टोकियो ओलम्पिक : गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

-


     जनहित न्युज    
     श्रावण १३ गते २०७८


टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।उनले प्रतियाेगितामा राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि अर्काे चरणमा भने पुग्न सकिनन्। 

बुधबार भएको महिला १०० मिटर फ्रि-स्टाइकलो पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन् । उनले सन् २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा सम्पन्न १८ औं फिना वल्र्ड च्याम्पियनसिपमा १ मिनेट ६२ मिलिसेकन्डको समय निकालेकी थिइन्। 

हिट-१ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्। कूल ५२ खेलाडी सहभागी उक्त स्पर्धामा उनी ५० औं स्थानमा रहिन्। जसमा उत्कृष्ट १६ सेमिफाइनलमा पुगेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?