स्वर्गभूमिले दियो तमानखोलालाई स्वास्थ्य सामग्री

-


     जनहित न्युज    
     जेठ १८ गते २०७८


तमानखोला गाउँपालिकालाई स्वर्गभूमि फाउण्डेसन गलकोटले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 

विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ नियन्त्रण तथा उपचारमा सहयोग होस् भन्ने उद्देश्यले तमानखोला गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण स्वर्गभुमि फाउण्डेसनले जनाएको छ । 

फाउण्डेसनले तमानखोला गाउँपालिकालाई ३ लाख वरावरको स्वास्थ्य सामाग्री प्रदान गरिएको फाउण्डेसनका अध्यक्ष भुपिन्द्र खत्रीले जानकारी दिनुभयो । स्वर्गभुमि  फाऊन्डेशनले ५ थान अक्सिजन सिलिण्डर सहित बिभिन्न १५ प्रकारका स्वास्थ्य उपकरण र औषधि सहित करिब ३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सोमवार एक कार्यक्रम बिच घर दैलो अभियानमा रहनु भयका फाउन्डेशनका स्वास्थ्य स्वयंसेवकको टिमबाट तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर लाई हस्तान्तरण गरेको फाउण्डेसनका ईन्जिनियरिङ विभाग प्रमुख विराज सुवेदिले जानकारी दिनुभयो । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिकास लम्साल, स्वास्थ्य शाखा प्रमुख तिलक छन्त्याल लगायतको सहभागिता रहेको थियो । 

जिल्लाको अन्य पालिका भन्दा तुलनात्मक रूपमा केहि बिकट मानिने पश्चिम वागलुङमा रहेको तमानखोला गाउँपालिकामा स्वास्थ्य सामाग्री अभाव भएको र जनचेतनाको अभावले गर्दा कोरोना संग मिल्दो जुल्दो लक्षण देखिदा समेत स्थानियहरू रोग लुकायर घरमै बसिरहेको हुनाले भित्र भित्रै संक्रमण फैलिने जोखिम रहेको गाउँपालिकावाट जानकारी पाएपछि फाउन्डेशनले बिभिन्न स्वास्थ्य सामाग्रि सहित आईसोलेशमा रहनुभएका संक्रमित लगायतको स्वास्थ्य अवस्था चेक जाँच गरि बुझ्ने र आवश्यकता अनुसार ऊपचारको लागि रिफर गर्ने गरि स्वास्थ्य स्वयंसेवकको टोलि पठाएको स्वास्थ्य विभाग प्रमुख डा. वोधराज गौतमले जानकारी दिनुभयो ।

जनप्रतिनिधी सहित तमानखोला गाउँपालिकाका बिभिन्न वडाहरूमा घरदैलो गरि बिरामिहरूको स्वास्थ्य अबस्था बुझ्ने काम स्वयमसेवकको टोलिले गरेको फाउण्डेसनका मिलन कडेलले जानकारी दिनुभयो । कडेलका अनुसार फाउण्डेसनले स्वास्थ्य सामग्रि सहयोग अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोग दाताहरुमा धन्यबाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?