खेलकुद

विश्व खेलकुदको महाकुम्भ ओलम्पिक टोकियोमा सुरु,नेपालका खेलाडीले शनिवारबाट नै खेल्ने

विश्व खेलकुदको महाकुम्भ रूपमा रहेको ओलम्पिकको ३२ औं संस्करणको उद्घाटन गरिएको छ।  टोकियो ओलिम्पिक रङ्गशालामा आयोजित समारोहमा जापानका सम्राट नारोहितोले ओलिम्पिक्सका खेलहरू सुरु भएको घोषणा गरेका हुन्। जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहबीच ओलम्पिकको ३२ औं संस्करणको उद्घाटन गरिएको हो। जापानको राष्ट्रिय गानसँगै जापानी सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ।  समारोहमा जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थिति छ।  अगस्ट ८ सम्म सञ्चालन हुने ओलम्पिकमा… पुरा पढौ

टोक्यो ओलिम्पिक्स २०२०: आज उद्घाटन, नेपाली खेलाडीले भोलिदेखि नै खेल्ने

जापानको टोक्योमा शुक्रवारबाट ३२ औँ गृष्मकालीन ओलिम्पिक्स सुरु हुँदैछ। त्यस्तै २४ अगस्टबाट अपाङ्गता भएका खेलाडीहरूको पाराओलिम्पिक्स सोही रङ्गशालामा सुरु हुनेछ। नेपालका तर्फबाट खेलमा सहभागी हुन जापान पुगेका पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त रूपमा नेपालको झन्डा बोक्नेछन्। नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय टोलीले विश्वको सबैभन्दा ठूलो खेल उत्सवमा सहभागिता जनाइरहेका छन्। ओलिम्पिक्समा ३३ खेल समावेश गरिएको छ, जसको लागि ३३९ 'इभेन्ट्स'हरू विभिन्न ४२ खेल स्थलमा सञ्चालन हुनेछ। नेपालको खेल नेपाली खेलाडीहरूको खेल उद्घाटनको भोलिपल्टबाट… पुरा पढौ

शुक्रबार ओलम्पिक प्रतियोगिता उद्घाटन हुदै

जापानको राजधानी टोकियोमा शुक्रबारदेखि हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार जानकारी दिएका छन् । जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकारहरुसँग भने, ‘१५ देश र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरुसँगै ७० देशका खेलकुद मन्त्रीहरु उद्घाटन समारोहमा सहभागी हुने देखिएको छ ।” शीर्ष नेताहरुको उपस्थीतिलाई आफूहरुले उच्च महत्वका साथ लिएको र त्यसलाई महामारीको विषयमा छलफल गर्ने अवसरको रुपमा समेत उपयोग… पुरा पढौ

‘विन्टर ओलम्पिक’ २०२२ बेइजिङमा हुने

अर्को वर्ष फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा 'विन्टर ओलम्पिक' हुँदैछ। कोभिड १९ को महामारीका कारण पछि सरेको यो प्रतियोगिताका लागि अहिलेसम्म टिकेटिङ सुरु गरिएको छैन। र, मुखैमा टोकियोमा ग्रीष्मकालीन ओलम्पिक हुन गइरहेको छ जहाँ दर्शकको उपस्थिति शुन्य हुनेछ। बेइजिङमा हुने शीतकालीन ओलम्पिक सुरु हुन २०० दिन पनि बाँकी छैन। यसबिच अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का समन्वय आयोगका प्रमुख जुआन एन्टोनियो समरन्चले बेइजिङमा दर्शकहरुको उपस्थितिमा प्रतियोगिता हुनुपर्ने बताएका छन्। 'हामी चाहन्छौं, त्यो ओलम्पिकमा विदेशी दर्शकहरुको पनि उपस्थिति होस,' उनले भनेका छन्, 'अर्को वर्ष बेइजिङमा हामीलाई एउटा सफल… पुरा पढौ

ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पाँच खेलाडीमध्ये चार महिला

खेलकुदको विश्व महामेला हो, ओलम्पिक । ओलम्पिकको २०२० संस्करण यस वर्ष टोकियोमा आयोजना हुन लागिरहेको छ । यो विभिन्न देशहरुबाट छानिएर आएका उत्कृष्ट खेलाडीहरुले आफ्नो कौशल देखाउने स्थल हो । नेपालबाट यस महाकुम्भमा भाग लिन पाँच जना खेलाडीले जापान प्रस्थान गरेका छन् । ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पाँच खेलाडीमध्ये चार महिला छन् ।  खेलकुदको महाकुम्भमा पुरुष खेलाडीलाई पछि पार्दै विभिन्न विधामा चार महिलाले नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन् । पौडीकी गौरिका सिंह, जुडोमा सोनिया भट्ट, सुटिङकी कल्पना परियार र एथ्लेटिक्सकी… पुरा पढौ

