पौडीमा एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान, तर ओलम्पिकको हिट चरणबाटै बाहिरिए

-


     जनहित न्युज    
     श्रावण १२ गते २०७८


आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेपनि पौडीका एलेक्स शाह टोकियो ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन् ।

टोकियोको एक्वेटिक सेन्टरमा मंगलबार हिट चरणमासम्पन्न पुरुष सय मिटर फ्रिस्टाइल स्पर्धामा उनी हिट चरणबाटै बाहिरिएका हुन्। 

७१ खेलाडी सहभागी भएको हिट चरणमा उनी ५९ औं स्थानमा रहे। उनले हिट चरणमा ५३.४१ सेकेन्डको समय निकाले। हिट चरणका उत्कृष्ट १६ जना सेमिफाइनलमा पुगेका छन्। 

७ खेलाडीबीच भएको हिट एकको स्पर्धामा शीर्ष स्थानमा रहेपनि एलेक्सले सेमिफाइनलमा स्थान बनाउन भने सकेनन् । कुल ७१ खेलाडीले प्रतिस्पर्धा गरेको हिट एकको प्रतिष्पर्धामा एलेक्स ५९ औं स्थानमा रहेका थिए ।

अघिल्लो चरणमा नपुगे पनि अलेक्ज्यान्डरले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा भने सुधार गरेका हुन्। 

ओलम्पिकमा नेपालबाट सहभागी जनाउने महिला पौडीबाज गौरिका सिंहको प्रतिष्पर्धा भने भोलि छ। उनी महिला सय मिटर फ्रिस्टाइलमा प्रतिष्पर्धा गर्दै छिन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?