खेलकुद

झन्डै १०० नेपालीहरू लण्डन म्याराथनमा सहभागी, क़रीब रु १० लाख सहयोग संकलन

लण्डन — विश्वभरबाट करिब ८० हजार सहभागीहरुले भाग लिएको ‘लन्डन म्याराथन २०२१’ गत आइतबार सम्पन्न भएको छ । करिब ४० हजार धावकहरुले प्रत्यक्ष रुपमा र थप ४० हजारले एप मार्फत भर्चुअल रुपमा दौडमा सहभागिता जनाएका थिए । यो वर्ष लन्डन म्याराथनमा बेलायतस्थित नेपाली धावकहरुको राम्रो उपस्थिति थियो । करिब १०० जनाको सहभागिता रहेको नेपाल रन युकेले जनाएको छ । नेपाल रनले ८४ जना धावकहरुको नाम संकलन गरि सकेको छ भने अन्य सम्पर्क हुन नसकेका १०-१५ धावक रहेको बताइएको छ ।… पुरा पढौ

एनभीए कप भलिवलमा गलकोट स्पोटर्स क्लव टोकियो जापान क्वाटरफाईनलबाट बाहिरियो

गलकोट स्पोटर्स क्लव टोकियो जापान क्वाटर फाईनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लवसँग पराजित भएको छ । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लव भलिवल च्याम्पियनसिपको पुरुषतर्फ  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा विहिबार गलकोट स्पोर्ट्स क्लब टोकियो जापानलाई पराजित गदैं विभागीय टोली आर्मी सेमिफाईनलमा प्रवेश गरेको हो । त्रिभुवन आर्मी क्लबले पहिलो, तेस्रो र चौथो सेटमा क्रमश २५–१५, २५–१५ र २५–१३ को सेटमा गलकोट स्पोट्स क्लव टोकियोलाई पराजित गरेको थियो । गलकोट स्पोटस् क्लवले दोस्रो सेटमा २५–१९ को सेटमा पराजित गरेपनि अन्य… पुरा पढौ

एनभीए कप भलिबलमा गलकोट स्पोर्टस क्लब जापान क्वाटरफाईनलमा

साविक विजेता हेल्प नेपाल समूह विजेता बन्दै छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाईनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार गलकोट स्पोर्ट्स क्लब टोकियो जापानलाई ३–१ को सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बनेको हो । भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालले पहिलो तेस्रो र चौथो सेटमा क्रमश २५–१८, २५–२२ र २५–१९ को सेटमा  गलकोट स्पोट्स क्लव टोकियोलाई पराजित गरेको थियो । गलकोट स्पोटस् क्लबले दोस्रो सेटमा २५–२२ को सेटमा पराजित गरेपनि… पुरा पढौ

गलकोट स्पोर्टस् क्लव टोकियोको एनभिए कपमा विजयी सुरुवात

छैटौँ संस्करणको एनभिए कप महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली नेपाल पुलिस क्लब तथा गलकोट स्पोर्टस् क्लव टोकियोले पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको चौथो तथा अन्तिम खेलमा पुलिसले दावाली मिलान क्लबलाई ३–० को सोझो  पराजित गरेको हो ।पुलिसले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्यो । जितसँगै पुलिसले तीन अंक जोड्दा दावालीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगिताको तेस्रो खेलमा गलकोट… पुरा पढौ

गौतम बुद्ध क्रिकेट रंगशालाको काम रोकियो

जनस्तरबाट निर्माण भई रहेको बहुप्रतिक्षित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ। आर्थिक अभाव अनि बोलकबोल गरिएको आर्थिक सहयोग पनि प्राप्त नभए पछि निर्माण कार्य बन्द हुन पुगेको छ। निर्माण कार्य बन्द हुदा रंगशालाको अबको भबिश्य के हुन्छ चिन्ताको विषय बनेको छ। यतिबेला खेल मैदानमा दुबो रोप्ने र सामान्य आन्तरिक कामबाहेक अरु सबै काम बन्द छन् । धुर्मुस -सुन्तली फाउण्डेसनले भरतपुर महानगरसँग निर्माण थालेको २ वर्षभित्र बनाएर हस्तान्तरण गरिसक्ने सम्झौता गरेको थियो । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको यो… पुरा पढौ

