कुनै एउटा व्यक्तिको खराब मनशायका कारण सुरु हुन्छ, समाजमा विकृति र विसगति जस्तो नकारात्मक व्यावहार । त्यसैले त परिवार, समाज र समुदायमा त्यो विकृति भन्ने शब्दको व्युत्पति भएको हुनसक्छ । भनिन्छ, मध्यपान सेवनको सुरुवात र निरन्तरता पहिलो त पारिवारिक रोग हो भने दोस्रो सामाजिक रोग पनि हो । जसले सेवन गर्नेलाई मात्र नभएर त्यस परिवारको सम्पूर्णलाई घातक प्रभाव पारेको हुन्छ । त्यसो त प्रयोग गर्ने व्यक्तिको जीवनमा जति असर पुर्याउँछ ।
त्यो भन्दा पनि बढि असर तिनका बालबच्चाहरु माथि पर्न गएको पाईन्छ । श्रीमान् श्रीमतिको अनुपम सम्बन्धमा त्यहि रक्सीको समस्या विकराल बन्न पुग्छ र उनीहरु मध्ये एकले अर्कालाई त्याग्ने ठुलो निर्णयमा पुग्दछन् । ती निर्दोश बालबच्चाहरुले नत आफ्ना बुवा आमा नै छाड्न सक्छन् न त समस्याबाट पार पाउन नै । त्यसरी एक रक्सीवाजका छोराछोरीहरु साच्ची नै परिस्थिति र भावनाको जंजिरमा पिल्सिन बाध्य वनेका हुन्छन् । अझै न त व्यक्त गर्न सक्छन् न त मुक्ति नै पाउन् ।
जब कुनै बालबालिका Alcoholic parents सँग बस्नुपर्ने बाध्यता हुन्छ । तव उसले आफ्नो वाल्यकालको सम्पूर्ण मिठासपनलाई गुमाउनु पर्दछ । अरुको नजरमा त्यो वच्चा अरु जस्तै देखिन्छ । हिडडुल पनि गर्छ, देखावटी रुपमा समानान्तर त छ । तर सुष्म रुपमा अध्ययन गर्ने हो भने हो भने उसको मुहारमा पिडाहरु दौडी रहेका हुन्छन् हो । उसको व्यावहार अन्य कुनै बालबच्चाहरुको जस्तै त हुन्छ तर उसले रमाइलो गर्न सकिरहेको हुदैन । उ केवल मात्र बाचिरहेको हुन्छ । अन्य परिस्थितिमा हाम्रो कोरा समाजमा यस्ता खाले परिवारिक बाल शोषण रुपी पिडाहरुलाई वास्तबिकतामा कसैले पनि ध्यान दिएको पाइदैन । भने अर्कोतर्फ कसैले यस्तो खालको सूचनाहरु पाएता पनि रहस्य बुझ्ने प्रयास गरेको पाइदैन ।
समुदायमा रहेर एउटा ठिक अवस्थाको पारिवारिक वातावरण युक्त बच्चाहरुले fild गर्ने कुराहरु रक्सीवाजका बच्चाहरुले fild गर्न सक्दैनन् । एउटा सामाजिक अविभावकको स्वास्थ्य बच्चाको खुसी, उमङ्ग, स्वतन्त्रता, निर्देषिता र अभावविहिन पारिवारीक आन्नदमा रमाएको हुन्छ, उसँग कुनै त्यस्तो त्रासदिपन हुदैन । त यस्तै कुनै एक रक्सीवाजको बच्चाले कुनै चञ्चलता देखाउदैन । उसका इच्छा र चाहनाहरु पनि उपयुक्त सज्जन परिवारको बच्चाले जस्तै fild गर्न पाउँ भन्ने त हुन्छ ।
जब कुनै बालबालिका Alcoholic parents सँग बस्नुपर्ने बाध्यता हुन्छ । तव उसले आफ्नो वाल्यकालको सम्पूर्ण मिठासपनलाई गुमाउनु पर्दछ । अरुको नजरमा त्यो बच्चा अरु जस्तै देखिन्छ । हिडडुल पनि गर्छ, देखावटी रुपमा समानान्तर त छ । तर सुष्म रुपमा अध्ययन गर्ने हो भने उसको मुहारमा पिडाहरु दौडी रहेका हुन्छन् ।
