावधानी” का लागि ती देशबाट आउने आगन्तुकमा कडाइ गरिएको बताएका हुन । ओमिक्रोन नामक क़ोरोना भाईरसका लागि खोपहरूको प्रभावकारितामा समेत खतरा हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर यो कदम चालिएको बताईएको छ ।
मात्सुनोले भने, “यदि स्थिति बिग्रियो भने हामी छिट्टै नया कदम चाल्नेछौं।” उनले भने, “जटिल समस्या अघिको संकट व्यवस्थापनको गर्न यो तयारी गर्नु परेको हो।”
धेरै देशहरूले दक्षिणी अफ्रिकाबाट यात्रा प्रतिबन्ध गर्ने योजनाहरू पनि घोषणा गरेका छन्, जहाँ यो पहिलो पटक पत्ता लागेको थियो, प्रमुख ट्राभल हब कतार, जापान, संयुक्त राज्य अमेरिका, बेलायत, साउदी अरेबिया, कुवेत र नेदरल्यान्ड सहित इजरायलले आफ्नो सिमाना विदेशी नागरिकहरूका लागि बन्द गरेको छ ।
यही डिसेम्बरबाट अन्र्तराष्ट्रिय सीमा खुकुलो पार्दै आर्थिक र सामाजिक रुपमा सामान्य अवस्थामा फर्किने तयारी गरिरहेको अष्ट्रेलियालाई कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले आफ्ना पूर्व घोषणामा पुनर्विचार गर्न बाध्य पार्दैछ ।
अष्ट्रेलियामा पनि ओमिक्रोन भेरियन्ट देखा परीसकेकाले उच्च सर्तकताका लागि अन्र्तराष्ट्रिय सिमामा कडीकडाउ गर्न थालिएको छ । दक्षिण अफ्रीकाबाट फैलिएको यो तिब्र सँक्रमित हुने नयाँ भेरियन्टले महामारीको रुप लिन नपाओस् भनेर अष्ट्रेलियाले अफ्रीकी मुलुकसँगको सीमा बन्द गरेको छ । अफ्रीकाबाट गएको १४ दिनभित्र प्रवेश गरेकालाई पनि क्वारेन्टीनमा बस्नुपर्ने नियम तय गरिएको छ ।
ओमिक्रोन भनेर चिनिने भेरियन्टले महामारीसँग लड्ने विश्वव्यापी प्रयासहरूमा शंका उत्पन्न गरेको छ किनभने यो अत्यधिक संक्रामक छ भन्ने डरले धेरै देशहरूले लक डाउनका उपायहरू पुन: लागू गर्न बाध्य हुनसक्ने सम्भावना रहेको बताएका छन । वैज्ञानिकहरू भारी उत्परिवर्तित तनाव उत्पन्न हुने खतरा औल्याइरहेका छन । विशेष गरी यसले हाल प्रयोगमा ल्याइएको खोपहरूलाई समेत वेवास्ता गर्न सक्छ।