ज्वालाको बृहत खेलमैदान बन्दै

-


     घनश्याम गौतम    
     जेठ २६ गते २०७८


गलकोट नगरपालिका वडा नम्वर ६ रहेको ज्वाला क्लवको खेलमैदान निर्माणको कार्यले तिब्रता पाएको छ । 

साबिकको हरिचौर गाबिस वडा नम्वर ८ र ९ लाई सेवा क्षेत्रको रुपमा बिक्रम संवद २०४५ सालमा समाजमा सकारात्मक तथा श्रृजनात्मक कार्यक्रम, सास्कृतिक तथा खेलकुदका क्षेत्रमा महत्वपूर्ण योगदान दिन युवाहरुलाई संगठित गर्ने योजना बनाएर तत्कालिन समयमा सास्कृतिक मञ्चको स्थापना गरिएको सस्थापक अध्यक्ष घनश्याम पाठकले जानकारी दिनभुयो । 

हामीले हरिचौर ८ र ९ वडामा खेलकुद तथा सास्कृतिक कार्यक्रम मार्फत समुदायमा सकारात्मक कार्यक्रम गर्ने योजना अनुसार मञ्चको स्थापना गरेका थियौं तत्कालिन अध्यक्ष पाठकले भन्नुभयो, मञ्जलाई थप परिस्कृत गदैं २०५२ सालमा ज्वाला यूवा कल्बको रुपमा दर्ता गरि सामाजिक काम गरेका थियौं ।

 दोस्रो संसोधन सहित २०६३ सालमा ज्वाला क्लब बनेको मञ्चको आफ्नो खेलमैदान नहुदाँ बिबिध खेदकुद तथा सास्कृतिक कार्यक्रम गर्न समस्या भएको भन्दै बृहत खेलमैदान निर्माणको योजना बनाएको थियो ।

क्लवले पार्वती माध्यमीक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ को खेलमैदानमा कार्यक्रम संचालन गर्दा बिद्यालय शिक्षालाई समेत प्रभाव पर्ने अबस्थालाई मध्येनजर गदैं खेलमैदान बनाउने योजना बनाएको क्लबका अध्यक्ष राम प्रसाद कडेंलको भनाई छ । 

गत बर्ष सम्पन्न क्लबको बार्षिकोत्सवको उद्धेश्य तथा क्लबलाई निरन्तर सहयोग गर्ने सहयोगदाता, सस्थापक, आजिवन, मानार्थ, सक्रिय सदस्यहरु र गलकोट नगरपालिका वडा नम्वर ६ का समुदायबिच छलफलबाट खेलमैदान निर्माणको योजना बनाएको क्लबले जनाएको छ । 

गलकोट नगरपालिका कार्यालय र पार्बती माद्यमिक बिद्यालयको बिचमा आगाँखेत चरौदिँखोला नजिक रहेको करिब ४ रोपनि सार्बजनिक जग्गामा खेलमैदान बनाउने निणर्य गरेका हौं अध्यक्ष कडेंलले भन्नुभयो,  चरौंदी खोला नजिकको करिब ४ रोपनि क्षेत्रफलमा बिभिन्न खेलकुद खेल्ने मैदानहरु बनाउने गरि बृहत योजना अनुसार काम संचालन भैरहेको छ । 
ज्वाला क्लवको खेलमैदान निर्माणको लागि गण्डकी प्रदेश सरकारद्वारा प्रदेश सभा सदस्य चन्द्र बहादुर बुढा मगरको पहलमा सांसद क्षेत्रबिकास कार्यक्रम मार्फत ८ लाख बजेट बिनियोजन भएको थियो । 

उत्त बजेट अनुरुप १ सय ७६ घनमिटर ग्याबिन जाली निर्माण गर्ने, र ४० हजार बराबरको फाण्डेशन तथा फिलिङगर्ने प्राबिधीक स्टिमेट अनुसार करिब ९० प्रतिशत काम सम्पन्न भएको क्लवका सचिव गणेश बुढाथोकीले जानकारी दिनुभयो । 

उहाँका अनुसार तत्काल खेलमैदानको लागी सतह निर्माणको काम संचालन भएको छ, केही समयमै उत्त क्षेत्रमा सुबिधा सम्पन्न भलिवल, ब्याडमिन्टन, टेवलटेनीस लगाएतका खेलमैदान तथा बाल उद्यान समेत बनाउने बृहत योजना रहेको बुढाथोकीले बताउनुभयो ।

यो बर्ष भलिबल खेलमैदानको लागी पुग्ने गरि सतह निर्माण हुन्छ, अन्य खेलमैदान सहित भवन लगाएतका कार्यक्रमलाई निरन्तर संचालन गर्ने योजना क्लवको रहेको उहाँको भनाई छ । यसैबिच चालु आर्थिक बर्षमा गलकोट नगरपालिकाले क्लबको खेलमैदान निर्माणको लागी १ लाख ५० हजार बिनियोजना गरेको थियो ।

नगरपालिकाले खेलमैदानको लागी बिनियोजन गरेको बजेटबाट समेत मैदान संरक्षणको लागी चरौंदी खोला तर्फ ग्याबीन जाली भर्ने काम भैरहेको छ । ३५ घनमिटर जाली भर्ने प्राबिधीक स्टिमेट अनुसार करिब ७० प्रतिशत काम सम्पन्न भएको क्लवका सदस्य हरी खत्रीले बताउनुभयो । 

खेलमैदान निर्माणको काममा स्थानीय जनशक्तिको परिचालन गरि काम संचालन गरिएको खत्रीको भनाई छ । त्यस्तै भुसंरक्षण तथा जलाधार कार्यालयले बागलुङ मार्फत ६५ घनमिटर जाली खेलमैदानको संरक्षण गर्ने गरि चरौँदी खोलामा निर्माण गरिएको छ । 

जलाधार कार्यालयले जाली र जनशक्ती तथा क्लवले आवश्यक ढुङ्गाको ब्यवस्थापन गरि काम संचालन गरिएको क्लवले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?