तर स्वाभावमा उ आफ्नै परिवारका कारण आफुलाई संधै निरिह सम्झदै जान्छ । उ कता कता शक्तिहिन छु जस्तै ठान्छु । रक्सीवाजले घरमा प्रायजसो उग्र समस्या निम्त्याउने हुदाँ परिवारका सबै सदस्यहरुको ध्यान उक्त रक्सीवाज माथि नै हुन्छ । जसले गर्दा बच्चामाथि पर्न गएको नकारात्मक असरप्रति त्यहाँ कसैको ध्यान पुग्दैन । यदि दृष्टिगत गर्न खोजे पनि समय र उपयुक्त परिस्थिति जुट्न सक्दैन् । अकोतर्फ बच्चाले पनि अविभावकको ध्यानाकार्षण गराउन सकिरहेको हुदैन । फलस्वरुप उसले कुनै कुराकाे चाहाना गर्न कुनै कुराको आवश्यकता महशुस गर्ने र आफ्नो इच्छा ब्यक्त गर्न नहुने कुरा सिक्छ ।
यी र यस्तै यावत कारणले आघात पर्न जान्छ । जुन परिस्थितिबाट उन्मुक्ति पाउन नसकेका बच्चाहरु जसले आफ्नो परिचय गुमाउन पुग्दछ । उनका अभिव्यक्ति क्षमता हुदैन । यी बच्चाहरु चिन्ता, निराश र तनाव जस्ता भावनात्मक समस्याहरुमा अनवन्धित हुन्छन् । त्यसमाथि बिद्यालयका थुप्रै समस्याहरु थपिने गर्दछन् । जसलाई आफ्ना अभिभावकको ध्यानाकर्षण र समाधान गर्ने क्षमता हुदैन उनीहरुमा । सामुहिक कार्यमा समाहित गर्न कठिन ठान्छन् आखिर यो बच्चा विस्तारै वयस्क हुदै जान्छन् र हिजोका दिनहरुमा आफुले सुनेका ,देखेका र भोगेका कुराहरु आँखा आगाडी फिल्मी पर्दामा जस्तै एकपछि अर्को गर्दै स्मरण हुन्छ । उनीहरु कुनै विकल्प सोच्न सक्दैनन् फलत आफ्ना ती रक्सीवाज बुबाआमा जस्तै आफु पनि भविष्यमा नशाको शिकार बन्ने प्रवल संभावना बोकेका हुन्छन् ।
आफुले गरेको गल्ती स्वीकार नगर्नु एकले अर्काेलाई दोषारोपण गर्नु वाचा कसम पुरा गर्न नसक्नु यावत परिस्थिति सामान्य ठान्छन् ती रक्सीवाजको श्रीमतीले सकेसम्म आफ्नो श्रीमानको रक्सीको समस्यालाई समाजमा ढाक छोप गर्ने गर्दछन् । बच्चाले पनि बुबाबाट थुप्रै आश्वासन पाएको हुन्छ त ती सबै झुठमा परिणत हुन्छन् । त्यसकारण बच्चाले झुठ बोल्ने ठिक हो भन्ने सिक्दै जान्छ ।
समस्याहरु
क) Role model को अभाव ः–स्वाभाविक प्रकृया हो कि कुनै पनि बच्चाहरु जन्मदै उ के कस्तो खालको छ भन्ने छुट्याउन सक्ने पक्कै हुदैन । पछि उ हुर्किदै बढ्दै जान्छ, अनुभव गर्न सक्ने पनि हुन्छ । अनि उ जे देख्छ जे सुन्छ त्यहि गर्छ एउटा रक्सीवाजको परिवारमा ती बालबच्चाले अपराध बोध वादविवाद झुट रिस र तनाव जस्ता नकरात्मक पक्ष्यहरु देख्ने र अनुभव गर्ने गरेको हुन्छ । गाली खेप्नु कुटाई पिटाई उसको दिनचर्या जस्तै बनेको हुन्छ । त कहिले काहिँ त जडिया बाबु—आमाले असाध्यै माया गरेको साहनुभूति र हेरचाह गरेजस्तो व्यावहार देखाउछन् । कता कता