खेलकुद

टोकियोमा जारी पाराल्याम्पिकमा पलेशा गोवर्द्धन कास्य जित्न चुकिन्

जापानको टोकियोमा जारी पाराल्याम्पिकमा नेपाली खेलाडी पलेशा गोवर्द्धन रिपेचेज तर्फको फाइनलमा पराजित हुँदै कास्य पदक जित्न चुकेकी छन् ।  के-४४ विधा अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले शुक्रबार कास्य पदकका लागि भएको निकै प्रतिस्पर्धात्मक खेलमा चीनकी युजी लीसँग १२-९ को पराजय बेहोरिन् ।  पहिलो चरणमा ४–२ को जित निकालेकी पलेशाले दोस्रो चरणमा अंक नजोड्दै ५–० ले पराजित भएकी थिइन् । तेस्रो चरणमा भने प्रतिस्पर्धात्मक प्रदर्शन गरेकी पलेशाले ५–५ को बराबरी गरेकी थिइन् । उनले रेपेचेजतर्फ क्वाटरफाइनलमा खेल्नेछिन्।… पुरा पढौ

१—१ गोलको बराबरीमा सकियो नेपाल—भारत मैत्रिपूर्ण खेलकाे पहिलाे म्याच

झन्डै चार वर्षपछि भएको नेपाल र भारतबीचको बिहीबारको खेल फेरि बराबरीमा सकिएको छ । दशरथ रंगशालामा कोरोनाभाइरस संक्रमणका कारण विश्व फुटबल संगठनले ल्याएका स्वास्थ्यका सबै नियम पालना गरेर गराइएको खेलमा नेपाल र भारतले १—१ गोल गर्न सके । बिहीबार अपरान्ह दशरथ रंगशालामा भएको घरेलु दर्शकको उत्साहजनक उपस्थितिबीच भएको खेलमा नेपालले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो।  खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काए खेललाई १–१ को बराबरीमा पुर्‍याएका हुन्। कप्तान सुनिल क्षेत्रीले १८ यार्ड बक्स बाहिरबाट… पुरा पढौ

पलेशा गोवर्धन श्रेष्ठको आत्मविश्वासले बढाएको पारा-ओलिम्पिक्समा पदकको आशा

तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले नेपाललाई पहिलो ओलिम्पिक पदक दिलाउन सक्ने आशा प्रशिक्षकहरूले गरेका छन्। ओलिम्पिक्समा खेलेको ५७ वर्ष लामो इतिहास होस् वा १० वर्षअगाडि देखि खेल्न थालेको पारा-ओलिम्पिक्समा नेपालले अझै अहिलेसम्म ओलिम्पिक खेलबाट पदक प्राप्त गर्न सकेको छैन।  यसपालि पारा-तेक्वान्दो खेलाडी पलेशाबाट नेपाली पक्षले ठूलो आशा राखेको छ।  पलेशा दुईवटा विश्व पारा-तेक्वान्दो च्याम्पियनशिप र तीनवटा एशियन पारा-तेक्वान्दो च्याम्पियनशिपमा प्रतिस्पर्धा गरिसकेकी अनुभवी खेलाडी हुन्। दुई वर्षअगाडि भियतनाममा भएको एशियन पारा-च्याम्पियनशिपमा उनले कांस्य पदक जितेकी थिइन्। पलेशाले यही भदौ १८ गते… पुरा पढौ

जापानको राजधानी टोकियोमा पारा ओलम्पिक प्रतियोगिता सुरु,नेपालको पनि सहभागिता

जापानको राजधानी टोकियोमा आजदेखि पारा ओलम्पिक प्रतियोगिता सुरु हुदैंछ।ओलम्पिक सकिएको एक महिनाभित्रमा अपांगता भएकाहरुका लागि पाराओलम्पिक खेल आयोजना हुँदै आएको छ ।पारा ओलम्पिकको यो १६ औं संस्करण हो । सो प्रतियोगितामा नेपालको पनि सहभागिता रहेको छ। नेपालको तर्फबाट प्रतियोगितामा एउटा खेलमा मात्र सहभागिता जनाईएको छ।  यो प्रतियोगिता १३ दिनसम्म चल्नेछ । ओलम्पिकमा २२ खेल समावेश गरिएको छ भने १ सय ६० देशका खेलाडीको सहभागिता छ । यस संस्करणमा ब्याडमिन्टन र तेक्वान्दो पहिलोपल्ट समावेश गरिएको हो । पारा ओलम्पिकका लागि ४… पुरा पढौ

जापानको भलिबल प्रतियोगितामा गल्कोट स्पोर्टस् क्लवले इतिहास रच्यो, ग्रुप अफ जापान हान्स कप २०२१ आफ्नो कब्जामा