नेपालमाथि ओमानको जित

नेपालले दिएको १९७ रनको लक्ष्य घरेलु टिम ओमानले ३१।१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। ओमानको जितमा ओपनर जतिन्दर सिंहले शतक प्रहार गरे। उनले १०७ रनको योगदान गरे। कुशल मल्लको बलमा रोहित पौडेलबाट क्याच हुनुअघि उनले ६२ बलमा १२ चौका र ६ छक्का हिर्काए। सिंहले सोमपाल कामीलाई एकै ओभरमा ३० रन प्रहार गरेका थिए। पाँचौ ओभरमा सोमपालविरुद्ध उनले तीन चौका र तीन छक्का हिर्काएका थिए। यस्तै सुरज कुमारले २० रन र आयन खानले १८ रन जोडे। मोहमद नदीमले नटआउट ३८… पुरा पढौ

नेपालले हरायो अमेरिकालाई, कुशल र रोहितको अर्धशतक!

परिपक्‍व ब्याटिङ गर्दै नेपालले बलियो प्रतिस्पर्धी अमेरिकालाई हराएको छ । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो ।  ओमानमा सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित  गरेको हो। अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको लागि रोहित पौडेल (नटआउट ६२ रन) र विनोद भण्डारीले (३७ रन) ८३ रनको साझेदारी गरे । यसअघि १४५ रन बनाउँदा नेपालले चार विकेट गुमाएपनि पौडेल र भण्डारीले शानदार ब्याटिङ गरेसँगै नेपालले खेलमा पकड… पुरा पढौ

दर्शकको उपस्थिति बिना नै टोकियो प्याराल्यामपिक समापन

जापानको राजधानी टोकियोमा आयोजित २०२० टोकियो पाराओलम्पिक खेल समापन भएको छ । कोरोना भाइरस प्रभावका कारण एक बर्ष स्थगीत पछि आयोजित खेल आइतबार समापन समारोह सम्पन्न भएको हो । खेल समापनसँगै टोकियो पाराओलम्पिक आयोजकले झण्डा अर्को आयोजक शहर पेरिसलाई हस्तान्तरण गरेको छ । १३ दिन आयोजित खेल आयोजना यो सँगै समापन भएको छ । टोकियो ओलम्पिक र पाराओलम्पिक खेल विशेष र असामान्य तरिकाले सम्पन्न भएको छ । जसमा खेल स्थानहरु उहि रहेपनि ईतिहाँसमै पहिलो पटक खेल आयोजना आम दर्शकको उपस्थितिबिना… पुरा पढौ

मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग २-१ गोलले पराजित

काठमाडौं । नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग दुई एक गोलले पराजित भएको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा भारतले नेपाललाई पराजित गरेको छ । भारतले नेपालविरूद्ध दुई गोल गरेको थियो भने नेपालले एक गोलमात्रै फर्काएको थियो । पहिलो हाफ बराबरी भए पनि दोस्रो हाफमा भारतले अग्रता लिएको थियो। भारतका लागि पहिलो गोल फारुक चौधरीले ६२ औ मिनेटमा गरेका थिए। दोस्रो गोल भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८० औं‌ मिनेटमा गरेका थिए। नेपालका लागि सान्तावना गोल तेज… पुरा पढौ

एनआरएनए जापान कान्तो क्षेत्रीय समितिले खेलाडी र प्रशिक्षकलाई गर्यो सम्मान

जापानको टोकियोमा जारी पाराल्याम्पिकमा नेपालको तर्फबाट खेलमा सहभागी हुन आएका खेलाडी र प्रशिक्षकलाई एनआरएनए जापान कान्तो क्षेत्रीय समितिले सम्मान गरेको छ ।जारी पाराल्याम्पिकमा नेपालीको तर्फबाट के-४४ विधा अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्न आएका खेलाडी पलेशा गोवर्द्धन रिपेचेज र प्रशिक्षक कविराज नेगी लामालाई शुक्रवार टोकियोमा एक कार्यक्रमको आयोजना गरि नगद सहित सम्मान गरिएको हो ।नेपाली खेलाड़ीलाई अन्तराष्ट्रिय खेलका प्रतिस्पर्धामा प्रोत्साहन गर्ने र खेलप्रति चासो जागृत गराउनका लागि परदेशमा रहेका नेपालीहरुको तर्फबाट खेलाडी पलेशालाई नगद ३ लाख येन र… पुरा पढौ