२८ वर्षपछि कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई जिताए मेस्सीले

-


     जनहित न्युज    
     असार २७ गते २०७८


कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान ब्रजिलको रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा भएको फाइनलमा आयोजक ब्रजिललाई हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । 

ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाको गोल निर्णायक बन्यो ।

खेलको २२ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् ।

अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता मुख्य प्रतियोगिताको उपाधि पहिलो पटक जितेको हो ।  अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पनि यो खेल महत्वपूर्ण उपाधि रहेको छ । 

६ पटकका बालोन डे ओर विजेता मेस्सीले देशका लागि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा मात्रै स्वर्ण पदक जिते बाहेक कुनै पनि महत्वपूर्ण उपाधि दिलाएका थिएनन् । 

अर्जेन्टिनाले १५ औं पल्ट काेपा अमेरिकाकाे उपाधि जितेकाे हाे । याेसँगै सबैभन्दा धेरैपल्ट काेपा उपाधि जित्ने उरुग्वेकाे कीर्तिमान पनि अर्जेन्टिनाले बराबरी गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?