खेलकुद

आज स्पेन र क्रोएसिया तथा फ्रान्स र स्विट्जरल्यान्ड खेल्दै

युरो कप फुटबलको नकआउट चरणमा आज दुई वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा डेनमार्कको पार्केन एरिनामा राति पौने दश बजे स्पेन र क्रोएसिया तथा रोमानियाको नेसनल एरिनामा राति पौने एक बजे फ्रान्स र स्विट्जरल्यान्ड खेल्न लागेका हुन् । स्पेन समूह ईुबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्पेनले ३ खेल खेलेकोमा स्विडेन र पोल्यान्डसँग बराबरी खेलेको थियो भने स्लोभाकियालाई ५–० गोलले हराएको थियो । क्रोएसिया समूह डी बाट उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । क्रोएसिया इङ्ग्ल्यान्डसँग… पुरा पढौ

बेल्जियम पोर्चुगललाई हराउँदै युरो कपको क्वार्टर फाइनलमा

पोर्चुगललाई हराउँदै बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । स्पेनमा गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो । खेलको ४२ औं मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक भयो । यससँगै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वार्टर फाइनलमा इटलीसँग खेल्नेछ । पुरा पढौ

युरोकप फुटबलमा क्रोएशिया नकआउट चरणमा

युरोकप फुटबलमा क्रोएशिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डलाई ३–१ गोलले हराउँदै क्रोएशिया समूह उपविजेता बनेको हो । क्रोएशियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए । जितसँगै समूह डी को क्रोएशियाले ३ खेलमा ४ अंक जोडेको छ । १ अंक जोडेर समूहको पुछारमा रहेको स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । पुरा पढौ

रोनाल्डोले राखे दुई कीर्तिमान: सन्दर्भ यूरो कप २०२०

यूरो २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगल हंगेरीविरुद्ध ३–० गोलले विजयी बनेको हो । पोर्चुगललाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा राफायल गुरेरोले एक गोल गरे । योसँगै रोनाल्डो यूरोपियन च्याम्पियनसीपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले मिसेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान उछिनेका हुन् । खेलमा रोनाल्डोले प्रतियोगितामा व्यक्तिगत १० औँ र ११ औँ गोल गरे । दुई गोलसँगै अली देइले बनाएको… पुरा पढौ

आजबाट मिनी विश्वकप शुरु हुँदै

युरोपेली राष्ट्रहरुबीचको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता मानिने युरोपेली च्याम्पियनशिप युरो कप आजबाट शुरु हुँदै छ । यसलाई मिनी विश्वकप समेत भनिन्छ । आजको उद्घाटन खेलमा टर्की र इटाली भिड्दै छन् । प्रतियोगिता इटालीको राजधानी रोमको ओलम्पिक स्टेडियममा हुन लागेको हो । उद्घाटन खेल नेपाली समयअनुसार मध्यरात पौने एक बजे हुँदैछ । युरोकप शुुरु भएको ६० वर्ष पुगेको अवसरमा यस पटकको खेल युरोपका ११ देशको ११ वटा शहरमा आयोजना गरिँदैछ । प्रतियोगिता एक महिनासम्म अर्थात् आगामी जुलाई ११ सम्म हुनेछ ।… पुरा पढौ

क्रिकेट रंगशाला निर्माणका लागि गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले गर्यो सहयोग

जापान/ गलकोट समाज जापान क्षेत्रीय समिती नागोयाले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणा कार्यका लागि पाँच लाख रुपैया आर्थिक सहयोग गरेको छ । क्षेत्रीय समिति नागोयाले रंगशाला निर्माणका लागि आर्थिक संकलन गर्ने उदेश्यले “खेल नै जीवन हो, जीवन नै खेल हो” मुख्य नाराका साथ खुल्ला पुरुष दोस्रो रनिङ कप भलिवल प्रतियोगिता गरेको र त्यसबाट भएको नाफा रकम रंगशाला निर्माणका लागि गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनललाई प्रदान गरिएको समाजका अध्यक्ष रामुकाजी थापाले जानकारी दिनुभयो । सहयोग रकम एक कार्यक्रमका बिच… पुरा पढौ

ज्वालाको बृहत खेलमैदान बन्दै

गलकोट नगरपालिका वडा नम्वर ६ रहेको ज्वाला क्लवको खेलमैदान निर्माणको कार्यले तिब्रता पाएको छ ।  साबिकको हरिचौर गाबिस वडा नम्वर ८ र ९ लाई सेवा क्षेत्रको रुपमा बिक्रम संवद २०४५ सालमा समाजमा सकारात्मक तथा श्रृजनात्मक कार्यक्रम, सास्कृतिक तथा खेलकुदका क्षेत्रमा महत्वपूर्ण योगदान दिन युवाहरुलाई संगठित गर्ने योजना बनाएर तत्कालिन समयमा सास्कृतिक मञ्चको स्थापना गरिएको सस्थापक अध्यक्ष घनश्याम पाठकले जानकारी दिनभुयो ।  हामीले हरिचौर ८ र ९ वडामा खेलकुद तथा सास्कृतिक कार्यक्रम मार्फत समुदायमा सकारात्मक कार्यक्रम गर्ने योजना अनुसार मञ्चको स्थापना… पुरा पढौ

ओलम्पिक खेलका लागि विदेशबाट खेलाडी आउने क्रम सुरु

जापान–जुलाईबाट सुरु हुने ओलम्पिक खेलका लागि बिदेशबाट खेलाडी आउने क्रम सुरु भएको छ । अष्ट्रेलियाबाट सफ्टबलका खेलाडीसहितको ३० जनाको टिम मंगलबार नारिता विमानस्थलमा ओर्लेको छ । ओलम्पिकका लागि बिदेशबाट आउने पहिलो टिम पनि अष्ट्रेलियाको टिम रहेको एनएचकेले खबर छापेको छ ।विमानस्थलमा जाँच गरिएको कोभिड-१९ परिक्षण नेगेटिभ आएपछि खेलाडी बस्‍ने ठाउँ ओता शहरमा पुगेका थिए । बाहिरबाट आएका खेलाडी र प्रतियोगितासँग सम्बन्धित व्यक्ति कोभिडको खोप लगाएका हुनेछन् । साथै उनीहरूको हरेक दिन कोभिड संक्रमण परीक्षण गरिने पनि बताइएको छ । संक्रमण… पुरा पढौ

सन्दीपले ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने

काठमाडाैँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेले यो सिजन क्यारेबियन प्रिमियर लिग (सीपीएल क्रिकेट) ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन्।जमैका तल्लावाजले रिलिज गरेको केही दिनपछि नाइट राइडर्सले सन्दीपलाई अनुबन्ध गरेको हो।वेस्ट इन्डिजमा हुने यो प्रतियोगिताको यो संस्करण अगष्ट २८ देखि सेप्टेम्बर १९ तारिखसम्म हुँदै छ। ट्रिनबागो साविक विजेता हो।कायरन पोलार्डको कप्तानी रहेको यो टोलीमा सुनिल नारिन, ड्यारेन ब्राभो, कोलिन मुन्रो, लेण्डल सिमोन्स, दिनेश रामदिनलगायत खेलाडी छन्। पुरा पढौ

नेपाली फुटबल टोली इराक प्रस्थान

फाइल तस्बिर  काठमाडौँ – नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न मंगलबार राति इराक गएको छ । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट राति १० बजे इराक प्रस्थान गरेको हो । नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनौट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ । मैत्रीपूर्ण खेल, विश्वकप छनौट र एसियन कप छनौटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले… पुरा पढौ