ओलम्पिकका लागि जापान जान दलहरुबीच गज्जबको एकता

जापानको राजधानी टोकियोमा सञ्चालन हुने ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकमा सहभागी हुने ४ वटा खेलमा ५ जना नेपाली खेलाडीको सहभागिता रहने ओलम्पिकमा २६ जना नेपाली टोलीको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिदाई गरिएको छ । मुलुकमा राजनीतिक अस्थिरताको अवस्था छ। दलहरुबीच एक आपसमा असमझदारीको स्थिति छ। तर आगामी जुलाई २३ तारिखदेखि जापानको राजधानी टोकियोमा हुने ओलम्पिकमा जान भने दलका प्रतिनिधिहरुमा गजबको समझदारी देखिएको छ। ओलम्पिकमा नेपालको नेतृत्व नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय प्रतिनिधि सभाका सदस्य एवं नेपाल ओलम्पिक कमिटीका… पुरा पढौ

टोयोटामा फुटवल प्रतियोगिता सम्पन्न

जापानको औद्योगिक नगरी टोयोटामा जापान भरी रहेका नेपाली टिमहरुको फुटवल प्रतियोगिता सम्पन्न भएको छ। विश्वकै व्यस्त देश अनि व्यस्त शहर टोयोटामा दियालो सेभेन ए साईट फुटवल रनिङ्ग कप - २०२१ सफलता पूर्वक सम्पन्न भएको हो। खेलको आयोजना धरान एफसिले गरेको हो। प्रतियोगितामा जापान भरिबाट १६ टिमले भाग लिएका थिए।सहभागी टिमहरुमा एफ सि धरान व्ल्यक ,एभ्रेष्ट एफ सि,सिजिओका व्ल्याक,वेनि एफ सि,एनएनएफसि,ओशाका व्रदर्श,काभ्रोलि समाज,कोवे युनाईटेड,एफ सि धरान वाईट सहभागी थिए। अन्य टिमहरुमा फुकुओका एफ सि,पोखरा एफ सि,सिजुओका गाईज,सिजुओका ग्रे,योक्काईची एफ सि,एफ सि… पुरा पढौ

२८ वर्षपछि कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई जिताए मेस्सीले

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान ब्रजिलको रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा भएको फाइनलमा आयोजक ब्रजिललाई हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।  ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाको गोल निर्णायक बन्यो । खेलको २२ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् । अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता मुख्य प्रतियोगिताको उपाधि… पुरा पढौ

कोलम्बिया कोपा अमेरिकाको तेस्रो, हार्यो पेरू

ब्राजिलमा जारी कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा पेरूलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो भएको हो।कोलम्बियालाई जिताउन लुइस डियाजले खेलको अन्तिममा गोल गरे।खेलमा अग्रता भने पेरूले लिएको थियो। खेलको ४५औँ मिनेटमा योशिमर योतुनले गोल गरी पेरुलाई सुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरू हुनेवित्तिकै ४९औँ मिनेटमा कोलम्बियाका जुवान काउड्राडोले बराबरी गोल फर्काए।खेलको ६६ औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा अग्रता दिलाए । तर खेलको ८२ औँ मिनेटमा… पुरा पढौ

डोभियकको नायकत्वमा आन्द्रे सेभचेन्कोले कोरेको युक्रेनी इतिहास

 हाम्पेडेन पार्क स्कटल्यान्डको राष्ट्रिय फुटबल टिमले खेल्ने रंगशाला हो । ग्लास्गोको यस रंगशाला युक्रेनका लागि फाप्यो । जहाँ आन्द्रे सेभचेन्कोको टिमले मंगलबार राति स्विडेनलाई २–१ ले हरायो । र, युरो २०२० को क्‍वार्टरफाइनल प्रवेश गर्ने अन्तिम टिम बन्यो ।  जितपछि युक्रेनका खेलाडी तथा अन्य टिम सदस्य आफ्ना समर्थकतर्फ फर्केर ताली बजाइरहेका थिए । उनीहरूलाई धन्यवाद दिइरहेका थिए । समर्थकका अगाडि ‘थन्डर क्लापिङ’ गरिरहेको युक्रेनी टोलीको नेतृत्व गरिरहेका थिए, तीन जनाले । सेभचेन्को, अलेक्सान्दर जिन्चेन्को र आर्टेम डोभियक ।  सेभचेन्को त युक्रेनका… पुरा पढौ