टोकियो ओलम्पिक : १३ राष्ट्रले ओलम्पिकमा पदक हात पारे,चीन शीर्ष स्थानमा

- महिला फुटबलमा स्विडेनको लगातार दोस्रो जित

-


     जनहित न्युज    
     श्रावण ९ गते २०७८


टोकियो ओलम्पिकको दोस्रो दिनको खेल जारी रहदा हालसम्म १३ राष्ट्रले पदक हात पारेको छ । चीनले दुई स्वर्णसहित तीन पदक जितेर शीर्ष स्थानमा रहेको छ ।

महिला १० मिटर शूटिङ्गमा स्वर्ण जितेर टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेको चीनले हालसम्म दुई विधामा स्वर्ण पदक र एउटा कास्य पदक जितेको छ । महिला ४९ किलोग्राम तौल समूहमा चीनकी झिहुई हौले स्वर्ण पदक जितेका छन । भारतकी चानु सैखोमले उक्त बिधामा रजत पदक जिते ।

आयोजक राष्ट्र जापान एक स्वर्ण र एक रजतसहित दोस्रो स्थानमा छ । आयोजक जापानले एक स्वर्ण र एक रजत पदक जितेको छ । जापानका नाओहिसा तकातोले पुरुष ६० किलोग्राम तौल समूहमा स्वर्ण पदक जित्नुभएको छ । जापानकी फुना तोनाकीले महिला ४८ किलोग्राम जुडोतर्फ रजत पदक जितेको हो ।

इक्वेडर, इरान, दक्षिण कोरिया र कोसोभोले एक एक स्वर्ण पदक जितेको छ । इक्वेडरका रिचर्ड कारापाजले साइक्लिङ्ग पुरुषतर्फ स्वर्ण पदक जितेका छन । इक्वेडर, इरान, दक्षिण कोरिया र कोसोभो एक-एक स्वर्णसहित तालिकाको तेस्रो स्थानमा छन् ।

बेल्जियम, भारत, नेदरल्याण्ड्स, रुस, सर्बिया, चाइनिज ताईपेईले एक एक रजत पदक जितेको छ । फ्रान्स, इन्डोनेसिया, कजाखास्तान, मेक्सिको, मंगोलिया, स्लोभेनिया, स्वीटजरल्याण्ड र यूक्रेनले एक एक कास्य पदक जितेको छ । बेल्जियम, चिनियाँ ताइपेइ, भारत, नेदरल्यान्ड्स, रुसी ओलम्पिक समिति र सर्बिया सातौं स्थानमा छन् । दक्षिण कोरियाकी आन सन र किम जे डिअकले आर्चरी ‘मिक्स्ड’तर्फ स्वर्ण पदक जितेका छन ।

महिला फुटबलमा स्विडेनको लगातार दोस्रो जित

टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा स्विडेनले लगातार दोस्रो जित निकालेको छ । उसले शनिबार सैतमा स्टेडियममा अस्ट्रेलियामाथि ४–२ गोल अन्तरको रोमाञ्चक जित दर्ता गरेको हो । 

स्विडेनको जितमा फ्रिडोलिना रोल्फले २, स्टिना ब्ल्याकस्टेनियस र लिना हर्तिगले  समान १-१ गोल गर्दा अस्ट्रेलियाका लागि साम केरले २ गोल गरिन् । खेलको २० औँ मिनेटमा रोल्फले गोल गर्दै स्विडेनलाई अग्रता दिलाइन् । केरले ३५ औँ मिनेटमा अस्ट्रेलियालाई बराबरीमा ल्याइन् । 

४८ औँ मिनेटमा केरले नै अस्ट्रेलियालाई २-१ को अग्रता दिलाएकी थिइन् । ५२ औँ हर्तिगले स्विडेनलाई २-२ को बराबरीमा ल्याइन् । ६३ औँ मिनेटमा रोल्फ र ८१ औँ ब्ल्याकस्टेनियसले गोल गरेपछि गोल गरेपछि स्विडेनले दोस्रो जित दर्ता गरेका हो ।
  
स्विडेनले पहिलो खेलमा अमेरिकालाई ३-० ले पराजित गर्दा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि २-१ को जित हात पारेका थियो । 

शनिबार नै भएका अन्य खेलमा चिन र जाम्बियाले ४-४ को बराबरी खेल्दा क्यानडाले चिलीमाथि २-१ को जित दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?