६५ वर्ष उमेर तथा कोरोना लाग्ने उच्च जोखिममा भएकाहरुलाई तेश्रो खोप लगाउन सिफारिस

- पूर्ण खोप लगाएको ६ महिना पछि फाइजरको खोपको बूस्टर डोज(अधिवर्धक अर्थात तेश्रो खोप )को आपतकालीन उपयोग

-


     जनहित न्युज    
     असाेज २ गते २०७८


अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडिए)का खोप सल्लाहकारहरुले ६५ बर्ष उमेर माथिका तथा कोरोना लाग्ने उच्च जोखिममा भएकाहरुलाई तेश्रो खोप लगाउन सिफारिस गरेको छ । अर्थात् पूर्ण खोप लगाई सकेकाकालाई पनि लगाउन सिफारिस गरेको छ । सेप्टेम्बर १७ शुक्रबारका दिन बुस्टर डोज अर्थात् अभिवर्धक खोप लगाउन मतदान गरि सिफारिस गरेको छ ।

लामो समय देखि नै बाइडेन प्रसासनले सेप्टेम्बरको २० को वरिपरि तेश्रो खोप ल्याउने पहिले नै योजना बनाई रहेको समयमा एफडिएका खोप सल्लाहकारहरुले सिफारिस गरे पछि सुनमा सुगन्ध भएको छ ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९३ प्रतिशत र पूर्ण खोप ८२.७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

सल्लाहकारहरुले ६५ वर्ष वा माथिका मानिसहरु र गम्भीर कोभिड -१९ को उच्च जोखिममा रहेकाहरुलाई पूर्ण खोप लगाएको ६ महिना पछि फाइजरको खोपको बूस्टर डोज(अधिवर्धक अर्थात तेश्रो खोप )को आपतकालीन उपयोगको लागि सिफारिस गर्न मतदान गरेका छन् ।

एफडीएको खोप र सम्बन्धित जैविक उत्पादन सल्लाहकार समितिका सदस्यहरुले १६ बर्ष र त्यस माथिका सबैमा फाइजरको खोपको अधिवर्धक खुराक (बुस्टर डोज )अनुमोदनको लागी दिएको आवेदनलाई अस्वीकार गरे पछि यो निर्णय आएको हो ।

समितिका सदस्यहरुले युवा वयस्क र किशोरमा तेश्रो खुराक खोपको सुरक्षाको बारेमा सन्देह व्यक्त गरेका छन् । तेश्रो खुराकको सुरक्षा र दीर्घकालीन प्रभावकारिताको बारेमा तथ्यांकको कमीको बारेमा गुनासो समेत गरेका छन् ।

केही सल्लाहकारहरु – खोप विशेषज्ञहरु, रोग प्रतिरोधक क्षमता बिज्ञहरु, बाल रोग विशेषज्ञहरु, संक्रामकरोग विशेषज्ञहरु र जनस्वास्थ्य विज्ञहरुको समूहले यो प्रक्रिया हतारमा ल्याइको भनि धेरै सदस्यहरुले बैठकमा थप तथ्यांक हेर्न चाहेको भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

समूहले सर्वसम्मतिले अधिक सीमित उच्च जोखिम समूहको लागी अधिकारलाई समर्थन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?