खेलकुद

टोकियो ओलम्पिक : पुराना स्मार्टफाेन र ल्यापटपबाट बनाइएका पदक

ओलम्पिकलाई विश्व खेलकुदको महामेलाको रूपमा लिइन्छ । यति बेला यो मेलाको ३२ औँ संस्करण जापानको टोकियो सहरमा चलिरहेको छ ।  टोकियो ओलम्पिकमा ३३ खेलका ३३९ विधामा विभिन्न देशका ११ हजारभन्दा बढी खेलाडीको सहभागिता छ ।  जुलाई २३ देखि सुरु भएको ओलम्पिक अगस्ट ८ मा सकिँदै छ । आजसम्म आइपुग्दा अधिकांश खेलको पदक विजेता टुंगो लागिसकेको छ ।  यो समाचार तयार पार्दासम्म चीन २४ स्वर्ण, १५ रजत र १४ कास्यसहित कूल ५३ पदक जित्दै शीर्ष स्थानमा रहँदा उसलाई २० स्वर्ण, २४… पुरा पढौ

खेलाडी प्रारम्भिक चरणमै बाहिरिए, नेपालकाे टोकियो यात्रा सकियो

नेपालको ओलम्पिक यात्रा सकिएको छ । जापानमा जारी ग्रीष्मकालीन ओलम्पिकमा नेपाली एथलेटिक्स सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएपछि नेपालको ओलम्पिक यात्रा सकिएको हो ।नेपालबाट १० मिटर शूटिङमा कल्पना परियार, पौडीमा एक सय मिटर फ्रि स्टाइलमा महिलातर्फ गौरिका सिंह र पुरुष तर्फ एलेक्जेण्डर शाह, जुडोमा महिला ४८ केजी तौलतर्फ सोनिया भट्ट र एथलेटिक्समा महिला १०० मिटर दौडमा सरस्वती चौधरीले स्पर्धा गर्नुभएको थियो । आज बिहान सम्पन्न १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती अन्तिमबाट दोस्रो हुनुभयो । स्पर्धामा नौ जना खेलाडी सहभागी… पुरा पढौ

टोकियो ओलम्पिक :आयोजक जापान १३ स्वर्णसहित शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो।   जापानले हालसम्म १३ स्वर्ण, चार रजत र पाँच कास्यसहित कूल २२ पदक प्राप्त गरेको छ। चीन दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन्। चीनले १२ स्वर्ण, छ रजत र नाै कास्य पदक प्राप्त गरेको छ भने अमेरिकाले एघार स्वर्ण, एघार रजत र नाै कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै सात स्वर्ण,… पुरा पढौ

अत्यधिक सफल नेपाली स्विमिङ खेलाडी गौरिका सिंह

नेपाली स्विमिङ खेलमा हालसम्मकै महत्वपूर्ण स्थान बनाउन सफल गौरिका सिंहले जापानको ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरेर नेपालको शाख जोगाएकी छन् । यसअघि मंगलबार नेपालको तर्फबाट भाग लिएका अलेक्जेण्डर शाहले पनि राष्ट्रिय किर्तिमान कायम गरेका थिए। हुन त ओलम्पिकमा भाग लिन जान खेलाडीले राष्ट्रिय कीर्तिमान कायम गर्नु भनेको त्यति महत्वपूर्ण होईन। ओलम्पिकमा पदक जित्नु नै सहभागी खेलाडीहरुको महत्वपूर्ण उपलब्धि हो। तर नेपालले हालसम्म ओलम्पिकमा कुनै पदक नपाएको तथा लामो सहभागिताका क्रममा राष्ट्रिय कीर्तिमान पनि खासै कायम नभएको अवस्थामा यसलाई महत्वपूर्ण मान्न… पुरा पढौ

टोकियो ओलम्पिक : गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।उनले प्रतियाेगितामा राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि अर्काे चरणमा भने पुग्न सकिनन्।  बुधबार भएको महिला १०० मिटर फ्रि-स्टाइकलो पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन् । उनले सन् २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा सम्पन्न १८ औं फिना वल्र्ड च्याम्पियनसिपमा १ मिनेट ६२ मिलिसेकन्डको समय निकालेकी थिइन्।  हिट-१ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्। कूल ५२ खेलाडी… पुरा पढौ

पौडीमा एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान, तर ओलम्पिकको हिट चरणबाटै बाहिरिए

आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेपनि पौडीका एलेक्स शाह टोकियो ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन् । टोकियोको एक्वेटिक सेन्टरमा मंगलबार हिट चरणमासम्पन्न पुरुष सय मिटर फ्रिस्टाइल स्पर्धामा उनी हिट चरणबाटै बाहिरिएका हुन्।  ७१ खेलाडी सहभागी भएको हिट चरणमा उनी ५९ औं स्थानमा रहे। उनले हिट चरणमा ५३.४१ सेकेन्डको समय निकाले। हिट चरणका उत्कृष्ट १६ जना सेमिफाइनलमा पुगेका छन्।  ७ खेलाडीबीच भएको हिट एकको स्पर्धामा शीर्ष स्थानमा रहेपनि एलेक्सले सेमिफाइनलमा स्थान बनाउन भने सकेनन् । कुल ७१ खेलाडीले प्रतिस्पर्धा गरेको हिट… पुरा पढौ

टोकियो ओलम्पिक: ४७ स्वर्णको नतिजा आउदा अमेरिका शीर्षस्थानमा

टोकियो ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्षस्थानमा उक्लेको छ । अमेरिका र जापान बरबरी ७/७ स्वर्ण जितेका छन् । यसअघि शीर्ष स्थानमा रहेको चीन तेस्रो स्थानमा चिप्लिएको छ । चीनले छ स्वर्ण जितेको छ । यद्यपि पदक तालिकामा सबैभन्दा बढी पदक जित्नेमा चीन नै अगाडि रहेको छ । चीनले १५ पदक जितेको छ भने अमेरिकाले १४ पदक जितेको छ । हालसम्म ४७ स्वर्णको नतिजा आइसकेको छ ।आयोजक जापानले हालसम्म छ स्वर्णसहित दश पदक जितेको छ । बेलायत र दक्षिण कोरियाले सामान… पुरा पढौ

टोकियो ओलम्पिक: ३६ राष्ट्रले पदक जिते,चीनको अग्रता कायमै हुदाँ जापानले गर्यो उत्कृष्ट प्रदर्शन,

टोकियो ओलम्पिक २०२० मा हालसम्म २८ राष्ट्रले पदक जितेका छन् । हालसम्म २२ विधाका स्वर्णको छिनोफानो भएकोमा १४ राष्ट्रले स्वर्णपदक जितेका छन् ।टोकियो ओलम्पिक २०२० का अनुसार चीनले सबैभन्दा बढी पाँच स्वर्ण, एक रजत र तीन कास्य गरी नौ पदक जितेको छ । जापानले चार स्वर्ण, एक रजत गरी पाँच पदक जित्दा संयुक्त राज्य अमेरिकाले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक जितेको छ । जापानले जुडोमा दुई र स्केटबोर्डिङमा एक गरी तीन स्वर्ण जितेको छ ।… पुरा पढौ

टोकियो ओलम्पिक : १३ राष्ट्रले ओलम्पिकमा पदक हात पारे,चीन शीर्ष स्थानमा

टोकियो ओलम्पिकको दोस्रो दिनको खेल जारी रहदा हालसम्म १३ राष्ट्रले पदक हात पारेको छ । चीनले दुई स्वर्णसहित तीन पदक जितेर शीर्ष स्थानमा रहेको छ । महिला १० मिटर शूटिङ्गमा स्वर्ण जितेर टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेको चीनले हालसम्म दुई विधामा स्वर्ण पदक र एउटा कास्य पदक जितेको छ । महिला ४९ किलोग्राम तौल समूहमा चीनकी झिहुई हौले स्वर्ण पदक जितेका छन । भारतकी चानु सैखोमले उक्त बिधामा रजत पदक जिते । आयोजक राष्ट्र जापान एक स्वर्ण र एक रजतसहित… पुरा पढौ

कल्पनाले गरिन राष्ट्रिय कीर्तिमान कायम, सोनिया पहिलो खेलबाटै प्रतियाेगिताबाट बाहिरिइन

नेपाली सुटर कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान कायम पनि ओलम्पिकको पदक हात पार्न सकिनन् भने जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलबाटै प्रतियाेगिताबाट बाहिरिएकी छन्। टोकियो ओलम्पिक अन्तर्गत शनिबार विहान ओसाका सुटिङ रेन्जमा ६१६.८ अंक जोड्दै कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् उता शनिबार भएको महिला ४८ केजी तौल समूहको राउण्ड अफ ३२ अन्तर्गतको प्रतिष्पर्धामा रुसकी डोल्गोभा इरिनासँग पराजित हुँदै उनी प्रतियाेगिताबाट बाहिरिएकी हुन्। उनले खेलको १ मिनेट १६ सेकेन्डमै खेल गुमाएकी थिइन्।  कल्पनाले आफ्नै नाममा रहेको ६१४.५ अकंको कीर्तिमान तोडिन्… पुरा पढौ