आमाको दूधबाट कोरोना भाइरस सर्दैन : डा.मिश्र

-


     जनहित न्युज    
     जेठ १२ गते २०७८


कोरोनाले गर्भवती महिलामा धेरै असर गरेको प्रसूति गृह थापाथालीका निर्देशक डा.संगिता कौशल मिश्रले बताउनु भएको छ ।

कोरोनाको दोश्रो लहरमा विश्वभर गर्भवती सुत्केरी महिलामा संक्रमणको दर एकदमै उच्च देखिएकोले हाल नेपालमा पनि संक्रमणको दर अत्याधिक बढेको र त्योसँगै सुत्केरी गर्भवतीमा उच्च देखिएको उहाँले बताउनु भएको हो । 

यदि गर्भवती महिलामा कोरोनाको संक्रमण भएमा समान्य अवस्थाको जस्तै गरी उपचार गर्न सकिने निर्देशक डा.मिश्रले भन्नुभयो, “ गर्भवती महिलामा इन्फेक्सन बढ्यो निमोनिया भयो वा उहाँको अवस्था धेरै नै सिकिस्त हुने भएमा सबभन्दा पहिला गर्भवती महिलामा कोभिड देखिएको छ भने उहाँले डराउनु अत्तिनु भएन दोस्रोमा उहाँले चिकत्साकिय परामर्श लिनुपर्ने हुन्छ परामर्शअनुसार यदि उहाँको सुत्केरी हुने महिना बाँकी छ र उहाँको अवस्था समान्य छ भने उहाँले होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।” तर आइसोलेसनमा बस्दा कतिपय कुरामा ध्यान पुर्याउनु पर्ने उहाँले बताउनु भएको छ ।

उहाँका अनुसार सबभन्दा पहिले छुट्टै कोठामा बस्ने, सँगै सौचालयको व्यवस्था छ भने एकदमै उपयुक्त हुन्छ । दोस्रो कुरा आफ्नो पोषणयुक्त खानामा ध्यान दिनु पर्छ त्यसको लागि प्रोटिनयुक्त खाना खानु पर्ने र यसमा अन्न, गेडागुडी, माछामासु, फलफूल, तरकारी र साग हुनुपर्ने छ । 
नियमित हल्का व्यायम, योगाहरु गर्न सकिने उहाँको सुझाव रहेको छ । “यसबाहेक आफ्नो नियमित ज्वारो नियमित जाँच्नुपर्छ यदि ज्वारो एक सय डिग्री फारेनहाइट नाघ्यो भने सिटामोलको प्रयोग गर्नुपर्ने हुन्छ । सिटामोलले गर्भमा रहेको शिशुलाई कुनै पनि असर गर्दैन । यसबाहेक कोभिडको लागि एकदमै महत्वपूर्ण कुरा छ अक्सिजन नियमित नाप्यो भने एकदमै राम्रो हुन्छ ।” यति गर्दागर्दै पनि नियमित चिकित्साकीय परामर्शमा बस्नुपर्ने उहाँको भनाइ छ ।

यसको लागि प्रसूतिगृहले २४ सैँ घण्टा उपलब्धा हुने २–३ वटा नम्बर सार्वजनिक गरेको छ । त्यहाँ फोन गरेर उचित सल्लाह, सुझाव लिन सक्ने बताउनुभयो । 

निर्देशक मिश्रले भन्नुभयो,“प्रसूति गृहमा दुई प्रकारको महिलाहरु आउनु हुन्छ । पहिलो महिलाहरु सुत्केरी, पाठेघरसम्बन्धी समास्या लिएर आउनु हुन्छ भने अरु महिलाहरु अन्य समास्याहरु भएर आउनु हुन्छ ।” प्रसूति गृहले कुनै पनि सेवा बन्द गरेको छैन नियमित ओपिडी पनि चालु छ । 
अहिले यातायातको व्यवस्था कम हुनले महिलाहरु आउने क्रम पनि कम रहे पनि दैनिक २५० देखि ३०० सय महिलाहरु प्रसूति गृह आउने गरेको बताउनुभयो । त्यसको लागि प्रसूति गृहले कोभिड र ननकोभिड गरी छुट्टाछुट्टै व्यवस्था गरी उपचार गरिरहेको छ । 

गर्भवती महिलाले कोभिडको खोप लगाउन मिल्ने निर्देशक मिश्रले भन्नुभयो, “यो कोभिडको समयमा नर्मल सेवा त दिइ नै रहेका थियौं, त्यसबाहेक अक्सिजनलगायत उच्च सेवा दिन सकौं भनेर त्यो अक्सिजन सेवा पनि शुरु गरेका छौँ । हालसम्म ६८ जना कोभिड संक्रमित महिलाले सेवा लिनुभयो । त्यो बाहेक जस्को सुत्केरी हुने समय पुगेको थिएन उहाँहरुलाई आइसोलेसनमा राखेर पनि सुतकेरी गराएको छ, । प्रसूति गृहमा दैनिक ८ देखि १० जना कोरोना संक्रमित महिलाहरु आउने गरेको र ३८ जनालाई अस्पतालमै राखेर उपचार गरेको अरुलाई समान्य उपचारपछि घर पठाएको र दुई जनाको मृत्यु भएको छ, कोभिड संक्रमित आमाबाट जन्मेको शिशुलाई कुनै असर हुँदैन र हालसम्म त्यस्तो देखिएको छैन र कोभिड संक्रमित महिलाले ढुक्कसँग शिशुलाई स्तनपान गराउँदा हुन्छ । दूधमा कोभिडको भाइरस सर्दैन ।” तर केही कुरामा ध्यान दिनुपर्ने हुन्छ जस्तै स्तनपान गराउनु अघि राम्रोसँग हात धुने र मास्कको प्रयोग गर्ने । स्तनपान गराईसकेपछि बच्चालाई आमादेखि ६ फिट टाढा राख्दा राम्रो तर आफूसँगै राख्दा पनि खासै असर गरेको देखिएको छैन उहाँले भन्नुभयो । यसबाहेक सुत्केरी बस्ने कोठाको सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

घरमा अक्सिजन लगाउने सल्लाह कहिले नदिने उहाँको भनाइ छ उहाँ भन्नुहुन्छ, “अक्सिजनले एउटै लेबलले दिँदैन किनभने अक्सिजनको मात्र घट्दै गएपछि बढाउनुपर्ने हुन्छ । जुन खाली फेस माक्सबाट परिपूर्ति नहुन पनि सक्छ कहिले कहीँ नाकमा क्यानुआल लगाउनुपर्ने हुन्छ । बाइफिलको प्रयोग गर्नुपर्ने हुन्छ । अक्सिजनको मात्र बढी चाहिने भएमा त्यसले नपुग्ने हुन्छ । त्यसैले अस्पतालमै चिकित्सकको निगरानीमा प्रयोग गरेको राम्रो हुन्छ । स्वास्थ्यकर्मीको निगरानीबिना घरमा लिएको अक्सिजनले घातक हुन सक्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?