Athletes from Japan Miki Matheson, Mineho Ozaki, Taiyou Imai, Erina Yuguchi, Kaori Icho, and Tskumi Asatani carry the national flag of Japan into the Olympic Stadium at the start of the Paralympic Opening Ceremony Tokyo 2020 Paralympic Games in Tokyo, Tuesday, Aug. 24, 2021. (Joe Toth for OIS via AP)
जापानको राजधानी टोकियोमा आजदेखि पारा ओलम्पिक प्रतियोगिता सुरु हुदैंछ।ओलम्पिक सकिएको एक महिनाभित्रमा अपांगता भएकाहरुका लागि पाराओलम्पिक खेल आयोजना हुँदै आएको छ ।पारा ओलम्पिकको यो १६ औं संस्करण हो ।
सो प्रतियोगितामा नेपालको पनि सहभागिता रहेको छ। नेपालको तर्फबाट प्रतियोगितामा एउटा खेलमा मात्र सहभागिता जनाईएको छ।
यो प्रतियोगिता १३ दिनसम्म चल्नेछ । ओलम्पिकमा २२ खेल समावेश गरिएको छ भने १ सय ६० देशका खेलाडीको सहभागिता छ ।
यस संस्करणमा ब्याडमिन्टन र तेक्वान्दो पहिलोपल्ट समावेश गरिएको हो । पारा ओलम्पिकका लागि ४ हजार ५ सयभन्दा बढी खेलाडीहरु टोकियोको ओलम्पिक भिलेजमा जम्मा भएका छन् ।
कोरोनाकै कारण गत संस्करण भन्दा यो पटकको पाराओलम्पिक फरक हुनेछ । सानो समूहमा स्कुलका विद्यार्थी बाहेक अन्य दर्शकलाई खेल स्थलमा प्रवेश निषेध गरिएको छ । जापानी समाजलाई अझ बढी समावेशी बनाउन यो पारा ओलम्पिकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
टोकियो दुई पाराओलम्पिक आयोजना गर्ने पहिलो सहर हो । यसअघि सन् १९६४ को टोकियो पारा ओलम्पिकमा २१ राष्ट्रका ३ सय ७५ एथ्लिटले नौ खेलमा प्रतिस्पर्धा गरेका थिए । यस पटक शरणार्थी टिमसहित १ सय ६२ देशको सहभागिता छ । ४ हजार ४४ एथ्लिटले २२ खेलका ५ सय ३९ पदक इभेन्टमा प्रतिस्पर्धा गर्दैछन् ।
सन् २०१६ को रियो ओलम्पिकमा १ सय ५९ देशले भाग लिएका थिए । अहिलेसम्म सवैभन्दा बढी २०१२ को लन्डन ओलम्पिकमा १ सय ६४ देशको सहभागिता थियो । टोकियो पाराओलम्पिकमा २१ देशले सहभागिता जनाएनन् ।
जसमा अफगानिस्तान पनि समावेश छ । तालिवानले सत्ता लिएपछि अफगानिस्तान जापान जान असमर्थ भएको हो । अफगानिस्तानका दुई खेलाडीले भाग लिने तालिका थियो । अफगानिस्तानका एक नागरिकले शरणार्थी टिमबाट प्रतिस्पर्धा गर्दैछन् ।
खेलाडीले भाग लिन नपाएपनि उद्घाटन समारोहमा अफागनास्तिानको झन्डा समावेश गरिने भएको छ । एकताका लागि अफगानिस्तानको झन्डा राखिन लागिएको अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीले जनाएको छ । भाइरस संक्रमण फैलिन नदिन टोकियोमा आपतकाल लागू गरिएको छ । नेपाल बाट तेक्वान्दोकी पलेशा गोवर्धनले भाग लिएकी छिन् । भुटान, ग्रनाडा, पाराग्वे, सेन्ट भिन्सेन्ट र मादिभ्स गरी पाँच देशले पारा ओलम्पिकमा डेब्यु गरेका छन् ।