ग्रुप अफ जापान र हान्स जापानले आयोजना गरेको ग्रुप अफ जापान हान्स कप २०२१ भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ। अगष्ट १५ तारिक आईतबार हान्यु खेलकुद परिषदको हलमा आयोजित प्रतियोगितामा जापानका बिभिन्न स्थानबाट १२टोलिको सहभागिता रहेको थियो।प्रतियोगिताको फाईनलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान र आयोजक ग्रुप अफ जापान पुगेका थिए। दुई पोलमा बिभाजित गरेको टाईसिटमा गल्कोट स्पोर्टस् क्लव टोकियो ,गल्कोट समाज जापान र एनवाईएससी लाई आयोजकले एउटै पोलमा राखेको थियो।यी तिनै टीम जापानमा उपाधीका दाबेदार… पुरा पढौ

नेपाली बक्सरले हराए जापानी बक्सरलाई उनकै भूमिमा

नेपाली युवा बक्सर प्रचण्ड केसीले जापानमा सुरु भएको रुकी अफदि ईयर बक्सिङ प्रतियोगितामा बिजयी सुरुआत गरेका छन। प्रोफेसनल बक्सिङ प्रतियोगिता अन्तर्गत आज उनले टोकियोको सेन्जुकुमा आयोजित ५२ केजीको प्रतिस्पर्धामा केसीले नकआउट गर्दै जित निकालेका हुन।  खेलको पहिलो मिनेटमानै नपाली खेलाडी केसीले जापानी खेलाडी मासाया सुगालाई रिङ्गमा पछारेका थिए। टुर्नामेण्टको पहिलो खेलमा विजयी भएका केसीले अर्को खेल सेप्टेम्बर २८ तारिख खेल्नेछन। पुरा पढौ

जापानमा बक्सिङ्ग खेलमा सफलताको शिखर चढ्दै अनिश

नागोया-अध्ययन, व्यवशाय अनि रोजगारीको शिलशिलामा विदेश आउने केहिले मात्रै विभिन्न माध्यमद्वारा आफ्नो मातृभुमि समेत चिनाउने गर्छन। ती मध्येका एक अनिश खरेल पनि हुन्। उनले जापानमा आफ्नो अध्ययन संगै बक्सिङ्ग खेलमा लागेर सफल हुँदैं आफु अनि नेपाललाई चिनाउन लागिपरेका छन्। १३ वर्ष अगाडीदेखि जापानमा स्कूल पढदैं आएका उनी यस खेलमा लागेको बताउँछन् । यस खेलमा जहिले पनि विजयी हुने आफ्नो लक्ष्य रहेको अनिस बताउँछन् । गैंडाकोट स्थायी घर भएका अनिश अहिले २३ वर्षका भए । उनका दाइ, बुवा र आमा पनि… पुरा पढौ

टोकियो ओलम्पिक २०२० : सकियाे ओलम्पिक, तीन वर्षपछि फ्रान्समा, पदकमा अमेरिकाले बाजी मार्‍यो

जापानमा जारी गृष्मकालिन ओलम्पिक अाइतबार समाप्त भयाे। टोकियो रंगशालामा आयोजित विशेष समारोहकाबीच ओलम्पिक सम्पन्न भएकाे हाे। गत बर्षनै हुनु पर्ने ओलम्पिक कोरोनाको संक्रमणका कारण एक वर्षपछि सरेको थियो। यसपाली पनि निक्कै विरोधकाबीच यो खेल सकिएको छ। यसका लागि जापानले संकटकालनै लगाउनु पर्यो।  पूर्वी एसियाबाट आइतबार विदा भएको ओलम्पिकको अर्को संस्करण २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्सको पेरिसमा हुनेछ । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित विश्व खेलकुदको महाकुम्भ- ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मार्‍यो… पुरा पढौ

टोकियो ओलम्पिक: महिला फुटबलको स्वर्ण क्यानडाले जित्यो

जापानको टोकियोमा जारी ओलम्पिक-२०२० अन्तर्गत महिला फुटबलको स्वर्ण पदक क्यानडाले जितेको छ। शुक्रबार भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै क्यानडाले स्वर्ण पदक जितेको हो । फाइनल भिडन्तमा बलियो प्रतिद्वन्द्वी स्विडेनलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै क्यानडाले स्वर्ण चुमेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी आफ्नो पक्षमा पार्दै क्यानडाले पहिलो पटक ओलम्पिकको महिला फुटबलमा स्वर्ण पदक जितेको हो ।  रजतमा चित्त बुझाउन बाध्य स्विडेनको तर्फबाट… पुरा पढौ

टोकियो ओलम्पिक : ६२ पदकसहित चीन शीर्ष स्थानमा कायमै

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ६२ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।   चीनले हालसम्म २९ स्वर्ण, १७ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २२ स्वर्ण,२५ रजत र १७ कास्य पदक प्राप्त गरेको छ भने जापानले १७ स्वर्ण, छ रजत र १० कास्य प्राप्त गर्न सफल भएको छ ।… पुरा पढौ