अक्सिजन प्लान्ट बनाउन धाैलागिरि अस्पताललाई ३ करोड

-


     दिनेश थापा     
     जेठ ८ गते २०७८


बागलुङ/ धाैलागिरि अस्पताल बागलुङमा काेराेनाका बिरामी बढेपछि उपचारमा समस्या भएको खबर संचार माध्यम बाट पटकपटक प्रशारण भएपछि सरकारले ३ करोड रूपैयाँ पठाउने निर्णय गरेको छ ।

सरकारले अक्सिजन प्लान्ट ,भेन्टिलेटर ,लगायत तत्काल चाहिने स्वास्थ्य उपकरण खरिद गर्नकाे लागि ३ करोड बजेट आएपछि अहिले भइरहेको असहज परिस्थिति सहज हुने देखिन्छ । गण्डकी प्रदेशको पहिलो काेराेना अस्पताल धाैलागिरि अस्पताल बागलुङकाे स्वास्थ्य स्तर बृद्वि गर्न सरकारले ३ करोड बजेट छुट्टाएकाे छ ।

बागलुङ जिल्लामा काेराेना भाइरस काेभिड १९ काे नयाँ भेरिएन्ट समुदायस्तरमा फैलिएपछि काेराेना संक्रमित बिरामी धमाधम अस्पतालमा भर्ना हुन थालेपछि अक्सिजन भेन्टिलेटर अभाव हुदा बिरामीकाे उपचारमा समस्या भएको खबर एभिन्युज टेलिभिजनमा प्रशारण भएपछि सरकारले ३ करोड रकम पठाएको धाैलागिरि अस्पताल ब्यबस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए ।

अस्पतालमा भएको अक्सिजन प्लान्ट धेरै बिरामीको उपचार गर्न गार्‍हो भइ अक्सिजन भर्न पाेखरा पुग्नुपर्ने समस्या लाई हल गर्न ठूलो प्लान्ट बनाउन बजेट गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय मार्फत पठाएको हाे । अहिले जनताको स्वास्थ्य उपचार सहजरूपमा गर्न अस्पतालले नै छाेटाे प्रक्रिया बाट भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री खरिद गरेर स्थापना गर्ने खरिदको अख्तियारी गैसकेको अस्पतालले जनाएकाे छ।

जनताको स्वास्थ्य उपचारको लागि धाैलागिरि अस्पतालमा सेवा सुधार गर्न बजेट आउनु खुशीकाे कुरा भएको राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।

५० बेड क्षमताको धाैलागिरि अस्पतालकाे स्तर बृद्वि गरि २०० बेडकाे अस्पतालमा बनाएर बिरामीको उपचार सहज गराइ भेन्टिलेटर ,अक्सिजन लगायतका सुविधा थप्न सकेको खण्डमा धाैलागिरि क्षेत्रका पर्वत ,बागलुङ र म्याग्दीका काेराेना संक्रमित बिरामी लाखौं रूपैयाँ खर्च गरेर हेलिकप्टरबाट काठमाडौ पाेखराकाे अस्पतालमा उपचार गर्न जान बाध्यताकाे अन्त्य हुनुका साथै अस्पतालमा भएको अक्सिजन प्लान्ट कम क्षमताको हुदा अहिले हरेक दिन अक्सिजन सिलिन्डर भर्न पाेखरा जानुपर्ने बाध्यताकाे पनि अन्त्य हुने छ । वर्तमान माहमरीको परिस्थिति लाइ ध्यानमा राखि केहि ह्प्ता भित्रै प्लान्ट स्थापन गर्न अस्पताल प्रशासनले तत्काल पहलकदमी लिएर जनतालाई स्वास्थ सेवा दिनुपर्ने जिल्ला बासिले माग गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?