उनीहरुको असल बुबा—आमा जस्ते अनुभूति गराउँदछन् । बच्चाहरुले मागेका कुराहरु पुरा गर्ने बाचा गर्छन । तर केहि समयको छोटो अन्तरालमा त्यहि हिजोका बाबु—आमा पूर्णरुपमा फरक पाउछन् । जब त्यहाँ पिउन सुरु गरिन्छ तब घर परिवार बालबच्चा र समस्या सबै बिर्सिन्छन बालबचचाहरु आफ्ना अविाभावकलाई कुरिरहेका हुन्छन् र चिन्तित बन्छन । जब बाबु—आमा घरमा अनायासै झगडा हुन्छ बालबच्चाहरु एकदमै डराउदै बच्चाहरुले के भन्ने के नभन्ने निर्णय लिन सक्दैनन् । अब यहाँ के हुदै छ भन्ने निश्चितसम्म गर्न कठिन हुन्छ उनीहरुलाई । ती बालबच्चाहरुका सम्पूर्ण आशा र अभिलाशा निराशामा परिणत हुन्छन् उता बाबुले बच्चासँग गरेको बाचाहरु भ्ुालिसकेको हुन्छ । यी सब कुरा नमीठो र अनौठो लाग्छ बच्चाहरुलाई । बुुबाबाट सिक्नु पर्ने कुरा सिक्नबाट बञ्चित हुन्छन् । तिनीहरु आफुलाई कता कता असाह्य र निष्कृय ठान्छन् ।
ख) झुठो बोल्ने ः– रक्सीवाजका बालबच्चाहरु प्राकृतिक र सहज रुपमा झुट बोल्ने मनोवृतिका हुन्छन् । उक्त घरका लागि झुट सहज बनेको हुन्छ । जस्तो कि आफुले गरेको गल्ती स्वीकार नगर्नु एकले अर्काेलाई दोषारोपण गर्नु वाचा कसम पुरा गर्न नसक्नु यावत परिस्थिति सामान्य ठान्छन् । ती रक्सीवाजको श्रीमतीले सकेसम्म आफ्नो श्रीमानको रक्सीको समस्यालाई समाजमा ढाक छोप गर्ने गर्दछन् । बच्चाले पनि बुबाबाट थुप्रै आश्वासन पाएको हुन्छ त ती सबै झुठमा परिणत हुन्छन् । त्यसकारण बच्चाले झुठ बोल्ने ठिक हो भन्ने सिक्दै जान्छ । सत्य, र सभ्यताले उक्त घरमा कहिलै बास पाउदैँन् झुठ बोल्नुमा उनीहरु कहिलै अपराध बोध हुदैन किन कि उनीहरु ठान्छन् झुट बोल्नु कुनै खराबी होईन् भनेर । र इमान्दारितादेखि ती बालबच्चा टाढा हुन्छन् ।
ग) आत्मसम्मान नहुनु ः– low soft esteem ले गर्दा आफैलाई हेर्ने दृष्टिकोणमा एकदमै नालायक ठान्नु । आत्मसम्मान कति हुन्छ भन्ने कुरा थाहा पाउन जो सुकैलाई पनि आत्मा बारेमा ज्ञान हुनुपर्दछ । तर ती बच्चाहरुमा आत्म परिचय नै हुदैन उसका परिवारका मानिसहरुले दिने नकरात्मक सन्देशलाई उसले आत्मसाथ गदै गईरहेका हुन्छ कहिले कहि त एक अर्कासँग बाझिएको दोहोरो सन्देश पनि पाउछ उसलाई कुन पक्ष ठिक हो वा बेठिक भन्ने थाहा हुदैन । उसलाई गल्ती औल्याई दिए पनि असत्य र नकरात्मक कार्यप्रति उन्मुख हुने लत बसिसकेकोृ हुन्छ । सत्य कामप्रति उसको आत्मबल घटिसकेको हुन्छ ।
ती रक्सीवाजको श्रीमतीले सकेसम्म आफ्नो श्रीमानको रक्सीको समस्यालाई समाजमा ढाक छोप गर्ने गर्दछन् । बच्चाले पनि बुबाबाट थुप्रै आश्वासन पाएको हुन्छ त ती सबै झुठमा परिणत हुन्छन् । त्यसकारण बच्चाले झुठ बोल्ने ठिक हो भन्ने सिक्दै जान्छ । सत्य, र सभ्यताले उक्त घरमा कहिलै बास पाउदैँन् झुठ बोल्नुमा उनीहरु कहिलै अपराध बोध हुदैन किन कि उनीहरु ठान्छन् झुट बोल्नु कुनै खराबी होईन् भनेर । र इमान्दारितादेखि ती बालबच्चा टाढा हुन्छन् ।
घ) तनाव ः– उक्त बच्चाहरु माथि कहिल्लै पनि बुबा आमाले उपयुक्त स्याहार सम्भार र समय दिएका हुदैनन् । रक्सी नै नपिएता पनि बुबाको कारणले गर्दा उसको आमा बच्चासँग झर्कने, रिसाउने , र चिडिने जस्ता व्यवहार गरेको पाईन्छ । बच्चा केवल एक्लै तड्पिन्छ बच्चाले के सिक्छ भने उसलाई जुनसुकै कुराको आवश्यकता भए पनि त्यहाँ उसलाई सहयोग गर्ने मेरो कोही छैन् भन्ने कुरा सिक्छ । यस्तो खाले परिस्थितिले बच्चालाई आत्मग्लानी , असहाय, एक्लोपन र निराश बनाउदै लैजान्छ । अन्तत उसको जीवनमा अमिट तनाव सृजना हुन्छ ।
रक्सीवाजको घरका अलिखित तिन नियमहरु
१. don’t talk -यस्ता बच्चाहरु कहिल्यै पनि घर कुराहरु बाहिर भन्ने गर्दैन्न घरमा दिनहँु जस्तै हुने असहज अवस्था र चिच्याउने,रुने कुटपिट बारेमा साथीहरु, शिक्षक, आफन्त र कुनै पनि स्थानमा कहिल्यै पनि भन्दैन्न यो बच्चालाई तिनै रक्सीवाज वुवाआमाले घरको कुरा बाहिर मानिस भने कुट्ने पिछ्ने जस्ता धम्की दिएका हुन्छन् । त्यसैले उनीहरु बाहिर भन्ने चेष्टा गर्दैनन् ।
२. Don’t trust :-बुबा आमाबाट पाएका बाचाहरु र आश्वासन जहिले पनि भंग र झुठमा परिणत हुने हुनाले बच्चाहरुले कसैलाई पनि विश्वास गर्न हुन्न भन्ने सिकेका हुन्छन । घरमा विश्वासको वातावरण कहिल्लै हुदैन सत्य, र सभ्यताको अनुभव उक्त घरमा कहिल्लै हुदैन् बुवाले बच्चालाई कुनै ठाउँमा घुमाउन लैजाने बाचा त गर्छ । तर पटक पटक भाकालाई पछाडी सारी दिन्छ । भोलि भोलि भन्दै वर्षौसम्म बिताई दिन्छ बच्चाको लागि त्यो सत्य कहिल्यै आउदैन् । उसले त्यहि कुराको मनन गरेको हुन्छ कि उ सोच्छ भै गो अब कसैमाथि विश्वास गर्नु व्यर्थ छ, पत्यारै नगरौँ भन्ने खालको हुन्छ ।
३. Don’t feel:- यस्ता बालबच्चाहरुले भावना भनेको के हो यो कस्तो हुन्छ भन्ने कुराको कुनै निश्चित आभाष नै पाउन सकेको हुदैन् बुवा आमाबाट उसको भावनाहरु दवाइएको हुन्छ । विद्यालयमा राम्रो अंक ल्याएर आमालाई देखायो भने बुवाको व्यवहारबाट दिक्दार भई झर्कदै उसको कुरा वास्तै नगरी उल्टै उसैसँग रिस पोख्ने गर्दछिन् । यसले गर्दा बच्चाहरु आप्mना भावनाहरु कसैसँग पोख्नु हुदैन भन्ने कुरा सिक्दछन् । र पछिपछि त भावनाहरु वास्तवमा खराब पो हुदो रहेछ भन्ने सो तहको महशुस गर्दै जीवनलाई त्यहि आफ्नो परिवार अनि तिनै रक्सीवाज वुवा आमाको कारणबाट निरन्तर अन्धकार गुफातिर धकेली रहेकाे हुन्छ ।